English

यस्ता छन् तुलसीका वास्तु तथा वैज्ञानिक तथ्य



हिन्दू धर्ममा तुलसीको बिरुवालाई विशेष स्थान दिइन्छ । विष्णु भगवान्को स्वरूप मानिएको तुलसीलाई घरमा रोपेर पूजा गर्नाले सुख, शान्ति र समृद्धि कायम रहन्छ भन्ने मान्यता छ र यो सत्य पनि हो । तुलसीको बोट रोप्नाले घरमा सकरात्मकता आउनुका साथै वास्तुदोष पनि हट्छ ।

सकारात्मक ऊर्जाको लागि

घरमा तुलसी रोप्दा सकारात्मक ऊर्जा प्राप्त हुन्छ । यस्तो अवस्थामा घर–परिवारका सदस्यहरूबीच प्रेम पनि बढ्छ ।

शुभ कार्यको लागि

कुनै शुभ कार्य गर्नुअघि तुलसीको पात मुखमा राख्नले बिना कुनै अवरोध सोचेको काम पूरा हुन्छ ।

अक्सिजनका लागि

तुलसीले बढी मात्रामा अक्सिजन प्रवाह गर्दछ । हावामा रहेका अन्य दूषित हावालाई समेत यसले शुद्ध बनाउँछ । वैज्ञानिक तथ्यअनुसार विभिन्न ठूला रोगहरूको औषधीय गुणहरूसमेत यसमा रहेको हुन्छ ।

खराब नजरबाट जोगाउन

घरमा तुलसीको बिरुवा राख्नले घर–परिवारलाई नराम्रो नजरबाट टाढा राख्ने जनविश्वास रहेको छ । यसलाई सधै घरको उत्तर–पूर्व दिशामा राख्नुपर्छ । यसो गर्दा तुलसीले घरमा सुख शान्ति ल्याउँछ ।

यी कुरामा सधैं ध्यान राख्नुहोस्

तुलसीको बिरुवा कहिल्यै सुक्नु हुँदैन । यदि, सुक्यो भने पवित्र नदिमा फाल्नुहोस् । साथै घरमा अर्काे विरुवा रोप्नुहोस् ।
– हरेक साँझ तुलसीको अगाडि घ्यूको दियो बाल्नुहोस् ।
– आइतबारको दिन तुलसीको बोटमा पानी चढाउनुहोस् र हातले भने नछुनुहोस् ।

यो पनि…
घरलाई यसरी सजाउँदा देखिन्छ सबैभन्दा आकर्षक
बाथरूमकाे सरसफाइले देखाउँछ घरको सुन्दरता



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

प्लाष्टिकको प्रयोग घटाउन कपडाको झोला बनाउने तालिम बढ्दो प्लाष्टिकको प्रयोग न्यूनीकरण गर्ने उद्धेश्यले बाँकेको कोहलपुर नगरपालिकामा महिलाहरुका लागि कपडाको झोला

मार्च ४, २०२५ मा विश्व बजारमा लन्च गरिएको नथिङ फोन थ्रि ए सेरिज अन्तर्गतको नथिङ फोन थ्रि ए नेपाली बजारमा

काठमाडौं । नेपालमा बहुप्रतिक्षित टाटाको पन्च इभी एकैपटक चार शहरमा चितवन, पोखरा, बुटवल र भैरहवामा लन्च भएको छ । धेरैको

नेवार समुदायले मनाउने यःमरि पुन्हि अर्थात योमरी पूर्णिमा र ज्यापु दिवस आज मुलुकभर उल्लासका साथ मनाईदैछ । हरेक वर्ष धान्य

Latest










Popular
Suggested