English

कोरोना संक्रमित बिरामीको मुखमा अक्सिजन मिलाउने एम्बुलेन्स चालक



एम्बुलेन्स चालक गोविन्दप्रसाद दाहाल सेती प्रादेशिक अस्पतालको आइसियु कक्षसम्म कोरोनाका पोजेटिभ बिरामी पुर्‍यउँदै गर्दा हतारमा थिए। बिरामी आइसियु कक्षसम्म पुर्‍याउन पाउँदा नपाउँदै अर्को बिरामी लिन जानु परेपछि उनी हतारो गरिरहेको अवस्थामा भेटिएका हुन्।

स्ट्रेचरको सहायताले एम्बुलेन्सबाट अरू कसैको सहयोगविना बिरामीबाहिर निकालेर उनी आइसियुमा राख्नुपर्ने अर्को बिरामी लिन जाँदै गर्दा त्यहाँ रहेका बिरामीका कुरुवाबाट उनले स्याबासी पाउँदै थिए।

बिरामी कुरुवा नारायण रेग्मीले भने, ‘आफूलाई जोखिममा राखेर एम्बुलेन्स चालक दाहालमा आफ्नो कामभन्दा पनि बिरामीको छिटो उपचार गराउने सेवाको भावना देखिन्छ’, स्याबासी पाएर खुसी देखिएका ५५ वर्षीय दाहालले भने, ‘आफ्नो पदीय जिम्मेवारीसँगै कोरोनाको महामारीको बेला मानवीय कर्तव्य सम्झेर बिरामीलाई समयमै उपचार व्यवस्थापन गर्ने काममा सघाइरहेको छु, धेरैले आफ्नो कामबाट खुसी व्यक्त गर्ने गरेका छन्।’

बिरामी बोक्दाबोक्दै उनी कोभिड वार्डको आइसियु, भेन्टिलेटर, ननकोभिड आइसियुलगायतका सबै कक्षमा राख्नुपर्ने बिरामीको अवस्थाका बारेमा चासो पनि राख्छन्। उनी जोखिम मोलेरै आफैं बिरामीको मुखमा अक्सिजन सिलिन्डर मिलाउने, सिलिन्डर अभाव भए तत्काल एम्बुलेन्समा अर्को सिलिन्डरको व्यवस्थापन गर्ने र समयमै बिरामीलाई उपचार कक्षसम्म पुर्‍याउने काममा दक्ष भइसकेका छन्।

उनी जोखिम मोलेरै बिरामीको मुखमा अक्सिजन सिलिन्डर मिलाउने, सिलिन्डर अभाव भए तत्काल एम्बुलेन्समा अर्को सिलिन्डरको व्यवस्थापन गर्ने र समयमै बिरामीलाई उपचार कक्षसम्म पुर्‍याउने काममा दक्ष भइसकेका छन्।

चार वर्षदेखि करारमा कार्यरत दाहालले भने, ‘बिरामीले थलिएको मान्छेको छिटो उपचार गराउने ठाउँमा पुर्‍याउन पाउँदा आफूलाई पनि शान्ति हुन्छ हजुर।’ पछिल्ला हप्तामा कोरोना संक्रमण दर बढेसँगै बिहानदेखि अबेर रातिसम्म एम्बुलेन्समा संक्रमित बिरामी बोक्नमा यति बेला व्यस्तता बढ्दा उनको खाना र खाजा खाने समय पनि अनिश्चित बन्ने गरेको छ।

अस्पतालमा उपचाररत बिरामीका आफन्त पवन जाग्रीले पनि एम्बुलेन्स चालक दाहालको सक्रियताले धेरै बिरामीको समयमै उपचार व्यवस्थापन गर्न सहज भइरहेको बताए। उनले भने, ‘आफ्नो स्वास्थ्य जोखिममा पारेर निरन्तर खटिने यस्ता निष्ठावान् र इमान्दार कर्मचारीको उचित मूल्याङ्कन गनुपर्छ।’

अग्रपङ्क्तिमा खटिएर काम गर्ने एम्बुलेन्स चालकसहितका स्वास्थ्यकर्मीले गएको वैशाखदेखि जोखिम भत्ता पाउन सकेका छैनन्। दाहालले गएको वैशाखदेखि जोखिम भत्ता नपाएरै भए पनि कोरोना बिरामी उपचार व्यवस्थापनमा कमीकमजोरी हुन नदिइएको बताए।

आइसियु कक्षबाहिर बिरामीका आफन्त र कुरुवाका लागि भने उभिनेसम्मको ठाउँको व्यवस्थापन नहुँदा बिरामीका कुरुवा र आफन्त नै बिरामी हुनुपर्ने अवस्था छ। शीतलहरसँगै बढेको अत्यधिक चिसो मौसममा खुला आकासमुनि उभिएर कुरुवा बस्नुपर्दा बिरामी कुरुवाको बिचल्ली हुने गरेको हो।

अस्पतालमा भर्ना भएका बिरामीका आफन्त नारायण रेग्मीले भने, ‘नर्सले एकजना कुरुवा बस्नैपर्छ भन्छन् तर अस्पताल परिसरमा उभिनेसम्मको ठाउँ नहुँदा चिसो मौसममा स्वस्थ्य व्यक्ति पनि बिरामी पर्ने जोखिम बढेको छ।’दुई दिनयता भने आइसियु कक्षबाहिर बिरामी कुरुवाका लागि प्लाष्टिक बेरेर बस्न मिल्ने कटेरो बनाइएको छ।

आइसियु कक्षमा पुगेर कुरुवा आफैंले बिरामीलाई खाना खुवाउनुपर्ने अवस्था छ। नर्सिङ स्टाफले पिपिआर, ग्लोब, मास्क जस्ता स्वास्थ्य सामग्री प्रयोग गरेर बिरामीको उपचार व्यवस्थापनमा खटिएका हुन्छन्। तर, कुरुवाहरूले मास्क मात्रै प्रयोग गरेर बिरामीलाई आफैं खाना खुवाउनु पर्दा स्वास्थ्य सतर्कतामा लापरबाही भइरहेको छ।

कोरोना संक्रमण दर उकालो लागेसँगै सुदूरपश्चिम प्रदेशको ठूलो सेती प्रदेशिक अस्पतालमा बिरामीको चाप पनि बढ्न थालेको छ। अस्पतालका शय्याहरू संक्रमित बिरामीले भरिन थालेका छन्। स्वास्थ्य निर्देशालय दीपायलको तथ्याङ्कका अनुसार गएको दुई हप्तामा छ हजार २९४ व्यक्तिमा कोरोना भाइरसको संक्रमण देखिएको छ। यो अवधिमा संक्रमित सातजनाको मृत्यु भएको छ।

आइसियु कक्षमा पुगेर कुरुवा आफैंले बिरामीलाई खाना खुवाउनुपर्ने अवस्था छ। नर्सिङ स्टाफले पिपिआर, ग्लोब, मास्क जस्ता स्वास्थ्य सामग्री प्रयोग गरेर बिरामीको उपचार व्यवस्थापनमा खटिएका हुन्छन्। तर, कुरुवाहरूले मास्क मात्रै प्रयोग गरेर बिरामीलाई आफैं खाना खुवाउनु पर्दा स्वास्थ्य सतर्कतामा लापरबाही भइरहेको छ।

संक्रमणको समस्या भएको देश भारतबाट भित्रिनेको सम्पर्कमा आउनेहरूको गर्नुपर्ने ‘कन्ट्याक्ट ट्रेसिङ’ र भित्रिनेलाई समयमै क्वारेन्टिन अथवा आइसोलेसनमा राख्नमा देखिएको कमीकमजोरीले कोरोना समुदायस्तरसम्म फैलिएको स्वास्थ्यकर्मीको बुझाइ छ।

सीमाबाट भित्रिनेहरूको व्यवस्थापनका लागि भनेर निर्माण सुरु गरिएको होल्डिङ सेन्टरको अझै निर्माण पूरा हुन सकेको छैन। कैलाली र कञ्चनपुरमा एक/एक हजार क्षमताको होल्डिङ सेन्टर गएको असारदेखि नै निर्माण सुरु गरिएको थियो। हालकै गतिमा भइरहेको कोरोना संक्रमण दर नरोकिएमा अस्पतालको हालको भौतिक तथा जनशक्तिको पूर्वाधारले धान्न नसकेर उपचार व्यवस्थापनमा थप चुनौती आउने देखिन्छ।

कोरोना भाइरसको सम्भावित जोखिम हुन नदिन सुरुका वर्षको तुलनामा हाल अस्पताल र स्वास्थ्य संस्थामा आवश्यक पूर्वाधारहरू जुटेको भए पनि दक्ष जनशक्तिको भने अझै अभाव रहेको जनाइएको छ।

यो पनि

यस्तो छ मिर्गौलाको महत्त्व र स्वस्थ राख्ने उपाय

हड्डी बलियो बनाउने यी हुन् पाँच घरेलु उपाय



...
thecanadianpharmacy com

canada online pharmacy

...
Gavin

Good post however , I was wondering if you could write a litte more on this topic? I'd be very thankful if you could elaborate a little bit further. Thanks! Here is my blog post wow388

...
drugs without prescription

price medication

...
canadian drug stores

cheap online pharmacy

...
discount online canadian pharmacy

non perscription online pharmacies

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

नेपालगन्ज : १६ फागुन नेपालगन्जको प्रमुख पर्यटकीय गन्तव्यको रुपमा रहेको वाटरपार्कमा १०४ किलो बढि फोहोर भेटिएको छ । बास नेपालले

काठमाडौँ । विश्वप्रसिद्ध प्रविधि कम्पनी शाओमीले आफ्ना ग्राहकलाई सहज, छिटो र भरपर्दो सेवा उपलब्ध गराउने उद्देश्यसहित सेवा विस्तारलाई निरन्तरता दिएको

काठमाडौँ : नेपालको शैक्षिक प्रतिस्पर्धाको इतिहासमा महत्वपूर्ण कदमका रूपमा ग्लोबल म्याथ डिबेट लिगको राष्ट्रिय च्याम्पियनसिप सफलतापूर्वक सम्पन्न भएको छ ।

काठमाडौः देशप्रेम केवल राष्ट्रिय झण्डा फहराउने, राष्ट्रिय गान गाउने वा विशेष दिनमा उत्साह व्यक्त गर्ने भावनामा मात्र सीमित हुँदैन ।

Latest










Popular
Suggested