English

घरमा आउने धुलोबाट यसरी पाउनुहोस् छुटकारा



घरका कुना–कुनामा राखिएका सामानलाई जतिसुकै सफा गरे पनि त्यसमा केही समयपछि हेर्दा फेरि उत्तिकै धुलो जमेको देखिन्छ । धुलोबाट पूर्णरूपमा छुटकारा पाउन गाह्रो भएता पनि केही टिप्सहरूको मद्दतले घरमा रहेका वस्तुहरूलाई यसरी सजिलै सफा राख्न सक्नुहुन्छ ।

झ्यालको सफाइ

झ्याल सबैभन्दा बढी धुलो जम्ने ठाउँ हो । यसको कुनाकाप्चामा थुप्रै धुलो जमेर बसेको हुन्छ । यसलाई सफा गर्दा एउटा चिम्टा लिएर यसको दुवैछेउमा कपडालाई बेर्नुहोस् । फेरि यसलाई तार वा रबरब्यान्डको मद्दतले सुरक्षित तरिकाले झ्यालमा रहेको फोहोरलाई सफा गर्न सक्नुहुन्छ ।

सिलिङ्ग फ्यानको सफाइ

सिलिङ्ग फ्यानको ब्लेडमा जम्मा भएको धुलो र फोहोरलाई भुइँ वा फर्निचरमा झर्न नदिनुहोस् । यस समस्याको समाधान गर्न, पुरानो तकिया कभरको मद्दत लिन सक्नुहुन्छ । तकियाको सहायताले ब्लेडलाई सफा गरी धुलोलाई तकियामै जम्मा गर्नुहोस् । यसो गर्दा फोहोर भुईंमा खस्दैन ।

ल्यापटप वा कम्प्युटर किबोर्डको सफाइ

ग्याजेटलाई हानी नहुने गरी किबोेर्ड कुञ्ञीहरूबीच रहेको फोहोरलाई सफा गर्न बेबी वाइपरहरूको प्रयोग गर्नुहोस् ।

झुमर तथा लाइटको सफाइ

झुमर तथा लाइट धेरै संवेदनशील वस्तुहरू हुन् जसलाई सफा गर्दा ध्यान दिन आवश्यक हुन्छ र झुमर तथा लाइट पुछ्नुअघि मनतातो पानीमा हातलाई भिजाएर हातमा कपडाको पञ्जा लगाउनुहोस् । तर, सफा गर्नुअघि स्वीच अफ गर्न भने नबिर्सिनुहोस् ।

यो पनि…
घरलाई यसरी सजाउँदा देखिन्छ सबैभन्दा आकर्षक
बाथरूमकाे सरसफाइले देखाउँछ घरको सुन्दरता



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौँ । ट्रयाक खोलिएको २५ वर्षसम्म पनि नुवाकोट-रसुवा वैकल्पिक राजमार्ग कालोपत्र नहुँदा स्थानीयले सास्ती पाएको भन्दै भौतिक पूर्वाधार विकास मन्त्री

काठमाडौं । लोककल्याणकारी विज्ञापनको रकम कटौती गर्ने सरकारी निर्णय फिर्ता गराउन नेपाल पत्रकार महासंघ काठमाडौं शाखाद्वारा गठित छापा माध्यम बचाउ

काठमाडौँ : कान्स फिल्म फेस्टिभलमा अन्तर्राष्ट्रिय प्रशंसा र सफलता हासिल गरेको अविनाश विक्रम शाहद्वारा निर्देशित फिचर चलचित्र ‘तिनीहरूः एलिफेन्ट्स इन

रुसको येकातेरिनबर्गमा आयोजित अन्तर्राष्ट्रिय सिर्जनशील उद्योगसम्बन्धी महोत्सवमा बटरफ्लाइ फिल्म्स प्रालिले नेपालको प्रतिनिधित्व गरेको छ । आमन्त्रित उद्योग प्रतिनिधिका रूपमा सहभागी

Latest










Popular
Suggested