English

घरको भित्री भाग सजाउँदा यी कुरामा ध्यान दिनुहोस्



व्यस्तताका कारण घरको भित्री भाग सजाउन पाइरहेका हुँदैनौं जसकारण पुरानो घर हेर्दा पनि दिक्क लाग्न सक्छ । चिजहरू समावेश गरेर घरलाई नयाँ लुक्स दिन सक्नुहुन्छ ।

पुनः व्यवस्थित गर्ने

एउटै लुक्स एउटै स्टाइल बारम्बार हेर्न कसैलाई मन पर्दैन । घरलाई पुनव्र्यवस्थित गर्न र बैठक कोठालाई आफूले चाहेको लुक्स दिन तथा कोठालाई ठूलो बनाउन सानो कफी टेबल राख्नुहोस् । जुन फरक देखिने र कम ठाउँ ओगट्ने पनि हुन्छ । कोठामा रङ लगाउनुको सट्टा वालपेपरको प्रयोग गर्न सक्नुहुन्छ ।

बालकोनीको सजावट

सजावटका लागि बालकोनीमा रंगोली बनाउनुहोस् । यसले तपाईंको सीप मात्र देखाउँदैन, घरलाई सुन्दर पनि बनाउँछ । यसका साथै बाल्कोनीमा झुमर प्रकाशको विशेष व्यवस्था गर्नुहोस् ।

पर्दाको सजावट

पर्दा विभिन्न समयमा फेरिरहनुपर्छ । चाडपर्वको समयमा रेशम वा टुस्यु पर्दाको पनि प्रयोग गर्न सक्नुहुन्छ । जसले घरलाई नयाँ लुक्स दिन्छ ।

कुशन कभर

हरेक समयमा सोफा परिवर्तन गर्न सम्भव हुँदैन, तर यसको लुक्स बदल्नु राम्रो हुन्छ । बजारमा प्रिन्टेड, पट्टी वर्क, बहु रंगीन, टेक्स्ट कभरजस्ता विभिन्न कुशन कभरहरू उपलब्ध छन् । यसले सोफालाई आकर्षक देखाउँछ ।

यो पनि…
घरलाई यसरी सजाउँदा देखिन्छ सबैभन्दा आकर्षक
बाथरूमकाे सरसफाइले देखाउँछ घरको सुन्दरता



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

नेवार समुदायले मनाउने यःमरि पुन्हि अर्थात योमरी पूर्णिमा र ज्यापु दिवस आज मुलुकभर उल्लासका साथ मनाईदैछ । हरेक वर्ष धान्य

यमपञ्चकको दोस्रो दिन आज कुकुरको पूजा गरी कुकुर तिहार मनाइएको छ। वैदिक सनातन धर्ममा कुकुरलाई विशेष महत्व दिएर हेरिन्छ ।

जीवनमा समय धेरै महत्त्वपूर्ण छ । जीवनमा समयले मात्र सही बाटो देखाउँछ तर यसका लागि समयको सही दिशा हुनु आवश्यक

सोफाले हाम्रो बैठक कोठालाई आकर्षक बनाउने काम गर्छ। पाहुनाहरू घरभित्र पस्दा सबैभन्दा पहिले बैठक कोठाको सोफालाई ध्यान दिन्छन् । साथै,