English

घरको भित्री भाग सजाउँदा यी कुरामा ध्यान दिनुहोस्



व्यस्तताका कारण घरको भित्री भाग सजाउन पाइरहेका हुँदैनौं जसकारण पुरानो घर हेर्दा पनि दिक्क लाग्न सक्छ । चिजहरू समावेश गरेर घरलाई नयाँ लुक्स दिन सक्नुहुन्छ ।

पुनः व्यवस्थित गर्ने

एउटै लुक्स एउटै स्टाइल बारम्बार हेर्न कसैलाई मन पर्दैन । घरलाई पुनव्र्यवस्थित गर्न र बैठक कोठालाई आफूले चाहेको लुक्स दिन तथा कोठालाई ठूलो बनाउन सानो कफी टेबल राख्नुहोस् । जुन फरक देखिने र कम ठाउँ ओगट्ने पनि हुन्छ । कोठामा रङ लगाउनुको सट्टा वालपेपरको प्रयोग गर्न सक्नुहुन्छ ।

बालकोनीको सजावट

सजावटका लागि बालकोनीमा रंगोली बनाउनुहोस् । यसले तपाईंको सीप मात्र देखाउँदैन, घरलाई सुन्दर पनि बनाउँछ । यसका साथै बाल्कोनीमा झुमर प्रकाशको विशेष व्यवस्था गर्नुहोस् ।

पर्दाको सजावट

पर्दा विभिन्न समयमा फेरिरहनुपर्छ । चाडपर्वको समयमा रेशम वा टुस्यु पर्दाको पनि प्रयोग गर्न सक्नुहुन्छ । जसले घरलाई नयाँ लुक्स दिन्छ ।

कुशन कभर

हरेक समयमा सोफा परिवर्तन गर्न सम्भव हुँदैन, तर यसको लुक्स बदल्नु राम्रो हुन्छ । बजारमा प्रिन्टेड, पट्टी वर्क, बहु रंगीन, टेक्स्ट कभरजस्ता विभिन्न कुशन कभरहरू उपलब्ध छन् । यसले सोफालाई आकर्षक देखाउँछ ।

यो पनि…
घरलाई यसरी सजाउँदा देखिन्छ सबैभन्दा आकर्षक
बाथरूमकाे सरसफाइले देखाउँछ घरको सुन्दरता



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

प्लाष्टिकको प्रयोग घटाउन कपडाको झोला बनाउने तालिम बढ्दो प्लाष्टिकको प्रयोग न्यूनीकरण गर्ने उद्धेश्यले बाँकेको कोहलपुर नगरपालिकामा महिलाहरुका लागि कपडाको झोला

मार्च ४, २०२५ मा विश्व बजारमा लन्च गरिएको नथिङ फोन थ्रि ए सेरिज अन्तर्गतको नथिङ फोन थ्रि ए नेपाली बजारमा

काठमाडौं । नेपालमा बहुप्रतिक्षित टाटाको पन्च इभी एकैपटक चार शहरमा चितवन, पोखरा, बुटवल र भैरहवामा लन्च भएको छ । धेरैको

नेवार समुदायले मनाउने यःमरि पुन्हि अर्थात योमरी पूर्णिमा र ज्यापु दिवस आज मुलुकभर उल्लासका साथ मनाईदैछ । हरेक वर्ष धान्य

Latest










Popular
Suggested