English

यी कुराले बनाउँछ घरलाई फोहोर



आफू बस्ने घर सधैँ सफा राख्नुपर्छ । घरका झ्यालढोका, दराज, सिसा आदिको धुलो नियमित सफा गर्नुपर्छ । आज हामी घर सफा गर्ने केही टिप्सहरू लिएर आएका छौँ जसको मद्दतले घर सधैं सफा रहनेछ ।

ग्यास चुलो

समय–समयमा ग्यास चुल्हो सफा गरिरहनुपर्छ । यसलाई ग्यासको कनेक्सन बन्द गरी चिसो स्पन्जको सहायताले सफा गरी रहनुपर्छ । तातो साबुनपानीमा चिसो कपडा भिजाएर ग्यास चुल्हो सफा गर्न सकिन्छ ।

किचेन

किचेन सफा गरिरहने हो भने त्यसमा ढुसी लाग्दैन अनि साङ्ला लाग्ने सम्भावना पनि हुँदैन ।

डस्टबिन

फोहोरका लागि सधैँ बिर्को भएको डस्टबिन प्रयोग गर्नुपर्छ । डस्टबिनमा सीधै फोहोर राख्नुभन्दा पनि थोरै बोरेक्स पाउडर छर्केर प्लास्टिकको झोला राखी फोहोर हाल्नुपर्छ ।

टेलिभिजन

टेलिभिजन सफा गर्नुअघि स्विचलाई बन्द गर्नुपर्छ । टेलिभिजनको स्क्रिन सुक्खा नरम मलमलको कपडाले पुछ्नुपर्छ । यसको स्क्रिनमा दाग लागे पानीमा भिनेगर मिसाएर कटनको कपडाले सफा गर्नुपर्छ ।

भाँडा

भाँडा कम समयमै सफा गर्न सकिन्छ । भाँडा कम समयमै सफा हुनुका साथै चम्किला पनि हुन्छन् । प्रयोग गरेपछि यसको पनि सफाइ गर्नुपर्छ । यी फोहोर भए तत्काल सफा गर्नुपर्छ ।

यो पनि…
घरलाई यसरी सजाउँदा देखिन्छ सबैभन्दा आकर्षक
बाथरूमकाे सरसफाइले देखाउँछ घरको सुन्दरता



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

नेवार समुदायले मनाउने यःमरि पुन्हि अर्थात योमरी पूर्णिमा र ज्यापु दिवस आज मुलुकभर उल्लासका साथ मनाईदैछ । हरेक वर्ष धान्य

यमपञ्चकको दोस्रो दिन आज कुकुरको पूजा गरी कुकुर तिहार मनाइएको छ। वैदिक सनातन धर्ममा कुकुरलाई विशेष महत्व दिएर हेरिन्छ ।

जीवनमा समय धेरै महत्त्वपूर्ण छ । जीवनमा समयले मात्र सही बाटो देखाउँछ तर यसका लागि समयको सही दिशा हुनु आवश्यक

सोफाले हाम्रो बैठक कोठालाई आकर्षक बनाउने काम गर्छ। पाहुनाहरू घरभित्र पस्दा सबैभन्दा पहिले बैठक कोठाको सोफालाई ध्यान दिन्छन् । साथै,