English

रियलको मैदानमा बार्सिलोनाको सानदार जित



भ्रमणकारी टोली बार्सिलोनाले स्पेनिस ला लिगा फुटबलअन्तर्गत एल क्लासिक भिडन्तमा घरेलु टोली रियल मड्रिडमाथि ४–० अन्तरको सानदार जित निकालेको छ ।

आइतबार राति भएको खेलमा बार्सिलोनाले सानदार प्रदर्शन गर्दै एल क्लासिकको लगातार पाँचौ हारको अन्त्य गरेको हो । जाभी होर्नाण्डेजको नेतृत्वमा रहेको बार्सिलोनालाई जिताउन पिएरे एमरिक अबमेयाङले दुई तथा रोनाल्ड अरुजो र फेरान टोरेसले एक–एक गोल गरे ।

खेलको २९औं मिनेटमा अबमेयाङले गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाए । ३८औं मिनेटमा रोनाल्डले गोल गर्दा रियल घरेलु मैदानमा सुरुवातमै २–० ले पछि रह्यो ।

४७औं मिनेटमा टोरेसले गोल गर्दै बार्सिलोनाको अग्रता तेब्बर बनाए । त्यसपछि खेलको ५१ औं मिनेटमा अबमेयाङले व्यक्तिगत दोस्रो गोल गर्दै बार्सिलोनालाई ४-० को सहज जित दिलाए ।

हारका बाबजुद रियल शीर्ष स्थानमा यथावत छ । उसको ६६ अंक रहेको छ । जितसँगै बार्सिलोना २८ खेलबाट ५४ अंक जोडेर चौथो स्थानमा उक्लिएको छ ।

युभेन्ट्स र रोमा विजयी

सालेरनिटानामाथि २–० अन्तरको जित निकाल्दै युभेन्ट्सले इटालियन सिरी ‘ए’ को शीर्ष चारमा बलियो पकड बनाएको छ ।
आइतबार घरेलु मैदान एलिएन्ज एरिना टोरिनोमा पाउलो डिबाला र डुसान भ्लाहोभिचले एक/एक गोल गरे ।

खेलको पाँचौ मिनेटमा डिबालाले अग्रता लिए । २९औं मिनेटमा डुसान भ्लाहोभिचले गोल गर्दै युभेन्ट्सलाई २–० को अग्रता दिलाए । दोस्रो हाफमा कुनै गोल नभएपछि युभेन्ट्सले सहज जित निकाल्यो ।

जितसँगै युभेन्ट्सको ३० खेलबाट ५९ अंक पुगेको छ । शीर्षस्थानको मिलानको ६६ अंक छ । पराजित सालेरनिटाना १६ अंक जोडेर पुछारमा छ ।

अर्को खेलमा रोमाले लाजियोलाई ३-० अन्तरले पराजित गरेको छ । रोमाको जितमा ट्याम्मी अब्राहमले दुई तथा लोरेन्जो पेलिग्रेनीले गोल गरे । जितसँगै रोमा ५१अंक जोड्दै छैटौं स्थानमा उक्लदा लाजियो ४९ अंकसहित सातौं स्थानमा छ ।

यो पनि….
सिटी, लिभरपुल र क्रिस्टल प्यालेस सेमिफाइनलमा

पीएसजीको पोस्टमा मोनाकोको तीन गोल
राजर्षि जनक कप : पिप्ले सेमिफाइनलमा
इङ्ल्यान्डद्वारा न्युजिल्यान्ड १ विकेटले पराजित
क्रिकेट : अफ्रिकी भूमिमा बंगलादेशको ऐतिहासिक जित
विश्वकप लिग–२ः युएईसँग नेपाल पराजित



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

नेपालको अग्रणी ब्याट्री उत्पादक कम्पनी एशियन ब्याट्री लिमिटेडले राष्ट्रिय क्रिकेट टोलीका स्टार खेलाडी दिपेन्द्र सिंह ऐरीलाई आफ्नो आधिकारिक ब्राण्ड एम्बेसडरको

फागुन १२, काठमाडौं : के एल दुगड समूहअन्तर्गत युनाइटेड सिमेन्ट्स लिमिटेडले नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान साबित्रा भण्डारी -साम्बा_

फागुन ९, केके मानन्धर ।भक्तपुरको मध्यपुर थिमिस्थित सिवाः सायमि खलःले मानन्धर फुटसल प्रतियोगिताको उपाधि जितेको छ । काठमाडौं उपत्यका लगायत

काठमाडौँ : नेपाली खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) द्वारा हरेक वर्ष आयोजना हुँदै आएको प्रतिष्ठित २२औँ एनएसजेएफ पल्सर स्पोट्स अवार्ड यस

Latest










Popular
Suggested