English

इङ्ल्यान्डद्वारा न्युजिल्यान्ड १ विकेटले पराजित



महिला एकदिवसीय विश्वकप क्रिकेटमा इङ्ल्यान्डले न्युजिल्यान्डमाथि १ विकेटको रोमाञ्चक जित हात पारेको छ ।

टस हारेर ब्याटिङ गरेको न्युजिल्यान्डले २०३ रन बनाएको थियो । जवाफमा इङल्यान्डले ४७.२ ओभरमा ९ विकेट गुमाउँदै लक्ष्य पूरा गर्यो ।

इंग्ल्यान्डको जितमा मध्यक्रमकी ब्याटर नाट सेभरले १०८ बलमा ५ चौकासहित सर्वाधिक ६१ रनको योगदान दिइन् । सोफिया डंकले ३३, कप्तान हेथर नाइट ४२ र ट्यामी ब्युमोन्टेले २५ रन जोडिन् ।

न्युजिल्यान्डकी फ्रान्सिस म्याकेले ९ ओभरमा ३४ रन खर्चेर ४ विकेट लिइन् । जेस केरले २ विकेट लिइन् ।

त्यसअघि, न्युजिल्यान्ड ४८.५ ओभरमा २०३ रनमा अल आउट भएको थियो । न्युजिल्यान्डकी म्याडी ग्रिनले ७५ बलमा ४ चौका र १ छक्कासहित ५२ रनमा अविजित रहिन् । कप्तान शोफी डेविन ४२, सुजी बेट्स २२, अमेला केर र एमी सेटरवेथ २४–२४ रनमा आउट भइन् ।

इंग्ल्यान्डकी केट क्रस र सोफी एक्टेस्टोनले ३–३ विकेट लिइन् । चार्ली डीनले २ विकेट लिइन् ।

इंग्ल्यान्ड ५ खेलमा २ मा जित र ३ मा हारसहित पाँचौं स्थानमा छ । इङ्ल्यान्डले यो जित सहित सेमिफाइनल पुग्ने सम्भावनालाई कायम राखेको छ । चौथो हारपछि घरेलु टोली न्युजिल्यान्ड भने समूह चरणबाटै बाहिरिएको छ ।

यो पनि
क्रिकेट : अफ्रिकी भूमिमा बंगलादेशको ऐतिहासिक जित
विश्वकप लिग–२ः युएईसँग नेपाल पराजित



सम्बन्धित खबरहरु

मंसिर २८, काठमाडौं। नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणका तीन उत्कृष्ट खेलाडीलाई गोल्छा ग्रुपले पल्सर मोटरसाइकल प्रदान गरेको छ। ‘टु

काठमाडौं : संस्कृति इन्टरनेशनल स्कुलको वार्षिक स्पोर्ट्स डे को अवसरमा आयोजित विशेष समारोहमा संस्कृति स्पोर्ट्स सम्मानद्वारा राष्ट्रिय क्रिकेटका युवा खेलाडी

काठमाडौं, मंसिर २ :नेपालले पहिलोपटक एशियन डजबल च्याम्पियनसिपमा सहभागी हुँदै इतिहास रचेको छ । मलेसियामा मंसिर ४ देखि ७ गतेसम्म

क्रिकेटलाई भागबन्डा होइन, संरक्षण चाहिएको बेला हो यो । एनपिएलको उद्घाटन समारोहमा फ्लड लाइट बल्दै गर्दा पारस खड्काका आँखा रसाए।

Latest










Popular
Suggested