English

क्रिकेट : अफ्रिकी भूमिमा बंगलादेशको ऐतिहासिक जित



बंगलादेशले पहिलो एकदिवसीय क्रिकेटमा घरेलु टोली दक्षिण अफ्रीकालाई हराउँदै ऐतिहासिक जित दर्ता गरेको छ । शुक्रबार राति भएको खेलमा बंगलादेशले दक्षिण अफ्रीकालाई ३८ रनले हराएको हो । दक्षिण अफ्रिकीको भूमिमा बंगलादेशको यो पहिलो एकदिवसीय जित हो ।

बंगलादेशले दिएको ३ सय १५ रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रीका ४८ ओभर ५ बलमा अलआउट हुँदै २ सय ७६ रनमा समेटियो । दक्षिण अफ्रीकाका रस्सी भान डेर डुसेनले ८६ रनको अर्धशतकीय इनिङ खेले । डेभिड मिलरले ७९ रनको इनिङ खेल्दा टेम्बा बाभुमाले ३१ रन बनाए ।

बंगलादेशका मेहदी हसन मिराजले ४ तथा ताक्सिन अहमेदले ३ विकेट लिए भने सोरिफुल इस्लामको नाममा दुई विकेट रह्यो । यसअघि पहिले ब्याटिङ गरेको बंगलादेशले ५० ओभरमा ७ विकेट गुमाएर ३ सय १४ रन जोडेको थियो । बंगलादेशका शकिब अल हसनले ७७ रनको अर्धशतकीय इनिङ खेले ।

यस्तै लिटोन दास र यासिर अलिले ५०/५० रनको अर्धशतकीय इनिङ खेले । कप्तान तमिम इकबाल ४१ रनमा आउट भए । दक्षिण अफ्रीकाका मार्को जेनसन र केशव महाराजले २/२ विकेट लिए ।

यो पनि…
विश्वकप लिग–२ः युएईसँग नेपाल पराजित

सुमनले यसकारण छाडे नेपाल पुलिस क्लब
भलिबलप्रेमी परिवार : कोही राष्ट्रिय रेफ्री, कोही राष्ट्रिय टिममा



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

नेपालको अग्रणी ब्याट्री उत्पादक कम्पनी एशियन ब्याट्री लिमिटेडले राष्ट्रिय क्रिकेट टोलीका स्टार खेलाडी दिपेन्द्र सिंह ऐरीलाई आफ्नो आधिकारिक ब्राण्ड एम्बेसडरको

फागुन १२, काठमाडौं : के एल दुगड समूहअन्तर्गत युनाइटेड सिमेन्ट्स लिमिटेडले नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान साबित्रा भण्डारी -साम्बा_

फागुन ९, केके मानन्धर ।भक्तपुरको मध्यपुर थिमिस्थित सिवाः सायमि खलःले मानन्धर फुटसल प्रतियोगिताको उपाधि जितेको छ । काठमाडौं उपत्यका लगायत

काठमाडौँ : नेपाली खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) द्वारा हरेक वर्ष आयोजना हुँदै आएको प्रतिष्ठित २२औँ एनएसजेएफ पल्सर स्पोट्स अवार्ड यस

Latest










Popular
Suggested