English

क्रिकेट : अफ्रिकी भूमिमा बंगलादेशको ऐतिहासिक जित



बंगलादेशले पहिलो एकदिवसीय क्रिकेटमा घरेलु टोली दक्षिण अफ्रीकालाई हराउँदै ऐतिहासिक जित दर्ता गरेको छ । शुक्रबार राति भएको खेलमा बंगलादेशले दक्षिण अफ्रीकालाई ३८ रनले हराएको हो । दक्षिण अफ्रिकीको भूमिमा बंगलादेशको यो पहिलो एकदिवसीय जित हो ।

बंगलादेशले दिएको ३ सय १५ रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रीका ४८ ओभर ५ बलमा अलआउट हुँदै २ सय ७६ रनमा समेटियो । दक्षिण अफ्रीकाका रस्सी भान डेर डुसेनले ८६ रनको अर्धशतकीय इनिङ खेले । डेभिड मिलरले ७९ रनको इनिङ खेल्दा टेम्बा बाभुमाले ३१ रन बनाए ।

बंगलादेशका मेहदी हसन मिराजले ४ तथा ताक्सिन अहमेदले ३ विकेट लिए भने सोरिफुल इस्लामको नाममा दुई विकेट रह्यो । यसअघि पहिले ब्याटिङ गरेको बंगलादेशले ५० ओभरमा ७ विकेट गुमाएर ३ सय १४ रन जोडेको थियो । बंगलादेशका शकिब अल हसनले ७७ रनको अर्धशतकीय इनिङ खेले ।

यस्तै लिटोन दास र यासिर अलिले ५०/५० रनको अर्धशतकीय इनिङ खेले । कप्तान तमिम इकबाल ४१ रनमा आउट भए । दक्षिण अफ्रीकाका मार्को जेनसन र केशव महाराजले २/२ विकेट लिए ।

यो पनि…
विश्वकप लिग–२ः युएईसँग नेपाल पराजित

सुमनले यसकारण छाडे नेपाल पुलिस क्लब
भलिबलप्रेमी परिवार : कोही राष्ट्रिय रेफ्री, कोही राष्ट्रिय टिममा



सम्बन्धित खबरहरु

काठमाडौं : संस्कृति इन्टरनेशनल स्कुलको वार्षिक स्पोर्ट्स डे को अवसरमा आयोजित विशेष समारोहमा संस्कृति स्पोर्ट्स सम्मानद्वारा राष्ट्रिय क्रिकेटका युवा खेलाडी

काठमाडौं, मंसिर २ :नेपालले पहिलोपटक एशियन डजबल च्याम्पियनसिपमा सहभागी हुँदै इतिहास रचेको छ । मलेसियामा मंसिर ४ देखि ७ गतेसम्म

क्रिकेटलाई भागबन्डा होइन, संरक्षण चाहिएको बेला हो यो । एनपिएलको उद्घाटन समारोहमा फ्लड लाइट बल्दै गर्दा पारस खड्काका आँखा रसाए।

कार्त्तिक २०, काठमाडौं। लुम्बिनी लायन्सले भारतीय प्रशिक्षक रोबिन सिंहलाई मेन्टर नियुक्त गरेको छ। लुम्बिनीले मंसिर १ देखि २७ गतेसम्म आयोजना

Latest










Popular
Suggested