English

राजर्षि जनक कप : पिप्ले सेमिफाइनलमा



डिफेन्डीङ च्याम्पियन पिप्ले युवा क्लब हेटौंडा जारी छैठौँ राजर्षि जनक कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

बाग्मती नगरपालिका–११, स्थित स्वर्गीय सन्तोष श्रेष्ठ स्मृति खेल मैदानमा सम्पन्न पहिलो क्वाटरफाइनल खेलमा डिफेन्डीङ च्याम्पियन पिप्लेले हिमालयन शेर्पा काठमाडौंलाई ३–० गोल अन्तरले पराजित गरेको हो ।

खेलको सुरुदेखिनै पिप्लेका खेलाडी हिमालयन सामु हाबी भएका थिए । सुन्दर फिनिसिङका साथ मैदानमा रहेका पिप्लेका खेलाडी आक्रामक अवस्थामा देखिए ।

पिप्लेले खेलको १५औं मिनेटमा रूपक लामाको गोलबाट अग्रता बनाएको थियो । ४० यार्ड टाडा पाएको फ्रिकिकलाई पिप्लेका रूपक लामाले कुनै गल्ती नगरी हिमालयनको जाली चुमाउन सफल भए ।

पहिलो हाफमा १–० को अवस्था बनाएको पिप्लेले दोस्रो हाफको ४ मिनेटमै दोस्रो गोल थप्यो । रूपक लामाको क्रसमा कुलदिप कार्कीले हेडमार्फत पिप्लेका लागि दोस्रो गोल गरे । दोस्रो हाफ पछि पनि पिप्लेका खेलाडी पूरा समय लयमै खेलिरहे ।

यस्तै खेलको अतिरिक्त समयमा पिप्लेका रितिक खड्काले पाएको वान टु वानको अवस्थालाई सहजै गोलमा परिणत गर्दै टिममलाई ३–० को अवस्थामा पुर्‍याए । पिप्लेले खेलमा दुई गोल गरेपछि हिमालयन केही दबाबमा देखिएको थियो ।

सुरुदेखिने निकै कमजोर फिनिसिङ खेलेका हिमालयन शेर्पाको खेलमा फर्कने लगातारको प्रयास असफल भयो । सुरुदेखिनै लयमा खेल्न नसकेको हिमालयन त्यस पछि पनि खेलमा फर्कन सकेन ।

खेलमा हिमालयनका खेलाडीले बनाएको केही राम्रा अवसरलाई समेत सदुपयोग गर्न सकेनन् । खेलको ७औं मिनेटमा हिमालयनका विकास मेरागिलले गरेको सशक्त प्रहार पिप्लेका गोल रक्षक अशोक बरालले असफल गरिदिए । पहिलो हाफको अतिरिक्त समयमा हिमालयनका दिवस ओरओले सुन्दर हेड गरे । तर क्रसबारमा ठोकिएर फक्रियो ।

दोस्रो हाफको ३२ र ३३औं मिनेटमा हिमालयनका सत्य शर्माले पिप्लेको गोल पोस्टमा दुई वटा सशक्त प्रहार गरे । तर सफल भएनन् । बल क्रमशः पहिलो बारमा र क्रसबारमा लागेर फर्कियो । त्यसपछि पनि हिमालयनका खेलाडीले केही राम्रो अवसरहरू तयार गरे । तर सदुपयोग गर्न सकेनन्, योसँगै हिमालयन सेर्पाले उपाधि होडबाट बाहिरिनु पर्‍यो ।

पिप्लेको लागि पहिलो गोल गरेका रूपक लामा म्यान आफ दि म्याच घोषित हुँदै नगद १० हजार पुरस्कारसमेत प्राप्त गरे । उद्घाटन खेलमा ध्रुवतारा सर्पोटिङ झापालाई पराजित गर्दै हिमालयनले पिप्लेसगँको भेट पक्का गरेको थियो ।

एक खेल बाइपाएको पिप्लेले सीधै क्वाटरफाइनल खेलेको हो । यस प्रतियोगिताअन्तर्गत सोमबार दोस्रो क्वाटरफाइनल खेलमा विभागीय टोली नेपाल पुलिस र सुदूरपश्चिम–११, धनगढी खेल्ने छन् ।

पुलिस नव जनजागृति युवा क्लब सिमरालाई हराउँदै क्वाटरफाइनलमा प्रवेश गरेको हो । सुदूरपश्चिम–११, एक खेल बाई पाएर अन्तिम चारमा रहेको थियो ।

१२ टिम सहभागी प्रतियोगिताको फाइनल खेल चैत १३ गते हुने आयोजक क्लबका अध्यक्ष किस्मत राज मैनालीले जानकारी दिए । प्रतियोगिताको विजेताले राजर्षि रनिङ सिल्ड नगद १० लाख १ हजार र उपविजेताले सिल्ड ५ लाख ५ सय पुरस्कार प्राप्त गर्ने छन् ।

यो पनि…
इङ्ल्यान्डद्वारा न्युजिल्यान्ड १ विकेटले पराजित

क्रिकेट : अफ्रिकी भूमिमा बंगलादेशको ऐतिहासिक जित
विश्वकप लिग–२ः युएईसँग नेपाल पराजित



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

नेपालको अग्रणी ब्याट्री उत्पादक कम्पनी एशियन ब्याट्री लिमिटेडले राष्ट्रिय क्रिकेट टोलीका स्टार खेलाडी दिपेन्द्र सिंह ऐरीलाई आफ्नो आधिकारिक ब्राण्ड एम्बेसडरको

फागुन १२, काठमाडौं : के एल दुगड समूहअन्तर्गत युनाइटेड सिमेन्ट्स लिमिटेडले नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान साबित्रा भण्डारी -साम्बा_

फागुन ९, केके मानन्धर ।भक्तपुरको मध्यपुर थिमिस्थित सिवाः सायमि खलःले मानन्धर फुटसल प्रतियोगिताको उपाधि जितेको छ । काठमाडौं उपत्यका लगायत

काठमाडौँ : नेपाली खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) द्वारा हरेक वर्ष आयोजना हुँदै आएको प्रतिष्ठित २२औँ एनएसजेएफ पल्सर स्पोट्स अवार्ड यस

Latest










Popular
Suggested