‘कलेजमा पहिलो ब्वाई हुनु दबाब थियो’



झापास्थित हल्दिबारी माध्यमिक विद्यालयबाट २०५९ सालमा एसएलसी (एसईई) दिएको थिएँ । त्यसबेला अघिल्लो दिन दिनभरि क्रिकेट खेलेर भोलिपल्ट परीक्षामा सहभागी भएको थिएँ । बच्चै भएर होला परीक्षाभन्दा क्रिकेटमा धेरै ध्यान थियो । छिटो परीक्षा दिएर खेल मैदानमै पुग्थेँ । ४ अङ्कले पहिलो श्रेणी आउन सकेन । यसले धेरै चित्त दुखेको थियो । यही दिनदेखि पहिलो श्रेणी ल्याउँछु भनेर प्रण गरेँ । पढाइलाई सोेहीअनुसार समय दिन थाले हालसम्म पहिलो श्रेणीमा नै पास भएको छु ।

एसएलसीपछि सबैलाई के पढौँ हुन्छ । तर, गाउँमा आएको पर्यटकको अङ्ग्रेजी सुनेर मलाई पनि त्यसैगरी बोल्न मन लाग्यो । कसरी अङ्ग्रेजी बोल्ने भन्नेमा ध्यान थियो । त्यसैले, अङ्ग्रेजी विषय लिएर पढेँ । शिक्षा संकायमा अङ्ग्रेजी विषयमा प्लस टु भर्ना भएँ । प्लस टुमा जसरी नि पहिलो श्रेणीमा पास हुनु थियो । त्यसकारण पढाइमा एकदम धेरै केन्द्रित भएँ । र सोचेजस्तो नतिजा पनि ल्याएँ ।

प्लस टुमा खेमराज भट्टराई साथीसँग भेट भयो । उनीबाट कलेजको पुस्तकको ज्ञानभन्दा जीवनको ज्ञान धेरै प्राप्त गरेँ । उनले जिन्दगी के हो भनेर बुझाइदिए ।

कक्षा १२ को परीक्षापछि ४५ दिनको शिक्षण अभ्यास गर्नुपर्ने थियो । त्यसमा कक्षा ७ र ८ लाई पढाएको थिएँ । महिना दिनमा उनीहरूसँग नजिक भएँ । विद्यार्थीले बिदाइ गर्ने बेला रोएका थिए, राम्रो मानेर उपहारहरू पनि दिएका थिए ।

सुरुङ्गास्थित कन्काई बहुमुखी क्याम्पसमा शिक्षा संकायमा स्नातक तह भर्ना भएँ । स्नातक तहमा थोरै समय कलेज गएँ । कलेज नगई आफैँ पढेर परीक्षा दिएँ । स्नातकमा कलेजबाट एकपटक पोखरा भ्रमण गएका बेला अन्ताक्षरी र नृत्य गरेका थियौँ । त्यतिबेला साथीहरूसँग निकै रमाइलो भएको थियो । साथीहरू पनि धेरै चिने । स्नातक तहको पहिलो वर्षको पढाइपछि सिग्मा इन्टरनेसनल स्कुलमा तीन वर्ष शिक्षक भएँ । बिहान आफू पढ्ने र दिउँसो स्कुल पढाउने गर्थें ।

त्रिभुवन विश्वविद्यालयबाट अङ्ग्रेजीमा स्नाकोत्तर गरेँ । उपप्राध्यापक हिमा ज्ञवाली मेडम हुनुहुन्छ, उहाँले पढ्नका लागि मलाई धेरै नै प्रोत्साहन गर्नुभयो । कसरी पढ्नुपर्छ भन्ने जुक्ति पनि दिनुभएको थियो ।
कलेजमा खासै बोल्दिनथेँ । साथीहरू पनि सीमित नै थिए । जुन हालसम्म पनि सम्पर्कमा छन् । औपचारिक पढाइपछि भने लेखन र साहित्यमा प्रवेश गरेँ ।

यो पनि…
र्यापर बालेन शाह भन्छन्,–‘ इन्जिनियरिङमा युर्निभसिटी टप गरेँ’
‘कलेजको गेट भित्रबाटै ढुंगा हानियो’



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

१९औं एसियाली खेलकुदअन्तर्गत पुरुष क्रिकेटको क्वाटरफाइनलमा नेपाल भारतसँग पराजित भएको छ । मंगलबार बिहान झेजियाङ युनिभर्सिटी अफ टेक्नोलोजी पिङफेङ क्रिकेट

विश्वकै सबैभन्दा पुरानो जात्राको रूपमा मानिने ‘इन्द्रजात्रा’ का विषयमा विभिन्न किंवदन्ती प्रचलित छ । एउटा भनाइअनुसार वर्षा राम्रोसँग सम्पन्न भई

प्रिय, ओ प्रियभन किन बुझी दिएनौं, यो मन, भनभन किन बुझी दिएनौं, भन किन बुझिदिएनौ प्रिय, ओ प्रिय . .

काठमाडौं उपत्यकामा मनाइने प्रसिद्ध जात्रा इन्द्रजात्राको अवसरमा राजधानीको नेपाल आर्ट काउन्सिलमा शुक्रबार ‘हाम्रो राम्रो उपत्यका’ नामक कला प्रदर्शनी गरियाे ।