‘होटल म्यानेजमेन्टका साथीले खाना पकाउँथे, हामी भाँडा माझ्थ्यौं’
धनकुटा, चौबिसेस्थित बुढुक उच्च माध्यमिक विद्यालयबाट २०६५ मा एसएलसी (एसईई) दिएँ । स्कुलको टपर थिएँ, एसएलसीमा पनि टप गरेँ । नतिजा राम्रो भएकाले इन्जिनियरिङको तयारीका लागि सदरमुकाम आएँ । पूर्वाञ्चल विश्वविद्यालयमा मेकानिकल इन्जिनियरिङमा नाम निकालेँ । गाउँ–घरमा म इन्जिनियर बन्ने चर्चा थियो । यो कुराले बुवा एकदम खुसी हुनुहुन्थ्यो ।

पढाइ राम्रो हुन्छ भनेर बुबाले मधेसका दुई जना साथीसँग राखिदिनुभएको थियो । पहिलो र दोस्रो सेमेस्टरको पढाइ राम्रोे भयो । तर, तेस्रो सेमेस्टरको परीक्षा फारम खुल्दा घर गएको थिएँ । आफूसँग बस्ने साथीहरूलाई परीक्षा फारम लागि पैसा दिएँ । उनीहरूले फारम भरेको जानकारी गराए ।
परीक्षाको तयारी राम्रोसँग गरेँ । परीक्षा दिनुभन्दा एक दिन अगाडि कलेजमा प्रवेश पत्र थिएन । कलेजले पनि हरायो कि भनेर धेरै खोज्यो । तर, पछि थाहा भयो परीक्षा फारम नै भरिएको थिएन ।
परीक्षाको तयारी राम्रोसँग गरेँ । परीक्षा दिनुभन्दा एक दिन अगाडि कलेजमा प्रवेश पत्र थिएन । कलेजले पनि हरायो कि भनेर धेरै खोज्यो । तर, पछि थाहा भयो परीक्षा फारम नै भरिएको थिएन ।
तेस्रो सेमेस्टर पढ्नका लागि २४ जनाको मात्रै सिट थियो । तीमध्ये कसैले छोडेमा मात्र परीक्षा फारम भर्न पाइने थियो । जुन अर्को वर्ष पनि सम्भव थिएन । एकदमै चिन्तित थिएँ । त्यहीबेला बुवाले घर लगेर मलाई हौसला दिनुभयो । धनकुटाकै पुण्य उच्च माध्यमिक विद्यालयमा फिजिक्समा आईएस्सी (साइन्स प्लस टु) भर्ना भएँ ।

इन्जिनियरिङको पढाइ छुटेकाले पढाइमा धेरै रुचि थिएन । तर, जसोतसो पास गरेँ । आईएस्सी पढ्दै मकालु बोर्डिङ स्कुलमा शिक्षक भएँ ।
फिजिक्स विषय लिएर धनकुटा बहुमुखी क्याम्पसमा स्नातक भर्ना भएँ । चारवर्षे कलेजको पढाइसँगै साथीहरूसँग खुब रमाइलो गरियो । यहाँ पढ्दा हामी पुरानो घरमा बस्थ्यौँ । होटेल म्यानेजमेन्टका साथीहरू पनि थिए । उनीहरूको काम खाना पकाउने, साइन्स पढ्नेहरूको काम भाडा माझ्ने थियो ।
पढाइ छोडेर झिंगे माछा मार्न गइन्थ्यो । धनकुटाको राजारानीदेखि मोरङको सीमासम्म माछा मार्न पुगिथ्यो । कलेजमा पढाइ पनि कमै हुन्थ्यो । केमेस्ट्री पढाउने सर थाई हुनुहुन्थ्यो । हामीलाई पढाउनुभन्दा बाहिर पार्टटाइम र ट्युसन पढाउन बढी व्यस्त हुनुुहुन्थ्यो । यही कुरामा सरसँग झगडा पनि भएको थियो ।

एक दिन सबै केटाहरू मिलेर सरलाई बोरामा हालेर पिटेका थियौँ । कलेजले हामीलाई शंका गर्छ भनेर सरलाई हातपात गर्नेलाई कारबाहीको माग गर्दै आफैँले आन्दोलन गरेको थिएँ ।
एक दिन सबै केटाहरू मिलेर सरलाई बोरामा हालेर पिटेका थियौँ । पिके भाइन्स युट्युुबबाट आउने ‘ब्याकबेन्चर’ सेरिज सोही घटनामा आधारित छ । कलेजले हामीलाई शंका गर्छ भनेर सरलाई हातपात गर्नेलाई कारबाहीको माग गर्दै आफैँले आन्दोलन गरेको थिएँ ।
स्पेस साइन्स विषयको परीक्षा आउनुअगावै हप्तादिन पखाला लागेको थियो । केही तयारी थिएन । परीक्षा दिने दिन सञ्चो भएको थियो । तर, कलेजको प्रिन्सिपलसँग कुरा गरी परीक्षाबाट ट्वाइलेट जान अनुमति पाएको थिएँ । ट्वाइलेट गएर कण्ठ गर्दै, लेख्दै गरेको थिएँ ।

नौ महिना काम गरिन्थ्यो, तीन महिना कोठाबाट बाहिर नगई पढिन्थ्यो । धरानको एक जना साथी टपर थियो । उसले स्नातक तहमा नोट, प्राक्टिकल दिएर सहयोग गरेको थियो । चार वर्षे स्नातक तहमा सरले पढाएको भन्दा पनि आफैँले पढेर पास गरियो ।
स्नातक पढ्दादेखि करिब ६ वर्षसम्म मंगलादेवी स्कुलमा शिक्षक भएर काम पनि गरेँ । मकालु रेडियोमा कमेडी कार्यक्रम पनि सञ्चालन गरेँ ।

फिजिक्स विषय स्नाकोत्तरमा त्रिभुवनअन्तर्गत लुम्बिनी कलेजमा भर्ना भएँ । तर, गीत र कमेडीको यात्रा शुरु गरेकाले निरन्तरता दिन सकेन । आरआर कलेजबाट राजनीति शास्त्र विषय लिएर स्नातकोत्तर गर्दैछु ।
यो पनि…
‘मार्कसिट सच्याउन काठमाडौं आउँदा कलेज भर्ना भएँ’
‘कलेजको गेट भित्रबाटै ढुंगा हानियो’











Earnestdrype
The overall rhythm of this post works really well and helps keep the discussion engaging from beginning to end. DANGEROUS SITE - ILLEGAL SITE