English

‘मार्कसिट सच्याउन काठमाडौं आउँदा कलेज भर्ना भएँ’



कालीकोटको मान्मास्थित पञ्चदेव माध्यमिक विद्यालयबाट २०५६ मा एसएलसी दिएँ । दोस्रो श्रेणीमा उत्तीर्ण भएँ । त्यो समयमा तुरुन्तै नतिजा हेर्न मिल्ने थिएन । पीसीओको फोनबाट थाहा पाइन्थ्यो । बत्ती नभएकाले सोलारले चार्ज गरेर मात्रै फोन प्रयोग हुन्थ्यो । परीक्षा दिएकाहरू आ–आफ्नो नाम नम्बर टिपाउँथे ।

पीसीओ सञ्चालकले दूरसञ्चार कार्यालयमा फोन गर्थे । उताबाट गोरखापत्र हेरेर नतिजा भनिदिन्थे । नतिजा सुन्नका लागि नाम र नम्बर टिपाएर त्यही पीसीओको वरिपरि नै छटपटिएर बसेको म नतिजा थाहा पाएपछि बल्ल राति घर गएको थिएँ ।

रेडियोमा कविता कसले वाचन गर्छ ? भनेर खोज्दै जाँदा पत्रकारले भन्ने जानकारी पाएँ । एसएलसीपछि पत्रकारिता पढ्ने इच्छा भयोे । पत्रकारिता कहाँ पढाइ हुन्छ खोजीनीति गरेँ ।

स्कुल पढ्दादेखि नै साहित्यमा रुचि थियो । स्कुलका विभिन्न कार्यक्रमहरूमा कविता वाचन गर्थें । रेडियोमा कविता वाचन कार्यक्रम आउँथ्यो । मैले पनि धेरैपटक कविता रचेर राजधानीमा पठाएँ, तर वाचन भएन । त्यसपछि, रेडियोमा कविता कसले वाचन गर्छ ? भनेर खोज्दै जाँदा पत्रकारले भन्ने जानकारी पाएँ । एसएलसीपछि पत्रकारिता पढ्ने इच्छा भयोे । पत्रकारिता कहाँ पढाइ हुन्छ खोजीनीति गरेँ । घरमा बुवालाई सुनाएँ, तर आर्थिक समस्याका कारणले उहाँले मान्नुभएन ।

केही समयपछि एसएलसीको मार्कसिट आयो । त्यसमा मेरो थरको स्पेलिङ गल्ती थियो । सच्याउनका लागि तत्कालीन उच्च शिक्षा परिषद् भक्तपुर पुगेँ । त्यही बेला पत्रकारिताको कलेज खोज्दा रत्नराज्यलक्ष्मी कलेजमा रहेको थाहा पाई त्यहीँ भर्ना भएँ ।

घरमा जानकारी नै नदिई ७–८ सय रुपियाँको भर्ना भएर घर फर्किएको थिएँ । उक्त कुरामा बुबालाई पहिले मनाउन धौधौ नै भयो । तर, जिद्दी नै गरेपछि बल्ल काठमाडौं पठाउन मान्नुभयो ।

मेरो उद्देश्य पत्रकार बन्नु थियो । कलेजमा आन्दोलन र तोडफोड दैनिक नै हुन्थ्यो । तर, साहित्यमा रुचि भएकाले नियमित कक्षापछि पिपलबोटमा लेखकहरूको भेला हुन्थ्यो त्यहाँ जान्थेँ । राजनीतिले खासै छुन सकेन ।

मेरो उद्देश्य पत्रकार बन्नु थियो । कलेजमा आन्दोलन र तोडफोड दैनिक नै हुन्थ्यो । तर, साहित्यमा रुचि भएकाले नियमित कक्षापछि पिपलबोटमा लेखकहरूको भेला हुन्थ्यो त्यहाँ जान्थेँ । राजनीतिले खासै छुन सकेन । कलेजका विद्यार्थी नेता भने सबै चिन्थेँ ।

कलेजका उत्कृष्ट विद्यार्थीको प्रोफाइल छापिने ‘विचार पत्रिका’ प्रकाशित हुन्थ्यो । मैले त्यसमा कविता रचना गरी छाप्न थालेको थिएँ ।
पढाइमा उत्कृष्ट नभए पनि क्याम्पसमा कवि भनेर चिनिएको थिएँ । एकपटक ‘विचार पत्रिका’मा प्रतिभाशाली विद्यार्थी भनेर मेरो प्रोफाइल छापियो । त्यहीँबाट धेरैले चिने । यसले गर्दा विभिन्न कार्यक्रमहरूमा सहभागी हुने अवसर पनि पाएँ ।

स्नातक तह यही कलेजमा भर्ना भएँ । तर, लेखन र पत्रकारितातिर भिजिसकेकाले कक्षाकोठामा नियमित हुन सकिनँ । नेपाली र पत्रकारिता मुख्य विषय रहेकाले प्राक्टिकल सजिलै हुन्थ्यो ।

कलेजमा लजालु थिएँ, त्यसैले, खासै साथीहरू बनेनन् । मिडियाप्रति लगाब भएकाले प्रायः यतैतिरका साथीहरू धेरै छन् ।

कलेजमा लजालु थिएँ, त्यसैले, खासै साथीहरू बनेनन् । मिडियाप्रति लगाब भएकाले प्रायः यतैतिरका साथीहरू धेरै छन् ।

कक्षा ११ र १२ पढ्दा घरको आर्थिक सहयोग रह्यो । तर, स्नातक पढ्दा पत्रिकामा फिचर लेख्थेँ । त्यहाँबाट एउटा फिचरबापत ९ सयदेखि १२ सय रुपियाँ कमाइ हुन्थ्यो । त्यहीँबाट नै गुजारा गर्थें । यसैगरी, नयाँ पत्रिका, नागरिक दैनिकमा पनि काम गरेँ । पत्रकारिता सँगसँगै लेखनलाई पनि निरन्तरता दिँदै गएँ ।

यो पनि…
मेलिना भन्छिन् – कलेज पढ्दा निकै सोझी थिएँ
‘कलेजको गेट भित्रबाटै ढुंगा हानियो’



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौँ, १ फागुन : कोका–कोलाले क्रिएसनसँगको साझेदारीमा पशुपतिनाथ मन्दिर परिसर ‘सफा गरौं’ पहल सुरु गरेको छ । वर्षभरी निरन्तर चल्ने

काठमाडौँः नेपालमा शैक्षिक प्रतिस्पर्धाको स्वरूप परिवर्तन हुँदै आएको छ । ग्लोबल म्याथ डिबेट लिग (GMDL)ले झापा र चितवनपछि लुम्बिनी क्षेत्रीय

प्रेमचन्द्र झा, माघ २९ गते, रौतहट । जिल्लास्थित गौर भन्सार कार्यालयदेखि पूर्वतर्फ बाँध मर्मत तथा सम्भारको नाममा बाँधको थप उच्चाइ

विश्वप्रसिद्ध प्रविधि कम्पनी Xiaomi को स्वामित्वमा रहेको चर्चित स्मार्टफोन पोको(POCO) ब्रान्ड नेपाली बजारमा औपचारिक रुपमा कमब्याक गरेको छ। गेमिङ र

Latest










Popular
Suggested