English

र्यापर बालेन शाह भन्छन्,–‘ इन्जिनियरिङमा युर्निभसिटी टप गरेँ’



काठमाडौंको अनामनगरस्थित एलायन्स एकेडेमी स्कुलबाट २०६२ मा एसएलसी (एसईई) दिएँ । प्रथम श्रेणीमा उत्तीर्ण भएँ । यो समयमा ब्रिजकोर्स पढ्ने चलन थियो, तर मैले गरिनँ । कोही–कोही त ब्रिजकोर्स किन नगरेको भनेर घरमै सोध्न पुग्थेँ । एसएलसीपछि तीन महिना हिपपप गीत सुनेर बसेँ ।

राम्रो नतिजाका कारणले कतिपयलाई डाक्टर, इन्जिनियर पढ्नुपर्ने पारिवारिक दबाब हुन्छ । तर, आफ्नै रुचिले बायोलोजी र गणित मुख्य विषय लिएर तीनकुनेस्थित भीएस निकेतनमा प्लस टु भर्ना भएँ । बिहान साढे ६ देखि साढे १२ सम्म कलेज हुन्थ्यो ।

स्कुल पढ्दा साथीहरूसँग भन्दा पनि एक्लै रमाउने गर्थे । तर, प्लस टुमा उमेरले होला सबैसँग जिस्किने, बोल्ने गर्थें । सानैदेखि संगीतमा लगाब भएकाले कलेजका कार्यक्रममा गीत गाउने, रमाउने गरिन्थ्यो । कक्षा १२ मा साथीसँग मिल्न थालेपछि मात्रै बलिउडका गीत सुनेँ । साथीहरू बंक गरी फिल्म हेर्न, घुम्न जाने गर्थे तर कलेजका कार्यक्रममा रमाइलो गरिए पनि बंक गरेर कहिले घुम्न गइएन । फिल्मको स्क्रिप्ट सुन्न एकदम मन पर्छ । हलमा फिल्मका कुराहरू बुझिँदैन र एक्लै फिल्म हेर्छु ।

कक्षा १२ को परीक्षापछि आमाको चाहनाले डाक्टर बन्नका लागि प्रवेश परीक्षा दिएँ तर, नाम निस्किएन । गणितभन्दा बायोलोजी विषय राम्रो थियो । सबैले एमबीबीएस पढ्न नै सुझाब दिए । तर, जुन विषय राम्रो हुँदैन त्यसलाई सुधार्नका लागि पढ्नुपर्छ भन्ने मान्यताले १ देखि साढे १ घण्टामा निर्णय गरी स्नातक तहमा सिभिल इन्जिनियरिङ पढ्ने निर्णय गरे ।

गणितभन्दा बायोलोजी विषय राम्रो थियो । सबैले एमबीबीएस पढ्न नै सुझाब दिए । तर, जुन विषय राम्रो हुँदैन त्यसलाई सुधार्नका लागि पढ्नुपर्छ भन्ने मान्यताले १ देखि साढे १ घण्टामा निर्णय गरी स्नातक तहमा सिभिल इन्जिनियरिङ पढ्ने निर्णय गरे ।

पुतलीसडकस्थित कन्तिपुर सिटी कलेज (केसीसी) मा भर्ना भए । साँझ ४ देखि ८ बजे रातिसम्म कक्षा हुन्थ्यो । कलेजबाट घर फर्किंदा कतिपयले कस्तो खाले कलेज हो राति हुने प्रश्न पनि गरे । पहिलो सेमेस्टरको परीक्षापछि खुमलटारस्थित ह्वाइट हाउसमा ट्रान्सफर गरेँ । कलेजमा मिल्ने साथी धेरै भए । यहाँ पढ्न थालेपछि कलेजमा राजनीति हुन्छ भन्ने थाहाँ पाएँ । पेट्रोल, खाने तेलको मूल्य वृद्धि हुँदा चक्काजाम गर्न जान्थ्यौँ । कलेजका साथीहरूसँग मिलेर घुम्न जाने, पिकनिक धेरै गएँ । साथीको संगतमा छ्याङ पनि खाइयो ।

एक सेमेस्टरमा पाँच महिना साथीसँग घुमेर बित्थ्यो । तर, एक महिना घरबाट कहीँ नगएर पढ्थेँ । स्नातक तहमा सय जना विद्यार्थीमध्ये मैले मात्र पास गरेँ । कलेज निल हुनबाट जोगाएकाले ३५ हजार कलेजबाट छात्रवृत्ति पनि प्राप्त गरेको थिएँ ।

एक सेमेस्टरमा पाँच महिना साथीसँग घुमेर बित्थ्यो । तर, एक महिना घरबाट कहीँ नगएर पढ्थेँ । स्नातक तहमा सय जना विद्यार्थीमध्ये मैले मात्र पास गरेँ । कलेज निल हुनबाट जोगाएकाले ३५ हजार कलेजबाट छात्रवृत्ति पनि प्राप्त गरेको थिएँ ।

छैटौं सेमेस्टरको परीक्षाका समयमा पहिलो र्याप ब्याटल थएको थियो । जुन नसक्ने पस्थिति हुँदा पनि यमबुद्ध दाइको अनुरोधमा त्यो ब्याटल गरेँ । त्यस ब्याटलले रातरात सबैले चिन्ने भएको थिएँ । अर्को दिन परीक्षा दिन जाँदा र्यापर भनेर चिन्न थालेका थिए ।

कलेज पढ्दै काम गरिनँ । स्नातक तहपछि बज्र, एसिया कम्पनीमा काम गरे । एसिया कम्पनीमा काम गर्दै महाभूकम्प गयो । त्यसपछि, नेपालका १४ जिल्लाको घरको कन्ट्रक्सन, सुपर भिजन, डिजाइनको काम गरेँ । यही काम गर्ने क्रममा फ्रान्सका स्ट्रकचरल इन्जिनियर आउनुभएको थियो ।

नेपालमा टिपिकल घरको डिजाइनहरू राम्रो हुने भएकाले यस्तोलाई प्राथमिकता दिनुपर्ने कुराले स्नाकोत्तरमा स्ट्रकचरल इन्जिनियर पढ्न प्रोत्सहित भएँ । साउथ इन्डिया युनिर्भसिटीबाट स्ट्रकचरल इन्जिनियरमा स्नातकोत्तर गरेँ । यहाँ होस्टेलमै बसेर पढियो । नयाँ–नयाँ कुरा सिकियो । बाहिरका साँस्कृतिक रहनसहन जानकारी पाइयो ।

स्नातक तह बाहिर पढे पनि ६ महिना प्रोजेक्ट वर्क हुन्छ । जुन मैले काभ्रेको २ हजार ५ सय घरको डिजाइन, कन्ट्रक्सनमा गरेँ । यहाँ १२ जनाको टिम थियो मैले नै लिड गरेको थिएँ । स्नातकोत्तरमा युर्निभसिटी टप गरेँ ।

यो पनि…
मेलिना भन्छिन् – कलेज पढ्दा निकै सोझी थिएँ
‘कलेजको गेट भित्रबाटै ढुंगा हानियो’



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौँ, १ फागुन : कोका–कोलाले क्रिएसनसँगको साझेदारीमा पशुपतिनाथ मन्दिर परिसर ‘सफा गरौं’ पहल सुरु गरेको छ । वर्षभरी निरन्तर चल्ने

काठमाडौँः नेपालमा शैक्षिक प्रतिस्पर्धाको स्वरूप परिवर्तन हुँदै आएको छ । ग्लोबल म्याथ डिबेट लिग (GMDL)ले झापा र चितवनपछि लुम्बिनी क्षेत्रीय

प्रेमचन्द्र झा, माघ २९ गते, रौतहट । जिल्लास्थित गौर भन्सार कार्यालयदेखि पूर्वतर्फ बाँध मर्मत तथा सम्भारको नाममा बाँधको थप उच्चाइ

विश्वप्रसिद्ध प्रविधि कम्पनी Xiaomi को स्वामित्वमा रहेको चर्चित स्मार्टफोन पोको(POCO) ब्रान्ड नेपाली बजारमा औपचारिक रुपमा कमब्याक गरेको छ। गेमिङ र

Latest










Popular
Suggested