English

विश्वकप छनोटको कठिन परीक्षामा नेपाल

आठ वर्षपछि नेपाली क्रिकेटको हाेला त सपना साकार ?


आइसीसी टी-२० विश्वकप ग्लोबल छनोटअन्तर्गत समूह चरणको अन्तिम खेलमा सोमबार (आज) क्यानडाविरुद्ध प्रतिस्पर्धामा उत्रँदा नेपाल शतप्रतिशत जितसहित समूह विजेता बन्ने लक्ष्यमा छ ।

ओमानको मस्कटस्थित अल अमेरत क्रिकेट मैदानमा हुने खेल नेपाली समयअनुसार पौने ४ बजे सुरु हुनेछ । नेपालले छनोटअन्तर्गत यसअघि भएको समूह चरणका दुईमध्ये दुवै खेलमा जित निकालेको थियो ।

छनोटको पहिलो दिन शुक्रबार नेपालले घरेलु टोली ओमानलाई ३९ रनले र शनिबार फिलिपिन्सलाई १३८ रनले पराजित गरेको थियो ।

ग्लोबल छनोटको समूह ‘बी’ मा रहेको नेपाल चार अंकसहित तालिकाको शीर्ष स्थानमा छ । यस्तै, दुई खेलबाट दुई अंक जोडेको क्यानडा दोस्रो र समान खेलबाट समान अंक रहे पनि रनरेटका आधारमा ओमान तेस्रो स्थानमा छ । अंकविहिन फिलिपिन्स समूहको पुछारमा छ ।

आज जितसहित समूह विजेता बने नेपालले सेमिफाइलनमा समूह ‘ए’ को उपविजेतासँग खेल्नेछ । सेमिफाइलन जित निकाले नेपाल छनोटको फाइनलसँगै अक्टोबरदेखि अस्ट्रेलियामा हुने टी-२० विश्वकपमा छनोटमा हुनेछ ।

ग्लोबल छनोटका समूह ‘ए’ मा दुई खेलबाट चार अंक जोडेको सयुक्त अरब इमिरेट्स (यूएई) शीर्ष स्थानमा छ । यस्तै, दुई खेलबाट समान दुई अंक जोडे पनि बहराइन दोस्रो र आयरल्यान्ड तेस्रो स्थानमा छ । दुई खेल खेल्दासम्म खाता खोल्न नसकेको जर्मनी अन्तिममा छ ।

आठ वर्षपछि नेपाली क्रिकेट

सन् २०१४ मा नेपालले पहिलोपटक २० ओभरको विश्वकप खेल्दा नेपाली खेलकुद क्रिकेटमय बनेको थियो।

नेपालले खेलेको प्रत्येक खेलमा देशभर उत्सवको वातावरण सिर्जना भएको थियो। लाग्थ्यो, नेपाली क्रिकेटले अब नयाँ उचाइ छुनेछ।

तर भयो त्यसको ठिक विपरीत। देशको क्रिकेट घरेलु राजनीतिमा नमज्जाले पिसियो। त्यसको अर्को साल त अन्तर्राष्ट्रिय प्रतिबन्धमै पर्‍यो।

त्यसयता खेलेको ४ वटा टी-२० विश्वकप छनोटमा नेपाल असफल हुँदै आएको छ। नेपाल यतिसम्म कमजोर भयो की, पछिल्लो छनोटमा पूर्वी एसियाली छनोटका कमजोर टीमसँग हार्दै नेपाली टोली लज्जास्पद ढङ्गबाट बाहिरिन पुगेको थियो।

अहिले, झन्डै एक दशक लामो हन्डरपछि नेपाल फेरि २०ओभरको विश्वकप छनोट खेल्न ओमान यात्रामा निस्केको छ।

र, यसपालि नेपाली टोली छनोट चरण पार गर्ने ‘मूड’ मा देखिएको छ। एक दशकको यो अवधिमा धेरै परिवर्तन भएको आभास क्रिकेटमा देखिएको छ।

खेलाडी मात्र होइन, प्रशंसकहरू सम्मलाई विश्वास बढेको छ की यसपालि खोलो फर्किनेछ, तर त्यो सजिलो भने छैन।

कसरी पुगिन्छ विश्वकपमा
झट्ट हेर्ने हो भने तीन खेलको जितले आगामी अक्टोबर/ नोभेम्बरमा अस्ट्रेलियामा हुने टी-२० विश्वकपको यात्रा नेपालले तय गर्नेछ।

त्यसैले पनि यसपालि नेपाललाई विश्वकपमा पुग्ने राम्रो मौका रहेको बताइएको छ, क्रिकेटप्रेमी आशावादी छन्। नेपालले आफ्नो समूहमा रहेको ओमान, क्यानडा र फिलिपिन्स सँगको दुई खेल जिते सेमिफाइनलमा पुग्नेछ।

सेमिफाइनलमा टोलीले अर्को समूहबाट आउने सम्भावित राष्ट्र आयरल्याण्ड वा युएईसँग भेट्न सक्छ, जसमा विजयी भएर फाइनल पुग्नासाथ विश्वकपको ढोका खुल्नेछ। तर, विश्वकप छनोट अगाडि यी प्रतिद्वन्द्वीहरूसँग खेलिएको चार देशीय शृङ्खलाले सङ्केत गरिसकेको छ की यो यात्रा सहज हुनेछैन।

सो शृङ्खलामा नेपालले ओमानलाई पराजित गरेपनि आयरल्याण्ड र युएईसँग हार बेहोरेको छ।

विश्वकप छनोटमा नेपालको खेल तालिका

फागुन ६ गते विरुद्ध ओमान- जित
फागुन ७ विरुद्ध फिलिपिन्स- जित
फागुन ९ विरुद्ध क्यानडा
फागुन १० सेमिफाइनल
फागुन १२ फाइनल
खेलाडीहरूको मध्यम प्रदर्शन र चोटग्रस्त खेलाडीहरू नेपालको चिन्ताको विषय हो । खास गरी ओमानमै खेलिएको चार राष्ट्र सम्मिलित टी २० क्रिकेट शृङ्खलामा देखिएको प्रदर्शनपछि चिन्ता बढेको हो।

चिन्ताको अर्को कारण प्रतिद्वन्द्वीहरूको खारिएको प्रदर्शन पनि हो।शृङ्खलामा युएईले नेपाली बलरलाई नमज्जाले प्रहार गर्दा आयरल्याण्डले भने ब्याटिङ कमजोरी उदाङ्गो पारिदिएको थियो।

विश्वकप छनोटका प्रतिश्पर्धाका लागि त्यो खेल पाठ हुने नेपाली प्रशिक्षक पुबुदु दशानायके बताउँछन्। उनी भन्छन् -‘खेलाडीको चोट र अभ्यासको हार आफ्नो ठाउँमा छ। हारमा मलाई दु:ख छैन। बरु अभ्यासले खेलाडीहरूमा आत्मविश्वास झन् बढेको मैले पाएको छु।’

दशानायकेले टिममा सन्तुलन रहेको भन्दै खुसी व्यक्त गरेका छन्।

यस्तो छ चुनौती
नेपालले विश्वकपको शुरुआत ओमान विरुद्धको खेलबाट गर्दै छ। चार देशीय शृङ्खलामा जित हात पारे पनि ओमान बलियो प्रतिद्वन्द्वी हो। नेपालको विश्वकप यात्राको मुख्य परीक्षा ओमान विरुद्धको खेलबाट नै हुनेछ।

ओमान उड्नु अगाडि नेपालको ब्याटिङ पक्षको प्रशंसा भयो, तर चार देशीय शृङ्खलामा त्यो प्रमाणित हुन सकेन। दीपेन्द्र सिंह ऐरी मात्र एक्लो ब्याट्सम्यान देखिए, जसले ब्याट र बल दुबैमा आत्मविश्वासपूर्ण खेल पस्केका थिए।
ती तमाम कमजोरी विश्वकपमा नदोहोर्‍याउनु प्रशिक्षक र खेलाडीहरूको लागि चुनौती हुनेछ।

त्यसमा चार देशीय शृङ्खलामा देखिएको ‘अधैर्य ब्याटिङ’ मा सुधार गरिनुपर्ने मुख्य विषय देखिन्छ। ब्याटिङको क्रम मिलाउन थुप्रै प्रयोग गरेका प्रशिक्षक दशानायकेले त्यसलाई अन्तिम रूप दिने तयारी गरिरहेका छन्।

फाइनलमा पुग्न के गर्नुपर्छ ?
खेलाडी प्रशिक्षकहरूको एउटै जवाफ हुने गर्छ- ‘टी-२० हो केही भन्न सकिन्न।’ एक ओभरले खेलको नक्सा बदल्न सक्छ।ओमानको डेथ पिचमा सन्तुलित प्रदर्शन गर्ने टोली हाबी हुन सक्ने जगत टमाटा बताउँछन्।

उनी भन्छन्- ‘ओमानको पिचमा अहिले निरन्तर प्रतियोगिता भइरहेको हुनाले विश्वकप छनोटको बेला पिच ‘डेथ’ भइसकेको हुनेछ। यस्तोमा ब्याटिङ र बलिङ दुवै पक्षलाई बराबर मौका हुनेछ। बलरहरूले १०/१५ रन रोक्न सके परिणाम राम्रो आउनेछ।’

समग्रमा नेपाल कमजोर टोली होइन।

यो पनि
नेपालद्वारा ओमान फराकिलो रन अन्तरले पराजित
फिलिपिन्सलाई नेपालले दियो २१९ रनको लक्ष्य



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

नेपालको अन्नपूर्ण संरक्षण क्षेत्रमा नयाँ प्रजातिको चरा भेटिएको छ । नयाँ प्रजातिको चरा ‘फुस्रो सारौं’ नाममा अभिलेख गरिएको छ ।

वायु प्रदूषण रोक्न विकसित मुलुकहरूले सवारी साधन, कलकारखाना, उद्योगलगायत विभिन्न क्षेत्रमा विशेष मापदण्डहरू तोकी एक्युआई अर्थात् एयर क्वालिटी इन्डेक्समा उत्तम

‘तपाई जति प्रकृति नजिक पुग्नु हुन्छ, प्रकृति त्यति नै तपाई नजिक आइपुग्छ’, यो भनाई हङकङका नेपाली व्यवसायी राज गुरुङलाई ठ्याक्कै

एक साँझ हामी सूर्यास्त अवलोकन गर्न हेग शहरको अत्याधिक प्रसिद्ध समुन्द्रतट स्केभनिनगन गएका थियौँ । हाम्रो टोलीमा इटाली, फ्रान्स, नर्वे,