English

एकदिवसीय क्रिकेटमा पनि सन्दीप नै कप्तान



नेपालको एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा पनि सन्दीप लामिछाने नै कप्तान बन्ने भएका छन् । नेपाल क्रिकेट संघ क्यानका कार्यवाहक सचिव प्रशान्तविक्रम मल्लले टी–२० को कप्तान सन्दीपलाई नै एकदिवसीयमा पनि जिम्मेवारी दिने निर्णय भएको जानकारी दिए ।

‘यो सिरिजका लागि पनि सन्दीपले नै कप्तानी गर्नेछन्,’ मल्लले भने, ‘उपकप्तानको नियुक्तिचाहिँ आवश्यक अवस्थामा प्रशिक्षकले नै गर्ने गरी अधिकार दिएका छौं ।’

मंसिर अन्तिम साता क्यानले अनुशासनको कारबाहीस्वरुप कप्तान ज्ञानेन्द्र मल्ल र उपकप्तान दीपेन्द्र सिंह ऐरीलाई पदमुक्त गरेको थियो । त्यतिबेला आसन्न टी–२० विश्वकप छनोटका लागि भन्दै सन्दीप लामिछानेलाई नयाँ कप्तान नियुक्त गरिएको थियो ।

विश्व क्रिकेट लिग–२ को अन्तर्गत नेपालले चैत पहिलो साता युएईमा त्रिकोणात्मक श्रृङ्खला खेल्दैछ । त्यसकै तयारीका लागि नेपालले श्रीलंकामा प्रशिक्षणसहित अभ्यास खेल खेल्ने तय भएको छ ।

सचिव मल्लले नेपाली टोली २/३ दिनमा श्रीलंका प्रस्थान गर्ने जानकारी दिए । नेपालले श्रीलंकामा स्थानीय टोलीहरुसँग चारवटा अभ्यास खेल खेल्नेछ ।

विश्वकप लिग–२ शृंखलामा नेपालले पपुवा न्युगिनी र युएईसँग एकदिवसीय खेल खेल्नेछ । यो सन् २०२३ को विश्वकपका लागि छनोटको प्रारम्भिक चरण पनि हो ।

यो पनि
सन्दीपको आईसीसी वरीयता सुधार
महिला टी–ट्वान्टी च्याम्पियनसिपमा एपीएफ विजयी



...
зарубежные сериалы в хорошем HD качестве

Inspiring quest there. What occurred after? Thanks! зарубежные сериалы смотреть онлайн

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

नेपाल क्रिकेट संघले युएईमा हुने यु-१९ एसिया कपमा सहभागी हुने टोलीलाई बिदाइ गरेको छ । नेपालले पहिलो खेल पाकिस्तानसँग मंसिर

एसीसी यू–१९ प्रिमियर कपको पहिलो खेलमा नेपालले इरानविरुद्ध २७४ रनको फराकिलो जित निकालेको छ । बिहीबार मलेसियामा भएको खेलमा नेपालले

नेपाली राष्ट्रिय क्रिकेट टिम यतिबेला भारतको नागपुरस्थित राजस्थान रोयल्सको एकेडेमीमा हाई परफरमेन्स प्रशिक्षण गरिरहेको छ । टी२० विश्वकपको एशिया क्षेत्र

नेपाल क्रिकेट संघ (क्यान) ले दुई वर्षका लागि आईएमई पेसँग टिकटिङ पार्टनरको सम्झौता गरेको छ । क्यानका सचिव पारस खड्का