महिला टी–ट्वान्टी च्याम्पियनसिपमा एपीएफ विजयी



ललितपुर मेयर महिला टी–ट्वान्टी च्याम्पियनसिपमा सशस्त्र प्रहरी बल (एपीएफ) विजयी भएको छ । एपीएफले ललितपुर मेयर्स–११ लाई पराजित गर्दै लगातार तेस्रो जित निकालेको हो ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको खेलमा एपीएफले ललितपुर मेयर्स–११ लाई ७ विकेटले पराजित गरेको हो । यसअघि, एपीएफले पहिलो खेलमा प्रदेश नं १ र दोस्रो खेलमा सुदूरपश्चिम प्रदेशलाई ६ विकेटले पराजित गरेको थियो । लगातार तीन खेलमा पराजित भएको ललितपुर मेयर्स प्रतियोगिताबाट बाहिरिएको छ । यसअघि ललितपुर पहिलो खेलमा सुदूरपश्चिमसँग ५८ रनले र दोस्रो खेलमा लुम्बिनी प्रदेशसँग २ रनले पराजित भएको थियो ।

आजको खेलमा ८१ रनको विजय लक्ष्य एपीएफले १३ ओभरमा ३ विकेट गुमाएर पूरा गर्‍यो । एपीएफका लागि ज्योति पाण्डेले अर्धशतकीय पारी खेलिन् । उनले ४५ बल खेल्दै अविजित ५६ रन बनाइन् । यस्तै रोमा थापाले अविजित ११ रनको योगदान दिइन् । बलिङतर्फ ललितपुर मेयर्सकी अनुराधा चौधरीले एक विकेट हात पारिन् ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ थालेको ललितपुर मेयर्सले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै ८० रनको योगफल बनायो । ललितपुर मेयर्सका लागि सुमन खतिवडाले सर्वाधिक ३० रन जोडिन् । आरती विडारीले अविजित २१ रन बनाइन् । बलिङतर्फ एपीएफका लागि करुणा भण्डारी र सुमन विष्टले एक–एक विकेट लिए ।

अहिले त्रिवि क्रिकेट मैदानमा प्रदेश नं १ र सुदूरपश्चिम प्रदेशबीच अर्को खेल भइरहेको छ । प्रदेश १ ले टस जितेर ब्याटिङ गरिरहेको छ ।

यो पनि
सन्दीपको आईसीसी वरीयता सुधार



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौँ महानगरका मेयर बालेन शाहको कार्यालय अगाडी आफूलाई ईः भन्न रुचाउने २८ वर्षीय युवा बिहीबार देखि नै लगातार उभिएर विरोध

सैनिक श्रीमती संघद्वारा शुक्रवार साँझ फरक क्षमता भएका बालबालिकाको सहयोगार्थ आर्मी अफिसर्स क्लब काठमाडौंमा एक बिशेष कार्यक्रम ‘वरदान सुर–सन्ध्या’को आयोजना

‘झट्ट हेर्दा न्याउरी मुसाजस्तै देखिने पानीमा बस्ने दुर्लभ प्राणी ‘ओत’ पहिले–पहिले चितवनमा पनि थियो भन्ने कुरा अङ्कलहरूबाट सुनेको थिए, योपटक

हिन्दु नारीहरुको महान पर्व तीजको अवसरमा सोमबार राजधानीस्थित पशुपतिनाथ मन्दिर परिसरमा बिहान करिव ३ बजे देखि नै भक्तजनहरुको ठूलो घुइँचो