English

सन्दीपको आईसीसी वरीयता सुधार



आइसीसी टी-२० बलिङ वरीयतामा नेपालका लेग स्पिनर सन्दीप लामिछानेले १६ स्थान सुधार गरेका छन् । आइसीसीले बुधबार जारी गरेको वरीयतामा नेपालका लेग स्पिनर सन्दीप वरीयताको ४३औं स्थानमा उक्लिए । यसअघि उनी ५९औं स्थानमा थिए ।

यस्तै, नेपाली टोलीका मिडियम पेस बलर अविनाश बोहरा वरीयताको ८६औं स्थानमा उक्लिए । यसअघि वरीयताको ९८औं स्थानमा रहेका अविनाशले १२ स्थान सुधार गरे ।

टी-२० विश्वकपको ग्लोबल छनोटमा सन्दीप र अविनाशले गरेका प्रदर्शनका आधारमा आइसीसीले नयाँ वरीयता सार्वजनिक गरेको हो । यद्यपि छनोटको सेमिफाइनलमा युएईसँग पराजित भएसँगै नेपालको विश्वकप खेल्ने सपना पूरा हुन सकेन ।

वरीयताको शीर्ष स्थानमा दक्षिण अफ्रिकाका बलर तबरेज साम्सी यथावत् छन् । यस्तै, दोस्रो स्थानमा अष्ट्रेलियाका जस हेजलउड र तेस्रो स्थानमा इङ्ल्यान्डका आदिल रासिद पनि यथावत् छन् ।

यो पनि
युएईसँग नेपाल ६८ रनले पराजित



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

नेपालको अग्रणी ब्याट्री उत्पादक कम्पनी एशियन ब्याट्री लिमिटेडले राष्ट्रिय क्रिकेट टोलीका स्टार खेलाडी दिपेन्द्र सिंह ऐरीलाई आफ्नो आधिकारिक ब्राण्ड एम्बेसडरको

फागुन १२, काठमाडौं : के एल दुगड समूहअन्तर्गत युनाइटेड सिमेन्ट्स लिमिटेडले नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान साबित्रा भण्डारी -साम्बा_

फागुन ९, केके मानन्धर ।भक्तपुरको मध्यपुर थिमिस्थित सिवाः सायमि खलःले मानन्धर फुटसल प्रतियोगिताको उपाधि जितेको छ । काठमाडौं उपत्यका लगायत

काठमाडौँ : नेपाली खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) द्वारा हरेक वर्ष आयोजना हुँदै आएको प्रतिष्ठित २२औँ एनएसजेएफ पल्सर स्पोट्स अवार्ड यस

Latest










Popular
Suggested