English

रमालाई ‘द मम–ब्युटी कन्टेस्ट’को उपाधि



सौन्दर्य प्रतियोगिता ‘द मम–ब्युटी कन्टेस्ट’को उपाधि रमा खड्का पौडेलले जितेकी छन् । मोडल सङ्स नेपालले आमा भइसकेका नारीलाई लक्षित गर्दै आयोजना गरेको प्रतियोगितामा उनले ताजसँगै विधागततर्फको ‘मस्ट पपुलर’ अवार्डसमेत चुमिन् ।

काठमाडौंको जमलस्थित राष्ट्रिय नाचघरमा सम्पन्न प्रतियोगितामा उनले उपहार स्वरुप २५ हजार रुपियाँ र अन्य विभिन्न उपहार पोल्टामा पारिन् ।

प्रतियोगितामा विधागततर्फ निलिमा बजगाईं उप्रेतीले ‘अडियन्स च्वाइस’ र ‘बेस्ट स्माइल’, ललिता शेर्पा ‘ट्यालेन्ट’, ‘बेस्ट पर्सनालिटी’ र ‘मस्ट फोटोजेनिक’, दिपीका पौडेलले ‘कन्फिडेन्ट’, सिलसिला गुरुङ ‘डिसिप्लिन’, सरस्वती डंगोल महर्जनले ‘इनोसेन्ट’ अवार्ड जिते ।

रोजिन शाक्यको कोरियोग्राफी रहेको प्रतियोगितामा राजकुमार क्षेत्री, सोना अमात्य, डा. अर्पन शाह, अभिनेता रमेश उप्रेती, रेजिना तुलाधर, अंकिता श्रेष्ठ निर्णायक थिए ।

आयोजक संस्थाका अध्यक्ष डेविल सिंह राजपुतले आमा भइसकेकी नारीको आन्तरिक सौन्दर्यलाई बाहिर ल्याएर आधुनिक समाजका अवसरहरूलाई नेपाली पारामा ‘ब्लेन्ड’ गर्दै लैजाने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको बताए । उनले दोस्रो संस्करण पनि चाँडै सुरु हुने बताए ।

यो पनि…
‘फेसियल हाउस’ को १४औं वार्षिकोत्सवमा पूजा र भवानीले काटे केक
‘ड्रेस टु इम्प्रेस’मा १६८ डिजाइनरबीच प्रतिस्पर्धा



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

इटहरी/ इटहरीमा ‘मिसेस पुर्बेली आइकन’ दोस्रो संस्करणका फाइनल प्रतिस्पर्धीहरूको फोटोसुट र भिडियोसुट सम्पन्न गरिएको छ । बुधबार सम्पन्न फोटो तथा

गीतकार टेक तामाङको सांगीतिक साँझ भव्य रुपमा सम्पन्न भएको छ । कमलादीस्थित प्रज्ञा प्रतिष्ठानको प्रेक्षालयमा असार १४ गते शनिबार २५

हरितालिका तीजको अवसर पारेर महिला श्रृजनशील केन्द्रले आयोजना गरिएको ‘‘२१औं डाबर गुलावरी तीज फेस्टिबल–श्रृजनशील उद्यमी मेला २०८१’ आजबाट सुरु भएको

मिस नेपाल वर्ल्ड २०२४ को उपाधि आस्माकुमारी केसीले जितेकी छन् । शनिबार ललितपुरको गोदावरीस्थित सनराइज कन्भेन्सन सेन्टरमा आयोजित ग्राण्ड फिनालेमा

Latest










Popular
Suggested