English

कलाकार जयनन्द लामाको अन्तिम श्रद्धाञ्जली राष्ट्रिय नाचघरमा



वरिष्ठ कलाकार जयनन्द लामाको अन्तिम श्रद्धाञ्जलीका लागि उनको पार्थिव शरीरलाई जमलस्थित राष्ट्रिय नाचघरको प्राङ्गणमा राखिने भएको छ । बिहिबार बिहान १० देखि १२ बजेसम्म नाचघरमा श्रद्धाञ्जली सभा आयोजना गरिएको स्वर्गीय लामाका नातेदार यदुमान लामाले मेरोलाइफस्टाइललाई जानकारी दिए ।

लामाको बुधबार बिहान अन्दाजी १ बजेतिर भक्तपुरस्थित कौशलटारमा निधन भएको थियो । निधनपश्चात प्रहरीले अनुसन्धान गरी दुवाकोटस्थित काठमाडौं मेडिकल कलेजमा पोष्टमार्टमका लागि पठाएको थियो । रिपोर्टमा कुनै शंका नदेखिएपछि उनको पार्थिव शरीरलाई घरमै ल्याइएको यदुमानले बताए ।

‘अहिले लामा विधिअनुसार पाठ भइरहेको छ,’ उनले भने, ‘भोलि श्रद्धाञ्जलीपश्चात स्वयम्भूमा दाहसंस्कार गर्नेछौं ।’



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

समुद्री सतहदेखि विश्वको सर्वोच्च शिखरसम्मको वास्तविक यात्राको शक्तिशाली झलक विश्वको सर्वोच्च शिखर सगरमाथाको साहस, रहस्य, चुनौती र जलवायु परिवर्तनको प्रभावलाई

नितान्त नेपाली प्राविधिकहरूको संलग्नतामा, कुनै पनि कृत्रिम दृष्य समावेश नगरी समुद्री सतहदेखि विश्वको सर्वोच्च शिखरसम्मको वास्तविक यात्रा समेटेर निर्माण गरिएको

काठमाडौं । महाकाव्यका गम्भीर भाव, राष्ट्रिय चेतना, मातृभूमिप्रतिको समर्पण र मानवीय संवेदनालाई संगीतको मधुर लयमा बाँध्दै श्रोतामाझ पुर्‍याउने उद्देश्यले तयार

उदीयमान गायक आदित्य श्रेष्ठको पहिलो मौलिक गीत ‘बाचा’ सार्वजनिक भएको छ। प्रेम, दूरी, विश्वास र सपनाको भावनात्मक कथा बोकेको यस

Latest










Popular
Suggested