English

चुरोटको ठुटा उठाउन कागलाई तालिम



मानव जातिले अत्यधिक फोहोर सृजना गरेको छ, जसका कारण सम्पूर्ण ग्रहलाई एउटा समस्या बनेको छ । निश्चिय नै फोहोर पन्छाउने अनगिन्ति विधि छन् । फोहरको प्रकृतिअनुसार पुनः नविकरण, पुनःप्रयोग र अन्य विधिबाट यसको व्यवस्थापन गरिन्छ ।

फोहोर व्यवस्थापनकै कुरा गर्दा हामीले फोहोरलाई डस्टबिनामा फाल्ने जस्तो आधारभूत कुरामा प्रर्याप्त ध्यान दिँदैनौै । सार्वजनिक स्वास्थ बिग्रनु, ढल थुनिनु र अन्य समस्या उत्पन्न हुनुको प्रमुख कारण फोहोरलाई सार्वजनिक स्थानमा जलाउने अभ्यास पनि हो ।

डस्टबिनमा फोहर जाओस भनेर सुनिश्चिता गर्न विश्वभरका सहरहरुले विभिन्न तरिकाहरु अप्नाएका छन् । तर, आफ्नो क्षेत्राधिकार भित्र उत्पन्न सम्पूर्ण फोहोरलाई पूर्ण रुपमा संग्रह गरेको कुनै पनि सहरले दाबी गर्न सक्दैनन् ।

ढुंगा र पातहरु जस्ता विषयबाहेकका फोहोर राख्न डस्टबिनले सुझाव दिनेछ । फोहोर उठाउने कार्यमा काग उनीहरुको इच्छा बमोजिम धेरैभन्दा धेरै वा थोरै समय सहभागी हुन सक्नेछन् । र, मानिसहरुको संलग्नता भनेको डस्टबिनलाई रित्याउनु र खानेकुरा फेरि भर्नु हो ।

जथाभावी फालिएका फोहोर उठाउने प्रयासस्वरुप सडकमा फालिएका चुरोटका ठुटा उठाएर थुपार्न स्वीडेनमा एउटा कम्पनीले कागलाई तालिम दिइरहेको छ ।

कोरभिड क्लिनिङले सार्वजनिक गरेको एउटा भिडियोमा कागले ठुटा उठाएर डस्टविनमा फालेको देख्न सकिन्छ । अझै बढी फोहोर उठाउनका लागि उत्प्रेरित गर्न पुरस्कारस्वरुप कागलाई बदाम वितरण गरिएको छ । तर, कागले ठुटाहरुको सट्टा पातलगायत अन्य चिज डस्टबिनमा राखे के हुन्छ ? यस्तो अवस्थामा उनीहरुलाई बदाम दिइन्न ।

‘ढुंगा र पातहरु जस्ता विषयबाहेकका फोहोर राख्न डस्टबिनले सुझाव दिनेछ । फोहोर उठाउने कार्यमा काग उनीहरुको इच्छा बमोजिम धेरैभन्दा धेरै वा थोरै समय सहभागी हुन सक्नेछन् । र, मानिसहरुको संलग्नता भनेको डस्टबिनलाई रित्याउनु र खानेकुरा फेरि भर्नु हो,’ कोरभिड क्लिनिङले आफ्नो वेबसाईटमा भनेको छ ।

यो पनि
डेढ लाख फूलहरूबाट तयार हुन्छ केशर
वैज्ञानिकले पत्ता लगाए यस्तो रहस्य



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

नेपालमा दुर्लभ मानिने पुतली सिल्वर स्ट्रिकेड एकासिया ब्लु (Silver-streaked Acacia Blue), वैज्ञानिक नाम Zinaspa todara, करिब ५१ वर्षपछि पुनः अभिलेख

सन् १९८६ देखि अन्तर्राष्ट्रिय प्रकृति संरक्षण संघ IUCN को रेड लिस्टमा लोपोन्मुखको प्रजातिमा सूचीबद्ध हिस्पिड हेयर नामक खरायो हालै चितवन

प्रकृतिको सुन्दर प्राणी मध्येको एक बाघको संरक्षण र यसको महत्त्वबारे जनचेतना फैलाउने उद्देश्यले हरेक वर्ष जुलाई २९ का दिनलाई ‘बाघ

मोटरसाइकल किन्दा बढी माइलेज दिने, धेरै सुरक्षा फिचर भएको, आकर्षक, आरामदायी लगायतका विविध सेवा सुविधा र विशेषता भएको नै छनोट

Latest










Popular
Suggested