English

चिम्पाञ्जीको प्रेममा पागल युवती



युवा अवस्थामा हरेक व्यक्ति आफ्नो मन मिल्ने विपरीत लिंगी साथीलाई मनपराउँछ, प्रेम गर्छ, यो एउटा समान्य कुरा हो । तर, एक मानव र पशुबीचको प्रेम सम्बन्ध हुनु भनेको अनौठो कुरा हो ।

यस्तै एउटा कुरा बेल्जियममा घटेको छ । चिम्पाञ्जीको प्रेममा एक युवती पागलजस्तै बनेकी छिन् । बेल्जियमबाट बाहिरिएको एक खबरअनुसार एउटी महिलालाई चिम्पाञ्जीको यतिसम्म लत लाग्न थाल्यो कि दुवैमा प्रेमी–प्रेमिकाको सम्बन्ध नै बन्यो ।

तर, अन्ततः यी दुईलाई अलग गर्न चिडियाखानाका कर्मचारीले ती महिलालाई आउन प्रतिबन्ध लगाउनुपर्यो ।

चिम्पाञ्जीको प्रेममा डुबेकी थिइन् महिला

डेली स्टारको समाचारअनुसार एउटा चिम्पाञ्जी बेल्जियमको एन्टर्वप चिडियाखानमा बस्छ । यस चिडियाखानामा एडी टिमरम्यान्स नामकी महिला चिम्पाञ्जीलाई भेट्न आउने गर्थिन् ।

चिम्पाञ्जीलाई भेट्न आउने क्रममा ती महिला चिम्पाञ्जीसँग प्रेममा परिन् । त्यसपछि, हरेक हप्ता भेट्न आउन थालिन् । ती महिला विगत ४ वर्षदेखि हरेक हप्ता चिम्पाञ्जीलाई भेट्ने गर्थिन् र बिस्तारै ३८ वर्षीय चिम्पाञ्जीको प्रेममा परेकी थिइन् ।

यसकारण रोकियो महिलालाई

रिर्पोटका अनुसार चिम्पाञ्जी ती महिलाको प्रेममा परेको थियो । ती महिला चिडियाखाना आउनेबित्तिकै सबै आफ्ना साथीहरूलाई छाडी उनीकहाँ आउने गथ्र्याे । दुवैले एक–अर्कालाई फलाइङ किस गर्थे ।

विगत केही सातादेखि यो क्रम जारी थियो । तर, अहिले ती महिलालाई चिडियाखानमा आउन रोक लगाइएको छ ।

चिडियाखानाका कर्मचारीका अनुसार चिम्पाञ्जीहरू मानिससँग धेरै नजिक हुुँदा आफ्ना साथीहरूलाई बिर्सछन् । जसका कारण उनीहरू छुट्टिएर बस्ने सम्भावना धेरै हुन्छ । त्यसैले, महिलालाई आउन प्रतिबन्ध लगाइएको हो ।

यो पनि
बेहुलाले मण्डपमै थप्पड हानेपछि बेहुलीले गरिन् देवरसँग विवाह
यो समुदायको अनौठो चलन : अन्त्येष्टिपछि पिउने गर्छन् मृतकको खरानीको सुप



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

नेपालमा दुर्लभ मानिने पुतली सिल्वर स्ट्रिकेड एकासिया ब्लु (Silver-streaked Acacia Blue), वैज्ञानिक नाम Zinaspa todara, करिब ५१ वर्षपछि पुनः अभिलेख

सन् १९८६ देखि अन्तर्राष्ट्रिय प्रकृति संरक्षण संघ IUCN को रेड लिस्टमा लोपोन्मुखको प्रजातिमा सूचीबद्ध हिस्पिड हेयर नामक खरायो हालै चितवन

प्रकृतिको सुन्दर प्राणी मध्येको एक बाघको संरक्षण र यसको महत्त्वबारे जनचेतना फैलाउने उद्देश्यले हरेक वर्ष जुलाई २९ का दिनलाई ‘बाघ

मोटरसाइकल किन्दा बढी माइलेज दिने, धेरै सुरक्षा फिचर भएको, आकर्षक, आरामदायी लगायतका विविध सेवा सुविधा र विशेषता भएको नै छनोट

Latest










Popular
Suggested