English

यी अभिनेता युवती बन्दा यस्ता देखिए



अभिनेता नवाजुद्दीन सिद्दीकी चाँडै नै कंगना रनावतको प्रोडक्सनमा बनेको फिल्म ‘टीकू वेड्स शेरु’मा देखिँदैछन् । यो फिल्ममा नवाजुद्दीन आइटम गर्लको रुपमा पनि प्रस्तुत हुँदैछन् । जसको एक झलक हालै कंगनाले सामाजिक सञ्जालमा राखेकी थिइन् ।

तस्वीरमा नवाजुद्दीनलाई श्रीदेवीको जस्तै लुक्समा देखाइएको थियो । यो लुक्सको प्रेरणा पनि श्रीदेवी नै हुन् । नवाजुद्दीनको लेडी लुक्स सामाजिक सञ्जालमा निकै भाइरल भएको थियो ।

त्यसो त नवाजुद्दीन भन्दा अघि पनि कैयौं अभिनेताले आफूलाई महिलाको चरित्रमा ढालिसकेका छन् ।

अक्षय कुमार (खिलाडी)

सन् १९९२ को फिल्म ‘खिलाडी’मा अक्षय कुमार युवतीको गेटअपमा देखिएका थिए । फ्लिक्सवाला हेयरस्टाइलमा अक्षय निकै सुन्दर देखिएका थिए । फिल्ममा उनीसँगै दीपक तिजोरी पनि युवती बनेका थिए ।

शाहरुख खान (डुब्लीकेट)

सन् १९९८ को फिल्म ‘डुब्लीकेट’मा दुई अलग–अलग व्यक्तिको भूमिका मात्र निभाएनन्, उनले फिल्ममा युवतीको लुक्सलाई पनि प्रस्तुत गरे । एक दृश्यमा भिलेनको अगाडि शाहरुखले आइटम गर्ल बनेर ग्ल्यामर अन्दाजमा नृत्य गरेका थिए । कालो छोटो पहिरन र घुम्रिएको कपालमा शाहरुख निकै सुन्दर देखिएका थिए ।

अमिताभ बच्चन (लावारिस)

फिल्म ‘लावारिस’मा ‘मेरे अंगने मे’ गीतमा अमिताभ बच्चन लेहंगा लगाएर युवती बनेका थिए । उनको मेकअप शैली पनि निकै तािरफ योग्य थियो । यो गीत अहिले पनि मान्छेले निकै मनपराउँछन् ।

कमल हासन (चाची ४२०)

सन् १९९७ को फिल्म ‘चाची ४२०’मा कमल हासनले बुढी महिलाको भूमिका निर्वाह गरेका थिए । आफ्नो श्रीमति र छोरीको नजिक रहनका लागि कमल एक महिला सहयोगीको गेटअप बनाएर उनको घरमा बसेका थिए ।

आयुष्मान खुराना (ड्रीम गर्ल)

हिट फिल्म ‘ड्रीम गर्ल’मा आयुष्मान खुराना नाटकमा युवतीको चरित्र निभाउने पात्रमा देखिएका थिए । जसका लागि उनी पूर्ण रुपमा युवती भएका थिए । फिल्मको क्लाइमेक्समा पनि उनी लेहंगा लगाएर युवती बनेका थिए । फिल्ममा सजिलै पैसा कमाउनका लागि आयुष्मान पुजा बनेर मानिसहरुसँग फोनमा कुराकानी गर्दै बिल बढाउँथे ।

गोविन्दा (आन्टी नं १)

सन् १९९८ मा रिलिज फिल्म ‘आन्टी नं. १’मा गोविन्दा आन्टीको भूमिकामा देखिएका थिए । फिल्मको गीत ‘आन्टी नम्बर १’ निकै लोकप्रिय भएको थियो ।

सलमान खान (जान–ए–मन)

अभिनेता सलमान खान, अभिनेत्री प्रिती जिन्टा स्टारर फिल्म ‘जान–ए–मन’ सन् २००६ मा रिलिज भएको थियो । यो फिल्मको एक दृश्यमा सलमान युवती बनेका थिए । गुलाबी सर्ट लगाएका सलमान निकै सुन्दर देखिएका थिए । तर शारीरिक बनावटका कारण उनले दर्शकलाई निकै हँसाएका थिए ।

राजकुमार राव (लूडो)

सन् २०२० मा रिलिज फिल्म ‘लूडो’मा राजकुमा रावले लेहंगा लगाएर युवतीको अवतारमा देखिएका थिए । लामो कपाल, मेकअप र जुलरीमा राजकुमारलाई चिन्न नै गाह्रो परेको थियो ।

रितेश देशमुख (अपना सपना मनी–मनी)

अभिनेता रितेश देशमुख पनि ‘अपना सपना मनी मनी’मा युवती बनेका थिए । अभिनेताको गेटअपले कैयौं युवतीलाई पछाडि पारेको थियो । कतिपयले उनको लुक्सलाई स्वेता तिवारीसँग तुलना गरेका थिए ।

आमिर खान (बाजी)

सन् १९९८ को फिल्म ‘बाजी’मा आमिर खानले युवतीको रुप मात्र बनाएनन्, युवतीजस्तै नाँचे पनि । ‘डोले–डोले’ गीतमा उनलाई चिन्न निकै गाह्रो पथ्र्यो ।

यो पनि…
‘पुष्पाः द राइज’को हिन्दी भर्सनमा रहेको आवाजको चर्चा, कसको थियो स्वर ?
‘एफएलएफ अवार्ड’ को मनोनयन सार्वजनिक



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

हङकङ — नेपाली वृत्तचित्र ‘रोड टु एभरेस्ट’ हङकङमा पुनः प्रदर्शन हुने भएको छ। गैरआवासीय नेपाली संघ (एनआरएनए) हङकङको आयोजनामा आगामी

काठमाडौं । महाकाव्यका गम्भीर भाव, राष्ट्रिय चेतना, मातृभूमिप्रतिको समर्पण र मानवीय संवेदनालाई संगीतको मधुर लयमा बाँध्दै श्रोतामाझ पुर्‍याउने उद्देश्यले तयार

उदीयमान गायक आदित्य श्रेष्ठको पहिलो मौलिक गीत ‘बाचा’ सार्वजनिक भएको छ। प्रेम, दूरी, विश्वास र सपनाको भावनात्मक कथा बोकेको यस

काठमाडौं, समकालीन नेपाली गजल क्षेत्रमा नयाँ संवेदनाको सुगन्ध थप्दै गजलकार आरजु गिरी द्वारा दिक्पाल छन्दमा रचित एक मनोभावनात्मक गजल सम्झेर

Latest










Popular
Suggested