English

नरिवलको तेलका फाइदाहरु



नरिवलको तेलले तपाईंको सौन्दर्य निखार्नमा महत्वपूर्ण भूमिका खेल्छ । यसले कपाललाई पोषण दिनुका साथै नङमा चमक पनि दिन्छ । नरिवलको तेलले यस्ता कुरामा फाइदा दिन्छ ।

कपाल झर्ने समस्याका लागि

कपाल झर्ने समस्याका लागि नरिवलको तेल औषधि नै मानिन्छ । एक चिम्टी मेथीको धुलो वा केही दानालाई नरिवलको तेलमा केही समय भिजाउनुहोस् । र यो तेल तताएर त्यही तातो तेलले कपालमा मसाज गर्नुहोस् ।

फुटेको हातखुट्टाका लागि

सुक्खा हात तथा खुट्टामा धेरै नरिवलको तेल लगाउनुहोस् र सुत्ने बेलामा मोजा र पञ्जा लगाएर सुत्नुहोस् । बिहान उठ्दा हात र खुट्टा नरम हुनेछ । दुई/तीनपटक यसरी तेल लगाएमा हातखुट्टा फुट्दैन ।

बलियो नङका लागि

यदि, तपाईंको नङ कमजोर भएको छ भने नरिवलको तेलले मसाज गर्नुहोस् । नरिवलको तेलमा बराबर मात्रमा जैतुनको तेल मिसाई यो मिश्रणले नङमा मसाज गर्नुहोस् । अर्को दिन तपाईंको नङ चम्किलो देखिनेछ ।

नरम घुँडा र कुहिनाका लागि

हरेक रात कुहिनो र घुँडामा हल्का नरिवलको तेलले मालिस गर्नुहोस् जसले गर्दा कुहिनोमा र घाँटीमा रहेको कालो दाग पनि कम हुन्छ । तपाईंले नरम छाला पनि पाउनुहुनेछ ।

स्वस्थ दाँतका लागि

यदि, तपाईंको दाँत दुखेको छ भने प्रत्येक दिन दाँत माझेजस्तै गरी नियमित नरिवलको तेलले गिजाको मालिस गर्नुहोस् । यसले तपार्इंको गिजालाई स्वस्थ बनाउनुका साथै र सासको दुर्गन्धबाट पनि छुटकारा पाउनुहुनेछ ।

यो पनि…
यी हुन् पुरुषले फेसनमा ध्यान दिनैपर्ने कुराहरु
तोरीको तेल : जसले पुर्याउँछ शरीरलाई यस्तो फाइदा



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

इटहरी/ मिसेस पूर्वेली आइकन तेश्रो संस्करणको पहिलो अडिसन इटहरीमा आइतबार सम्पन्न भएको छ । विवाहपछि महिलाका सपना र रहरहरू चुलोचौकोमै

इटहरी/ एसइई परीक्षा दिएर बसेका किशोरीहरूको प्रतिभा, सौन्दर्य र आत्मविश्वासको रुपमा स्थापित ‘मिस एसइई २०२६ इटहरी’को ग्रान्ड फिनाले सम्पन्न भएको

इटहरी/ विद्यालय जीवनको एउटा महत्वपूर्ण खुड्किलो ‘एसईई’ यतिबेला सञ्चालनमा छ । केहीदिनको परीक्षा सकेर नतिजाको पर्खाइमा बसेका छात्राहरूको फुर्सदिलो समयलाई

इटहरी/ इटहरीमा ‘मिसेस पुर्बेली आइकन’ दोस्रो संस्करणका फाइनल प्रतिस्पर्धीहरूको फोटोसुट र भिडियोसुट सम्पन्न गरिएको छ । बुधबार सम्पन्न फोटो तथा

Latest










Popular
Suggested