English

नङ बढाउने यस्ता छन् सरल उपाय



प्रायः मानिसहरूले आफ्नो हातहरू कतिको राम्रो छ भनेर बेलाबेलामा हेर्छौं । तर, अब आफ्नो साथमा भएको ह्यान्ड क्रिमले पनि नङको हेरचाह गर्न सकिन्छ । हुन त अहिलेसम्म नङका लागि यस्तो कुनै क्रिम वा सिरम बनेको छैन, तर, हामी घरमै बसेर पनि लामो, सुन्दर र सही आकार दिई आफ्नो नङको हेरचाह गर्न सकिन्छ ।

यस्ता विधिबाट तपाईंले आफ्नो नङहरूलाई लामो र स्वस्थ बनाउन सक्नुहुन्छ ।

सिरमका लागि आवश्यक सामग्री :

– एक चम्चा ताजा सुन्तलाको रस

– एक चम्चा सुकेको सुन्तला बोक्राको पेस्ट

– एक चम्चा बदामको तेल

– एक चम्चा नरिवल तेल

सुन्तलालाई नङको स्वास्थका लागि चमत्कारी मानिन्छ । यसमा प्रशस्त मात्रामा भिटामिन ‘सी’ हुन्छ, जुन तपाईंको नङलाई बलियो र स्वास्थ बनाउनका लागि आवश्यक हुन्छ । यस्तै, सुन्तलाको रसमा पाइने फोलिक एसिडले नङको वृद्धि गराउँछ ।

तपाईंको नङको स्वास्थका लागि अर्काे ठूलो कुरा बदामको तेल हो । यसमा आवश्यक एन्टिअक्सिडेन्ट अति आवश्यक ओमेगा–६ र ओमेगा–९ फ्याटी एसिड र भिटामीन ‘ई’ समेत पाइन्छ । जसको प्रयोगले नङलाई क्षति, सुख्खापन र फुट्नबाट जोगाउँछ ।

सिरम बनाउने विधि :

– सुन्तलाको रससँग सुन्तलाको पेस्ट मिलाउनुहोस् ।

– यसमा केही थोपा बदामको तेल हाल्नुहोस् र मिलाउनुहोस् ।

– नरिवलको तेलको थोपा तताउनुहोस् ।

– तयार मिश्रणलाई तातो तेलमा हाल्नुहोस र राम्ररी मिलाउनुहोस् ।

– अब तपाईंको नङ ग्रोथ सरम तयार छ ।

यसरी तयार गर्नुहोस् :

सिरम तयार भएपछि आफ्नो हातलाई सफा गर्नुहोस् र आफ्नो हातलाई सीरममा डुबाउनुहोस् । आँैलाहरूलाई पाँच मिनेटसम्म डुबाएपछि मनतातो पानीले धुनुहोस् । यो प्रक्रिया एक हप्तासम्म दैनिक दोहोर्याउनुहोस् । तपाईंहरूले आफ्नो नङहरूमा भिन्न देख्नुहुनेछ र तपाईले चाहेका नङहरू पाउनुहुनेछ ।

यो पनि…
मुहार चम्किलो र सुन्दर बनाउन लगाउनुस् यस्ता फेस प्याक
शरीरको तौल घटाउन सेवन गर्नुहोस् यी ८ स्वस्थ खानेकुरा



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौँ । ट्रयाक खोलिएको २५ वर्षसम्म पनि नुवाकोट-रसुवा वैकल्पिक राजमार्ग कालोपत्र नहुँदा स्थानीयले सास्ती पाएको भन्दै भौतिक पूर्वाधार विकास मन्त्री

काठमाडौं । लोककल्याणकारी विज्ञापनको रकम कटौती गर्ने सरकारी निर्णय फिर्ता गराउन नेपाल पत्रकार महासंघ काठमाडौं शाखाद्वारा गठित छापा माध्यम बचाउ

काठमाडौँ : कान्स फिल्म फेस्टिभलमा अन्तर्राष्ट्रिय प्रशंसा र सफलता हासिल गरेको अविनाश विक्रम शाहद्वारा निर्देशित फिचर चलचित्र ‘तिनीहरूः एलिफेन्ट्स इन

रुसको येकातेरिनबर्गमा आयोजित अन्तर्राष्ट्रिय सिर्जनशील उद्योगसम्बन्धी महोत्सवमा बटरफ्लाइ फिल्म्स प्रालिले नेपालको प्रतिनिधित्व गरेको छ । आमन्त्रित उद्योग प्रतिनिधिका रूपमा सहभागी

Latest










Popular
Suggested