English

मुहार चम्किलो र सुन्दर बनाउन लगाउनुस् यस्ता फेस प्याक



बिना दागको छाला हुनु सबैको चाहना हुन्छ । यसका साथै छालामा चम्किलो र सुन्दर बनाउँदा अझ धेरै राम्रो देखिन्छ । किनकि, धेरै चोटी छालामा सुख्खापन र भएको हुन्छ । त्यसो भए कसरी बनाउने त फेस प्याक ? जान्नुहोस् फेस प्याक बनाउने तरिका ।

केरा र दूधबाट बनेको फेस प्याक

चिसोको समयमा धेरैजसो छालामा सुख्खापन आउँछ । जसका कारण मुहारमा विभिन्न थरिका दागहरू देखिने गर्छ । यस समस्याबाट मुक्त पाउनका लागि केरा र दूधबाट बनेको फेस प्याक लगाउँदा उत्तम हुन्छ ।

यो प्याक बनाउनका लागि पाकेको केरालाई राम्रोसँग मुछेर यसमा एक चम्चा काचो दूधमा मिलाउनुपर्छ । यसरी, मुछेर बनाइएको प्याकलाई राम्रोसँग मिलाई फेसमा लगाउने, लगाएको २० मिनेटपछि फेसलाई राम्रो सँग धुने, हत्तामा दुई देखि तीनपटक लगाउँदा फेसमा नयाँ चमकका साथमा निखार पनि आउन थाल्छ ।

जैतुन तेल र एप्पल साइडरको फेस प्याक

छालाबाट सुक्खापन हटाउनका लागि जैतुन तेलको साथमा एप्पल साइडर (भिनेगर) लाई मिलाएर फेसमा लगाउँदा रातभरिमा यसको सकारात्मक असर देखिन थाल्छ । यो लगाउनका लागि यी दुई चिजलाई मिलाई एउटा बोतलमा राख्नुपर्दछ । यो राति सुत्ने बेलामा लगाउनुपर्दछ । र बिहान तातो पानीले फेसलाई सफा गर्नुपर्दछ । यसले गर्दा फेसमा आउने सुक्खापन हटाउनका लागि मद्दत गर्छ ।

दही र केशरको फेस प्याक

दहीलाई फेस प्याक बनाई लगाउँदा लामो समयसम्म मुहारमा सफा र सुन्दर राख्न मद्दत गर्छ । मुहारमा आउने सुक्खापन हटाउन दुई चम्चा दहीमा केशर राम्ररी मिलाएर फेसमा लगाउनुपर्दछ । यो सुकेपछि धुनुपर्दछ । मुहारलाई सफा र ग्लोयुक्त बनाउनका लागि यो साधारण तथा उत्तम उपाय हो ।

गाँजर, टमाटर र कागतीको फेस प्याक

तपाईंको मुहारमा धेरै सुक्खापन देखिन्छ भने आफ्नै घरमा रहेको गाँजर, टमाटर र कागतीको प्रयोग गरी सुख्खापन हटाउन सकिन्छ । गाँजर र टमाटरको जुुस निकालेर त्यसमा एक चम्चा कागतीको रस मिलाई र पूरै फेसमा यो मिश्रण लगाएर छोड्नुपर्छ । त्यसको केही समयपछि चिसो पानीले मुख धुनुपर्छ ।

यसरी अनुहारको दाग र सुक्खापन हटाउनका लागि यीमध्ये कुनै तरिकाहरूलाई अपनाउन सकिन्छ ।

यो पनि…
यसरी प्रयाेग गराैँ सनस्क्रीन
शरीरको तौल घटाउन सेवन गर्नुहोस् यी ८ स्वस्थ खानेकुरा



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

छालामा देखिने धेरै किसिमका समस्याहरूलाई हामी नजरअन्दाज गर्दै आएका छौँ । तर मौसममा परिवर्तन आउने बित्तिकै शरीरमा पर्ने पहिलो प्रभाव

नेवार समुदायले मनाउने यःमरि पुन्हि अर्थात योमरी पूर्णिमा र ज्यापु दिवस आज मुलुकभर उल्लासका साथ मनाईदैछ । हरेक वर्ष धान्य

पाँचौ अन्तर्राष्ट्रिय मर्यादित महिनावारी दिवस काठमाडौं लगायत देशका विभिन्न स्थानहरुमा मनाइएको छ । काठमाडौँमा राधा पौडेल फाउण्डेशन, दक्षिण गोलार्दीय महिनावारी

युरोपका विभिन्न मुलुकमा नेपाली कला संस्कृतिको प्रवद्र्वन सँगै मनोरंजनात्मक गतिविधिहरुलाई व्यवसायिक ढंगले आयोजना गर्ने उद्देश्य हेतु माल्टामा ब्लु हर्स इन्टरटेन्मेन्टको