English

मुहार चम्किलो र सुन्दर बनाउन लगाउनुस् यस्ता फेस प्याक



बिना दागको छाला हुनु सबैको चाहना हुन्छ । यसका साथै छालामा चम्किलो र सुन्दर बनाउँदा अझ धेरै राम्रो देखिन्छ । किनकि, धेरै चोटी छालामा सुख्खापन र भएको हुन्छ । त्यसो भए कसरी बनाउने त फेस प्याक ? जान्नुहोस् फेस प्याक बनाउने तरिका ।

केरा र दूधबाट बनेको फेस प्याक

चिसोको समयमा धेरैजसो छालामा सुख्खापन आउँछ । जसका कारण मुहारमा विभिन्न थरिका दागहरू देखिने गर्छ । यस समस्याबाट मुक्त पाउनका लागि केरा र दूधबाट बनेको फेस प्याक लगाउँदा उत्तम हुन्छ ।

यो प्याक बनाउनका लागि पाकेको केरालाई राम्रोसँग मुछेर यसमा एक चम्चा काचो दूधमा मिलाउनुपर्छ । यसरी, मुछेर बनाइएको प्याकलाई राम्रोसँग मिलाई फेसमा लगाउने, लगाएको २० मिनेटपछि फेसलाई राम्रो सँग धुने, हत्तामा दुई देखि तीनपटक लगाउँदा फेसमा नयाँ चमकका साथमा निखार पनि आउन थाल्छ ।

जैतुन तेल र एप्पल साइडरको फेस प्याक

छालाबाट सुक्खापन हटाउनका लागि जैतुन तेलको साथमा एप्पल साइडर (भिनेगर) लाई मिलाएर फेसमा लगाउँदा रातभरिमा यसको सकारात्मक असर देखिन थाल्छ । यो लगाउनका लागि यी दुई चिजलाई मिलाई एउटा बोतलमा राख्नुपर्दछ । यो राति सुत्ने बेलामा लगाउनुपर्दछ । र बिहान तातो पानीले फेसलाई सफा गर्नुपर्दछ । यसले गर्दा फेसमा आउने सुक्खापन हटाउनका लागि मद्दत गर्छ ।

दही र केशरको फेस प्याक

दहीलाई फेस प्याक बनाई लगाउँदा लामो समयसम्म मुहारमा सफा र सुन्दर राख्न मद्दत गर्छ । मुहारमा आउने सुक्खापन हटाउन दुई चम्चा दहीमा केशर राम्ररी मिलाएर फेसमा लगाउनुपर्दछ । यो सुकेपछि धुनुपर्दछ । मुहारलाई सफा र ग्लोयुक्त बनाउनका लागि यो साधारण तथा उत्तम उपाय हो ।

गाँजर, टमाटर र कागतीको फेस प्याक

तपाईंको मुहारमा धेरै सुक्खापन देखिन्छ भने आफ्नै घरमा रहेको गाँजर, टमाटर र कागतीको प्रयोग गरी सुख्खापन हटाउन सकिन्छ । गाँजर र टमाटरको जुुस निकालेर त्यसमा एक चम्चा कागतीको रस मिलाई र पूरै फेसमा यो मिश्रण लगाएर छोड्नुपर्छ । त्यसको केही समयपछि चिसो पानीले मुख धुनुपर्छ ।

यसरी अनुहारको दाग र सुक्खापन हटाउनका लागि यीमध्ये कुनै तरिकाहरूलाई अपनाउन सकिन्छ ।

यो पनि…
यसरी प्रयाेग गराैँ सनस्क्रीन
शरीरको तौल घटाउन सेवन गर्नुहोस् यी ८ स्वस्थ खानेकुरा



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

इटहरी/ मिसेस पूर्वेली आइकन तेश्रो संस्करणको पहिलो अडिसन इटहरीमा आइतबार सम्पन्न भएको छ । विवाहपछि महिलाका सपना र रहरहरू चुलोचौकोमै

इटहरी/ एसइई परीक्षा दिएर बसेका किशोरीहरूको प्रतिभा, सौन्दर्य र आत्मविश्वासको रुपमा स्थापित ‘मिस एसइई २०२६ इटहरी’को ग्रान्ड फिनाले सम्पन्न भएको

इटहरी/ विद्यालय जीवनको एउटा महत्वपूर्ण खुड्किलो ‘एसईई’ यतिबेला सञ्चालनमा छ । केहीदिनको परीक्षा सकेर नतिजाको पर्खाइमा बसेका छात्राहरूको फुर्सदिलो समयलाई

इटहरी/ इटहरीमा ‘मिसेस पुर्बेली आइकन’ दोस्रो संस्करणका फाइनल प्रतिस्पर्धीहरूको फोटोसुट र भिडियोसुट सम्पन्न गरिएको छ । बुधबार सम्पन्न फोटो तथा

Latest










Popular
Suggested