English

आलुमा छ, सौन्दर्यता बढाउने गुण



धेरैले आलुलाई तरकारीको स्वाद बढाउन मात्र भान्छामा प्रयोग गर्दै आएका छन् । आलुले तरकारीको स्वाद बढाएजस्तै यसलाई फरक तरिकाले नियमित प्रयोग गर्ने हाे भने यसले सौन्दर्यता समेत बढाउछ । आलुमा रहेका विभिन्न गुणहरूले छालाको सुरक्षा गर्नुका साथै छालामा हुने समस्यालाई पनि समाधान गर्छ ।

आलुमा पोटासियम, म्याग्नेसियम, फस्फोरस, अमिनो एसिड र प्रोटिन जस्ता विभिन्न तत्त्वहरू रहेको हुन्छ । यी तत्त्वहरूले तपाईँको अनुहारलाई सुन्दर र आकर्षक बनाउन मद्दत गर्नुका साथै छालालाई स्वस्थ समेत बनाउँछ ।

आलुको नियमित प्रयोगले अनुहारमा देखिने यी समस्याहरूलाई समाधान गर्छ ।

– दाग धब्बाको समस्या
– ब्ल्याकहिड्सको समस्या
– डन्डिफोरको दाग धब्बा
– डन्डिफोर आउन रोक्छ
– अनुहारको छाला कसिलो बनाउन
– आँखाको वरिपरिको कालो दाग धब्बा हटाउन
– छालालाई मुलायम बनाउन
– छालालाई गोरो चम्किलो बनाउन

डन्डिफोरको दाग हटाउन

अनुहारमा डन्डिफोरको दाग–धब्बा छ भने एउटा आलुलाई धोएर पातलो पेस्ट हुने गरेर पिस्नुहोस् र पुरै अनुहार र गर्दनमा लगाएर १० मिनेट मसाज गर्नुहोस् । त्यसपछि ५ मिनेट त्यसलाई त्यतिकै छोडेर चिसो पानीले पखाल्नुहोस् । अनुहारमा आलुको प्रयोग गरेपछि फेसवासको प्रयोग गर्नु हुँदैन । छिटो रिजल्ट पाउनको लागी यो उपाय दिनमा दुई पटक गर्नुहोस् ।

ड्राइ छालालाई नरम बनाउन

रुखो छालालाई नरम बनाउन आलुको प्रयोग गर्न सकिन्छ । यसको लागी आलुलाई पिसेर पेस्ट बनाउनुहोस् र त्यसमा यी कुराहरू मिसाउनुहोस्
– २ थोपा ग्लिसरीन
– २ थोपा गुलाब जल
– आधा चम्चा चामलको पिठो
– आधा चम्चा मह

तयारी पेस्टलाई छालामा लगाएर २० मिनेटका लागी छोड्नुहोस् र सफा पानीले धुनुहोस् । तपाईँले यो प्याक हप्तामा एक पटक लगाउनु भयो भने छालामा आएको फरक आफै महसुस गर्नु हुनेछ ।

यदि सही तरिका र नियमित रूपमा अनुहारमा आलुको गुदी र आलुको रस प्रयोग गर्नुभयो भने तपाईँको माथि उल्लेखित सबै समस्याहरूबाट मुक्त हुनु हुनेछ ।

अनुहारको चाउरिपना र डार्क सर्कल हटाउन

अनुहारको चाउरिपना कम गर्नका लागी आलुलाई पिस्नुहोस् र पिसिएको आलुमा
– एक चम्चा पिसेको चुकन्दर
– आधा चम्चादही
– आधा चम्चा बदामको तेल

यी सबैलाई मिसाएर पेस्ट बनाउनुहोस् । तयारी पेस्टलाई अनुहारमा लगाएर २० मिनेटका लागी छोड्नुहोस् र धुनुहोस् । तपाई यो पेस्टलाई दैनिक प्रयोग गर्न सक्नुहुन्छ । यो पेस्टले तपाईँको चाउरिपना सँगसँगै अनुहारलाई प्राकृतिक रूपमा गोरो पनि बनाउँछ ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

इटहरी/ मिसेस पूर्वेली आइकन तेश्रो संस्करणको पहिलो अडिसन इटहरीमा आइतबार सम्पन्न भएको छ । विवाहपछि महिलाका सपना र रहरहरू चुलोचौकोमै

इटहरी/ एसइई परीक्षा दिएर बसेका किशोरीहरूको प्रतिभा, सौन्दर्य र आत्मविश्वासको रुपमा स्थापित ‘मिस एसइई २०२६ इटहरी’को ग्रान्ड फिनाले सम्पन्न भएको

इटहरी/ विद्यालय जीवनको एउटा महत्वपूर्ण खुड्किलो ‘एसईई’ यतिबेला सञ्चालनमा छ । केहीदिनको परीक्षा सकेर नतिजाको पर्खाइमा बसेका छात्राहरूको फुर्सदिलो समयलाई

चैत १८, काठमाडौं। नेपालकै प्रतिष्ठित औद्योगिक तथा व्यावसायिक घराना गोल्छा ग्रुपले काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थ(किओच) लाई पाँच करोड आर्थिक

Latest










Popular
Suggested