English

यी पाँच गाउँ जसका लागि भयो महाभारत, आज यस्ता छन् !



महाभारतको युद्ध केहि कारणले भएको थियो । जसमा सबैभन्दा ठूलो कारण थियो, भूमी वा राज्यलाई बाँड्ने काम । धेरै प्रयासपछि पनि यसको हल ननिस्किएपछि पाण्डवको तर्फबाट शान्तिदूत बनेर श्रीकृष्ण हस्तिनापुर गएका थिए । त्यसबेला उनले दुर्योधनसँग पाण्डवका लागि मात्र पाँच गाउँ मागे । तर दुर्योधनले कसैको कुरा नसुनी पाँच गाउँ त के, पाँच पाइला पनि जमीन नदिने बताए ।

यी हुन् पाँच गाउँ

श्रीपतः कतैकतै श्रीपत र कतै इन्द्रप्रस्थको नाम उल्लेख छ । अहिलेको दक्षिण दिल्लीको यो क्षेत्रको वर्णन महाभारतमा इन्द्रप्रस्थको रुपमा भएको थियो । त्यहाँ पुरातत्वविभागले विभिन्न अवशेष फेला पारेको छ । १३२८ ईस्वीमा त्यहाँ संस्कृतको एक अभिलेख भेटाइएको थियो ।

बागपतः यस स्थानलाई महाभारत कालमा व्याघ्रप्रस्थ भनिन्थ्यो । अर्थात् बाघ बस्ने ठाउँ । यहाँ सयौँवर्ष पहिलादेखि बाघ पाइन्थ्यो । त्यहि स्थानलाई मुगलकालमा बागपतको नामले चिनिन्थ्यो । यो उत्तरप्रदेशको एक जिल्ला हो । यो त्यहि स्थान हो जहाँ कौरवले लाक्षगृह बनाएर पाण्डवलाई जलाउने प्रयास गरेका थिए । त्यहाँको जनसंख्या ५० हजार भन्दा धेरै छ ।

सोनीपतः यसलाई पहिला स्वर्णप्रस्थ भनिन्थ्यो । पछि यो सोनप्रस्थ भयो र अहिले सोनीपत भएको छ । यसको मतलव सुनको शहर हो । यो अहिले हरियाणाको एक जिल्ला हो । यसमा साना गाउँ गोहाना, गन्नौर, मुण्डलाना, खरखोदा र राई छन् ।

पानीपतः पानीपतलाई पाण्डुप्रस्थ भनिन्थ्यो । भारतीय इतिहासमा यो एक महत्वपूर्ण स्थान हो ।किनभने त्यहाँ तीन ठूला लडाईं भएका थिए । यसै नजिक छ कुरुक्षेत्र । जहाँ महाभारतको लडाईं भएको थियो ।

तिलपतः यसलाई पहिला तिलप्रस्थ भनिन्थ्यो । यो हरियाणाको फरीदाबाद जिल्लाको एक भाग हो । यो यमुना नदस्ीको किनारमा रहेको छ । त्यहाँ ४० हजार मानिस बसोवास गर्दछन् ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

सलाम तिमीलाई तमाम शिशिरहरुसधैँ मुटु उनिरहने प्रिय झिरहरुयो घाउ नि सहुँला पुरानो त भर्न देउधन्यवाद जिन्दगी चियर्स मेरा पिरहरु मुक्तककार

हिमाली जिल्ला डोल्पामा १ सय २० हिउँचितुवा भेटिएको छ । डिभिजन वन कार्यालय डोल्पाले शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्ज क्षेत्रमा ९० र

ग्लोबल आइएमई बैंकको क्रेडिट कार्ड बाहकले ६ हजार रुपैयाँमै विदेश भ्रमण गर्न पाउने भएका छन् । ग्लोबल आइएमई बैंक लिमिटेडले

राइज मिडियाका प्रमोटर सुनिल गुरुङलाई पितृशोक परेको छ । उनका बुबा पोखरेली समाजसेवी बिल बहादुर गुरुङको उपचारकै क्रममा मंगलबार राती