English

यी पाँच गाउँ जसका लागि भयो महाभारत, आज यस्ता छन् !



महाभारतको युद्ध केहि कारणले भएको थियो । जसमा सबैभन्दा ठूलो कारण थियो, भूमी वा राज्यलाई बाँड्ने काम । धेरै प्रयासपछि पनि यसको हल ननिस्किएपछि पाण्डवको तर्फबाट शान्तिदूत बनेर श्रीकृष्ण हस्तिनापुर गएका थिए । त्यसबेला उनले दुर्योधनसँग पाण्डवका लागि मात्र पाँच गाउँ मागे । तर दुर्योधनले कसैको कुरा नसुनी पाँच गाउँ त के, पाँच पाइला पनि जमीन नदिने बताए ।

यी हुन् पाँच गाउँ

श्रीपतः कतैकतै श्रीपत र कतै इन्द्रप्रस्थको नाम उल्लेख छ । अहिलेको दक्षिण दिल्लीको यो क्षेत्रको वर्णन महाभारतमा इन्द्रप्रस्थको रुपमा भएको थियो । त्यहाँ पुरातत्वविभागले विभिन्न अवशेष फेला पारेको छ । १३२८ ईस्वीमा त्यहाँ संस्कृतको एक अभिलेख भेटाइएको थियो ।

बागपतः यस स्थानलाई महाभारत कालमा व्याघ्रप्रस्थ भनिन्थ्यो । अर्थात् बाघ बस्ने ठाउँ । यहाँ सयौँवर्ष पहिलादेखि बाघ पाइन्थ्यो । त्यहि स्थानलाई मुगलकालमा बागपतको नामले चिनिन्थ्यो । यो उत्तरप्रदेशको एक जिल्ला हो । यो त्यहि स्थान हो जहाँ कौरवले लाक्षगृह बनाएर पाण्डवलाई जलाउने प्रयास गरेका थिए । त्यहाँको जनसंख्या ५० हजार भन्दा धेरै छ ।

सोनीपतः यसलाई पहिला स्वर्णप्रस्थ भनिन्थ्यो । पछि यो सोनप्रस्थ भयो र अहिले सोनीपत भएको छ । यसको मतलव सुनको शहर हो । यो अहिले हरियाणाको एक जिल्ला हो । यसमा साना गाउँ गोहाना, गन्नौर, मुण्डलाना, खरखोदा र राई छन् ।

पानीपतः पानीपतलाई पाण्डुप्रस्थ भनिन्थ्यो । भारतीय इतिहासमा यो एक महत्वपूर्ण स्थान हो ।किनभने त्यहाँ तीन ठूला लडाईं भएका थिए । यसै नजिक छ कुरुक्षेत्र । जहाँ महाभारतको लडाईं भएको थियो ।

तिलपतः यसलाई पहिला तिलप्रस्थ भनिन्थ्यो । यो हरियाणाको फरीदाबाद जिल्लाको एक भाग हो । यो यमुना नदस्ीको किनारमा रहेको छ । त्यहाँ ४० हजार मानिस बसोवास गर्दछन् ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

हङकङ — नेपाली वृत्तचित्र ‘रोड टु एभरेस्ट’ हङकङमा पुनः प्रदर्शन हुने भएको छ। गैरआवासीय नेपाली संघ (एनआरएनए) हङकङको आयोजनामा आगामी

समुद्री सतहदेखि विश्वको सर्वोच्च शिखरसम्मको वास्तविक यात्राको शक्तिशाली झलक विश्वको सर्वोच्च शिखर सगरमाथाको साहस, रहस्य, चुनौती र जलवायु परिवर्तनको प्रभावलाई

नितान्त नेपाली प्राविधिकहरूको संलग्नतामा, कुनै पनि कृत्रिम दृष्य समावेश नगरी समुद्री सतहदेखि विश्वको सर्वोच्च शिखरसम्मको वास्तविक यात्रा समेटेर निर्माण गरिएको

उदीयमान गायक आदित्य श्रेष्ठको पहिलो मौलिक गीत ‘बाचा’ सार्वजनिक भएको छ। प्रेम, दूरी, विश्वास र सपनाको भावनात्मक कथा बोकेको यस

Latest










Popular
Suggested