English

आफूलाई गर्भवती बनाउनेविरुद्ध उजुरी



जापानमा एक महिलाले आफूलाई गर्भवती बनाउने वीर्यदाताविरुद्ध उजुरी गरेकी छिन् । बेइमानी गरेको, सफेद झुट बोलेको र आफ्नो शैक्षिक पृष्ठभूमि र जातिय पहिचान ढाँटेको आरोप लगाउँदै राजधानी टोकियोकी ३० वर्षीया महिलाले वीर्यदान गर्ने पुरुषविरुद्ध उजुरी गरेकी हुन् ।

महिला र उनका पतिले दोस्रो सन्तान चाहेको, तर पतिमा वंशानुगत समस्या देखिएपछि उनीहरु दाताको खोजीमा थिए । दाताको वीर्य प्रयोग गर्ने निधो गरेपछि उनीहरुले सामाजिक सञ्जालमा अन्दाजी २५ वर्षका पुरुष फेला पार्छन् । ती व्यक्ति आफू अविवाहित भएको र क्वेटो युनिभर्सिटीबाट स्नातक गरेको बताएपछि सो दम्पत्ति दाताको वीर्य लिन मन्जुर हुन्छन् ।

दातासँग १० पटक यौन सम्पर्क गरेपछि ती महिला सन् २०१९ को जुनको अन्त्यमा गर्भवती हुन्छिन् । पेटको बच्चा बढ्दै जाने क्रममा ती महिलालाई आफूलाई गर्भवती बनाउने पुरुषबारे थप चासो बढ्छ । खोजी गर्ने क्रममा ती व्यक्ति वास्तवमा विवाहित भएको र विश्वविद्यालयको मुखै नदेखेको खुलासा हुन्छ ।

यौन सन्तुष्टिका लागि दाताले आफूलाई झुट बोलेको र गलत सूचना दिएको भन्दै ती महिलाले पुरुषविरुद्ध अहिले उजुरी गरेकी छिन् । उजुरीमा उनले २८ लाख डलर क्षतिपूर्ति माग गरेकी छिन् ।

पछिल्लो समयमा धेरै दम्पत्तिले वीर्यदाताको सहयोगमा सन्तान जन्माउन सामाजिक सञ्जालको मुख ताक्न थालेका छन् । सामाजिक सञ्जालमार्फत तेस्रो व्यक्तिको वीर्यबाट जापानमा १० हजारभन्दा बढी सन्तान जन्मिएका छन् ।

यो पनि
गाईको दूध बढाउन टाउकोमा हेडसेट
हीराभन्दा महँगोमा बिक्छ यो फल, मूल्य सुन्दा पर्नुहुन्छ छक्क



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

नेपालका जंगलमा विरलै मात्र पाइने मकुना (दाह्रा नभएका हात्ती) पहिलोपटक चितवनको सौराहामा भेटिएको छ । भाले भए पनि दाह्रा नभएको

विश्वमै दुर्लभ मानिएको सेतो रंगको गिद्ध पहिलोपटक नेपालमा भेटिएको छ । नवलपुरको गिद्ध जटायु रेस्टुरेन्टमा देखिएको हिमाली गिद्ध निख्खर सेतो

भारतलाई आस्थाको देश पनि मानिन्छ । जहाँ हरेक धर्मका मानिसहरू बस्छन् । त्यहाँ अनगिन्ती मन्दिर र मस्जिदहरू छन्। त्यी मध्ये

संसारमा लाखौँ रहस्यहरू छन्, जसको बारेमा आजसम्म मानिसले थाहा पाउन सकेका छैनन्। शताब्दीयौंदेखि मानिसले यी रहस्यहरूबारे जान्न खोज्दै आएका छन्,