English

आफूलाई गर्भवती बनाउनेविरुद्ध उजुरी



जापानमा एक महिलाले आफूलाई गर्भवती बनाउने वीर्यदाताविरुद्ध उजुरी गरेकी छिन् । बेइमानी गरेको, सफेद झुट बोलेको र आफ्नो शैक्षिक पृष्ठभूमि र जातिय पहिचान ढाँटेको आरोप लगाउँदै राजधानी टोकियोकी ३० वर्षीया महिलाले वीर्यदान गर्ने पुरुषविरुद्ध उजुरी गरेकी हुन् ।

महिला र उनका पतिले दोस्रो सन्तान चाहेको, तर पतिमा वंशानुगत समस्या देखिएपछि उनीहरु दाताको खोजीमा थिए । दाताको वीर्य प्रयोग गर्ने निधो गरेपछि उनीहरुले सामाजिक सञ्जालमा अन्दाजी २५ वर्षका पुरुष फेला पार्छन् । ती व्यक्ति आफू अविवाहित भएको र क्वेटो युनिभर्सिटीबाट स्नातक गरेको बताएपछि सो दम्पत्ति दाताको वीर्य लिन मन्जुर हुन्छन् ।

दातासँग १० पटक यौन सम्पर्क गरेपछि ती महिला सन् २०१९ को जुनको अन्त्यमा गर्भवती हुन्छिन् । पेटको बच्चा बढ्दै जाने क्रममा ती महिलालाई आफूलाई गर्भवती बनाउने पुरुषबारे थप चासो बढ्छ । खोजी गर्ने क्रममा ती व्यक्ति वास्तवमा विवाहित भएको र विश्वविद्यालयको मुखै नदेखेको खुलासा हुन्छ ।

यौन सन्तुष्टिका लागि दाताले आफूलाई झुट बोलेको र गलत सूचना दिएको भन्दै ती महिलाले पुरुषविरुद्ध अहिले उजुरी गरेकी छिन् । उजुरीमा उनले २८ लाख डलर क्षतिपूर्ति माग गरेकी छिन् ।

पछिल्लो समयमा धेरै दम्पत्तिले वीर्यदाताको सहयोगमा सन्तान जन्माउन सामाजिक सञ्जालको मुख ताक्न थालेका छन् । सामाजिक सञ्जालमार्फत तेस्रो व्यक्तिको वीर्यबाट जापानमा १० हजारभन्दा बढी सन्तान जन्मिएका छन् ।

यो पनि
गाईको दूध बढाउन टाउकोमा हेडसेट
हीराभन्दा महँगोमा बिक्छ यो फल, मूल्य सुन्दा पर्नुहुन्छ छक्क



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

नेपालमा दुर्लभ मानिने पुतली सिल्वर स्ट्रिकेड एकासिया ब्लु (Silver-streaked Acacia Blue), वैज्ञानिक नाम Zinaspa todara, करिब ५१ वर्षपछि पुनः अभिलेख

सन् १९८६ देखि अन्तर्राष्ट्रिय प्रकृति संरक्षण संघ IUCN को रेड लिस्टमा लोपोन्मुखको प्रजातिमा सूचीबद्ध हिस्पिड हेयर नामक खरायो हालै चितवन

प्रकृतिको सुन्दर प्राणी मध्येको एक बाघको संरक्षण र यसको महत्त्वबारे जनचेतना फैलाउने उद्देश्यले हरेक वर्ष जुलाई २९ का दिनलाई ‘बाघ

मोटरसाइकल किन्दा बढी माइलेज दिने, धेरै सुरक्षा फिचर भएको, आकर्षक, आरामदायी लगायतका विविध सेवा सुविधा र विशेषता भएको नै छनोट

Latest










Popular
Suggested