English

जाडोमा कुर्कुच्चा फुट्ने समस्याबाट छुटकारा पाउन यसो गर्नुस्



जाडोमा छालाकपालको समस्या मात्रै बढ्दैन, हात खुट्टा फुट्ने समस्या पनि बढ्न थाल्छ । खुट्टाको सरसफाइमा ध्यान नदिने हो भने त्यो एकदमै फुट्छ र पिप निस्किएर दुख्ने गर्छ । यस्तो अवस्थामा पैतालाको पनि उचित हेरचाह गर्नु आवश्यक हुन्छ । फुटेको कुर्कुच्चाले हिँड्न गाह्रो हुनुको साथै आत्मविश्वास पनि कम हुन्छ ।

धेरै पटक शरीरमा भिटामिन ‘सी’, ‘बी’, ‘ई’को कमीका कारण कुर्कुच्चा बढी फुट्न थाल्छ । यदि तेल, क्रिम, लोसन लगाएर थकित हुनुहुन्छ भने, यी घरेलु प्याकहरूको प्रयोग गर्न सक्नुहुन्छ । यसले खुट्टालाई पोषण दिनेछ र फुटेको कुर्कुच्चालाई चाँडै स्वस्थ, नरम र सुन्दर बनाउनेछ ।

मह–टी ट्री तेलको मिश्रण
मह र टि ट्री तेलको मिश्रणले खुट्टा फुट्ने समस्यालाई हटाउन सक्छ । टि ट्री तेल छालाको लागि फाइदाजनक मानिन्छ । यस तेलले धेरै प्रकारका समस्याहरू हटाउन सक्छ । यसका लागि तपाईँलाई १ चम्चा मह, ३–४ थोपा टी ट्री तेल र आधा चम्चा नरिवलको तेल चाहिन्छ । यी तीन चिजलाई एउटा भाँडोमा राख्नुहोस् र मिलाउनुहोस् ।

१० मिनेटको लागि मनतातो पानीमा खुट्टा भिजाउनुहोस् । मृत छाला र फोहोर हटाउन स्क्रब गर्नुहोस् । अब रुमालले खुट्टा राम्ररी पुछ्नुहोस् । यसमा मह र टी ट्री तेलको मिश्रण लगाउनुहोस् । यसलाई ५ मिनेटसम्म सुक्न दिनुहोस् त्यसपछि खुट्टा धुनुहोस् र नरिवलको तेल वा कुनै पनि मोइस्चराइजर लगाउनुहोस् ।

एलोभेरा जेल प्याक
खुट्टा राम्ररी सफा गर्नुहोस् । यसका लागि खुट्टालाई मनतातो पानीमा डुबाएर राख्नुपर्छ । फोहोर र मृत कोशिकाहरू हटाउन स्क्रब गर्नुहोस् । अब एउटा कचौरामा १ चम्चा एलोभेरा जेल लिनुहोस् यस जेलमा केही थोपा ग्लिसरीन, १ चम्चा नरिवलको तेल हाल्नुहोस् र यसलाई मिक्स गर्नुहोस् । यो प्याकलाई खुट्टामा राम्ररी लगाउनुहोस् र १० देखि १५ छोड्नुहोस् र मनतातो पानीले सफा गर्नु होस् ।

यो पनि…
जाडोमा छालाको हेरचाह कसरी गर्ने ?
यी हुन् फोक्सो क्यान्सरका कारण र लक्षण, कसरी बच्ने ?



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

छालामा देखिने धेरै किसिमका समस्याहरूलाई हामी नजरअन्दाज गर्दै आएका छौँ । तर मौसममा परिवर्तन आउने बित्तिकै शरीरमा पर्ने पहिलो प्रभाव

दिमागको रक्तनली बन्द हुनु अथवा नली फुटेर रगत बाहिर बग्नुलाई मस्तिष्कघात अथवा स्ट्रोक भनिन्छ । यस्तो अवस्थामा शरीरको आधा भागलाई

हेल्मेट मोटरसाइकल चालकको टाउकोको सुरक्षा कवच हो । बजारमा स्टाइलिस मोटरसाइकल मात्र होइन, स्टाइलिस हेल्मेटको क्रेज पनि उत्तिकै छ ।

आफ्नो बिमारी साथीलाई कुरुवा बस्न महाराजगञ्ज स्थित शिक्षण अस्पताल पुगेका ज्ञानबहादुर लामाको टि–सर्टमा रगतको छिटा देखेपछि अस्पतालमा कार्यरत एक नर्सले