English

युवापुस्तामा हृदयघात : जीवनशैली परिवर्तन गरे जोगिन सकिन्छ



मुटुरोगमा हृदयघातलाई सबैभन्दा ठूलो समस्या मानिन्छ । ५० वर्षभन्दा माथिकालाई मात्र हुने भनेर बुझिंदै आएको हृदयघातको समस्या पछिल्लो समय २०/२२ वर्षका युवाहरुमा समेत देखिन थालेको छ । व्यायामको कमी, धुम्रपान, मध्यपान, असन्तुलित खानपान, तनाव जस्ता जीवनशैलीजन्य कारणले हृदयघातको खतरा बढेको छ ।

हृदयघात जिवनशैलीसँग सम्बन्धित रोग हो । त्यसैले यो रोग बढ्नुको कारण भनेको अस्वस्थकर जिवनशैली नै हो । अहिलेको युवाले खाने खाना मुटु मैत्री छैन । विशेष गरी युवाले खानामा जंक फुड, धेरै चिल्लो पिरो, गुलीयो बढि रुचाउँछन् । जसले गर्दा मोटोपना, प्रेसर र सुगरजस्ता रोगहरुले सताउने गर्छ ।

युवाहरुमा हृदयघातको समस्या देखिनुको अर्को कारण भनेको व्यायामको कमी पनि हो । पढाइ तथा कामको व्यस्तताले गर्दा युवाहरु व्यायाम गर्दैनन् । आजभोलीका युवाहरु कतै जाँदा पनि हिड्न रुचाउँदैनन् मोटरसाइकल तथा गाडीको प्रयोग गर्छन् जसले गर्दा उनीहरुको शरीरलाई व्यायाम पुग्दैन । पहिले शारीरिक खेलहरुमा युवाहरु सक्रिय हुन्थे तर आजभोली खेलहरु पनि मोबाइल र कम्प्युटरमा सिमित भएको छ ।

ताजा फलफुल र हरिया सागसब्जीहरु जस्ता स्वस्थ्यवर्धक खानेकुरा एकदमै कम खाने । तारे भुटेको,चिल्लो र गुलियो खानेकुरा बढि खाने गरेका छन् । जस्ले गर्दा मुटुरोग र हृदयघात जस्ता समस्याहरु बढ्ने भए ।

युवाहरुमा हृदयघातको समस्या देखिनुको अर्को कारण भनेको व्यायामको कमी पनि हो । पढाइ तथा कामको व्यस्तताले गर्दा युवाहरु व्यायाम गर्दैनन् । आजभोलीका युवाहरु कतै जाँदा पनि हिड्न रुचाउँदैनन् मोटरसाइकल तथा गाडीको प्रयोग गर्छन् जसले गर्दा उनीहरुको शरीरलाई व्यायाम पुग्दैन । पहिले शारीरिक खेलहरुमा युवाहरु सक्रिय हुन्थे तर आजभोली खेलहरु पनि मोबाइल र कम्प्युटरमा सिमित भएको छ ।

अहिले कोभीडले गर्दा पनि युवा बढि तनावमा छन् । पढाईको चिन्ता, भविष्यको चिन्ता लगायतका विभिन्न चिन्ताहरुले युवालाई घेरेको छ । यो कारणले पनि युवालाई हृदयघात हुन सक्ने सम्भावना बढ्छ । धुम्रपान, मध्यपानको सेवन गर्ने युवाको संख्या पनि बढ्दो छ । जस्ले गर्दा पनि मुटु सम्बन्धि रोगका बिरामीहरुको संख्या बढ्दो छ ।

स्वास्थ्य परिक्षण गर्ने चलन पनि नेपालमा एकदम कम छ । अलि उमेर बढ्दै गएकाहरुले वर्षमा एकपटक जाँच गराउनु पर्छ है भनेर जचाउने गर्छन् । तर, युवामा वर्षमा एक पटक जाँच गराउने भन्ने सोच छैन । जुन बेला समस्या आउँछ त्यही बेला मात्र जचाउने गर्छन् । जस्चले गर्दा प्रेसर, सुगर कोलेस्ट्रोल जस्ता रोगहरु समयमा पत्ता लाग्दैन र हृदयघात हुने सम्भावना बढ्छ ।

युवालाई हृदयघात भयो भने त्यो एकदमै कडा हुन्छ र मृत्यु हुने सम्भावना धेरै हुन्छ । पुरुषको तुलनामा महिलाहरुमा हृदयघातको खतरा कम हुन्छ । यदि कम उमेरका महिलालाई हृदयघात भयो भने जटिलता र मृत्यु हुने सम्भावना पनि पुरुषमा भन्दा धेरै हुन्छ ।

यसरी जोगिन सकिन्छ

हृदयघातबाट बच्नका लागि सबैभन्दा पहिले त जीवनशैली सुधार्नु पर्छ । विशेष गरि खानपानमा ध्यान दिनुपर्छ । फलफुल, सागसब्जीहरु प्रसस्त मात्रामा खानुपर्छ । चिल्लो र गुलियो एकदमै कम मात्रामा मात्र सेवन गर्नुपर्छ । काब्रोहाइटेड भएको खानाहरु जस्तै : मैदा, बेकरी आइटम र प्याकेटको खाना कम खानु पर्छ । माछामासु र तारेभुटेको खानेकुराहरु पनि एकदमै कम खानुपर्छ ।

नियमित रुपमा व्यायाम तथा योग ध्यान गर्ने तथा शरिरीक रुपमा सक्रिय रहने बानी युवाले बसाउनु पर्छ । हिँडडुल गर्ने, शरीरलाई चलयमान बनाउँदा पनि यो रोगको खतरा कम हुन्छ । धुम्रपान–मद्यपानको सेवन नगर्ने र कम तनाव लिने व्यक्तिहरुमा पनि हृदयघात हुने सम्भावना कम हुन्छ ।

नियमित स्वास्थ्य जाँचको कुरामा पनि ध्यान दिनु पर्छ । २० वर्ष कटेपछि प्रत्येक वर्ष स्वास्थ्य जाँच गराउनु पर्छ । कसैको वंशमा मुटुरोग छ भने उनीहरुले झ्न एकदम धेरै सतर्क हुनु पर्छ । जाँच गराउँदा प्रेसर, सुगर र कोलेस्ट्रोल जस्तो कुनै समस्या देखियो भने त्यसको तत्काल उपचार गर्नुपर्छ । यी तीन रोग मुटुको लागी एकदमै घातक हुन्छ । त्यसैले यी तीन रोगको समयमा उपचार गरीयो भने हृदयघातबाट बच्न सकिन्छ । हृदयघातको लक्षण हुँदैन त्यसैले यसलाई हुन नदिनु नै यसको प्रमुख उपचार हो ।

सरकारले के गर्नुपर्छ ?

युवामा हृदयघातको समस्या बढि देखिनुको पछाडी चेतनाको अभावले पनि हो । सरकारी स्तरबाट जनचेतना फैलाउने, हृदयघातको रोकथामको कार्यक्रमहरु पनि भएको छैन । धुम्रपान, मद्यपान, र जंकफुडहरुको नियन्त्रणको नीती नियम, कार्यक्रमहरु हुनुपर्छ तर यी कुराहरुको कमी छ । त्यसैले पनि नेपालीमा यो समस्या बढिरहेको छ । त्यसैले सरकारी पक्षबाट पनि जनताको स्वास्थ्य सुरक्षाको कामहरु हुनुपर्छ । र, व्यक्तिगत तर्फबाट पनि यसबाट बच्नको लागि सावधानी अपनाउनु पर्छ ।

( वरिष्ठ मुटुरोग विशेषज्ञ डा.प्रकाशराज रेग्मीसँग गरिएको कुराकानीमा आधारित।)

यो पनि पढ्नुहोस्
यी हुन् फोक्सो क्यान्सरका कारण र लक्षण, कसरी बच्ने ?

यी हुन् ग्यास्ट्रिकका कारण, लक्षण र बच्ने उपाय
यी हुन् ओखर खानुका ७ फाइदा
यी हुन् दैनिक एउटा स्याउ खानुका १० फाइदा
यस्ता छन् अमला खानुको फाइदा
यी हुन् दैनिक अण्डा खानुको १० फाइदा
यी हुन् नियमित गाजर खानुको १० फाइदा



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

सलाम तिमीलाई तमाम शिशिरहरुसधैँ मुटु उनिरहने प्रिय झिरहरुयो घाउ नि सहुँला पुरानो त भर्न देउधन्यवाद जिन्दगी चियर्स मेरा पिरहरु मुक्तककार

हिमाली जिल्ला डोल्पामा १ सय २० हिउँचितुवा भेटिएको छ । डिभिजन वन कार्यालय डोल्पाले शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्ज क्षेत्रमा ९० र

ग्लोबल आइएमई बैंकको क्रेडिट कार्ड बाहकले ६ हजार रुपैयाँमै विदेश भ्रमण गर्न पाउने भएका छन् । ग्लोबल आइएमई बैंक लिमिटेडले

मानिसहरू यो सोच्छन् कि नयाँ वर्षलाई स्वागत गर्नको लागि उनीहरूले केही मूर्खतापूर्ण कामहरू गर्नुपर्छ- मदिरा पिउनु, मुर्ख्याइँ गरेर सवारी हाँक्नु,