English

यी हुन् नियमित गाजर खानुको १० फाइदा



गाजर स्वादिलो तथा स्वास्थ्यवर्धक खानेकुरा हो भन्ने कुरामा दुईमत छैन । सलाद होस् वा अचार वा तरकारी । जे सुकैको रुपमा खाए पनि गाजरले स्वस्थ राख्न सहयोग गर्छ । हामीले गाजर त खाइरहेकै हुन्छौँ तर यसको फाइदाका बारेमा उतिसारो जानकारी नहुन सक्छ । गाजर नियमित खानुका फाइदा यी हुन् :

आँखाको शक्ति बढाउँछ

गाजर आँखाको स्वास्थ्यका लागि निकै फाइदाजनक हुन्छ । गाजरमा प्रसस्त ‘बिटा क्यारोटिन’ नामक तत्व पाइन्छ जुसबाट भिटामिन ए बन्दछ । गाजरको नियमित सेवनले भिटामिन ‘ए’को कमीले हुने रतन्धो लगायतका रोगको जोखिम कम हुन्छ र मान्छेको दृश्यक्षमता बढ्छ ।

बुढ्यौली रोक्छ

बुढ्यौली सर्वव्यापी सत्य हो । तर, नियमित रुपमा गाजर खानाले कम उमेरमै बुढ्यौली देखिने समस्या कम हुन्छ । गाजरले मानिसलाई जवान बनाउँछ । गाजरमा हुने ‘एन्टीअक्सिडेन्ट’ नामक तत्वले कोषको क्षयीकरण रोक्छ र बुढ्यौलीका लक्षण कम गर्छ ।

छालाको चमक बढाउँछ

भिटामिन ए, एन्टिअक्सिडेन्ट लगायतका तत्वले छालालाई घामले डढ्नबाट बचाउँछ । गाजरको नियमित सेवनले छाला चाउरी पर्ने, सुख्खा हुने, धब्बा देखिने लगायतका समस्या कम हुन्छन् ।

क्यान्सरबाट बचाउँछ

अध्ययन अनुसार गाजरको सेवनले कलेजो, स्तन तथा आन्द्राको क्यान्सरको खतरा कम गर्छ । गाजरमा पाइने फालक्यारिनोल तथा फालक्यारिन्डायोल तत्वमा क्यान्सर प्रतिरोधी गुण हुन्छ ।

सुन्दरताको लागि

अनुहारको सुन्दरताका लागि गाजरको लेप बनाएर मज्जाले लगाउने, केहीबेर राख्ने र पखाल्ने गर्न सकिन्छ । यसो गरेमा अनुहारको छाला चमकदार बन्छ र विभिन्न खाले धब्बा पनि हट्छन् ।

घाउ निको पार्छ

गाजरलाई लेदो बनाएर चोटपटक वा घाउमा लेप लगाएमा घाउमा संक्रमण हुन पाउँदैन र घाउ छिटो निको हुन्छ ।

हृदयरोगबाट बचाउँछ

गाजरमा बिटा क्यारोटिन, अल्फा क्यारोटिन तथा ल्युटिन जस्ता तत्व पाइन्छ जसले मुटुका विभिन्न रोगको जोखिम कम गर्छ । गाजरको नियमित सेवनले रगतमा कोलेस्टेरोलको मात्रा कम गर्छ । गाजरमा प्रसस्त फाइबर पनि पाइन्छ ।

स्वस्थ दाँत र गिजा

नियमित रुपमा गाजर खानेको दाँत, गिजा तथा मुख सफा हुन्छ । मज्जाले गाजर चपाएर खाँदा दाँत सफा हुन्छ र दाँतको बिचमा अड्किएका खानाका टुक्रा पनि निस्कन्छन् । मुख गन्हाउने, तथा दाँत किराले खाने जस्ता समस्याबाट मुक्ति पाउन पनि नियमित रुपमा गाजर खानुपर्छ ।

शरीर सफा गर्छ

गाजरले शरीरमा भएका विषाक्त पदार्थ निष्काशन गर्न सहयोग गर्छ । गाजरमा पाइने भिटामिन ए ले विषाक्त पदार्थ निष्काशन गर्न कलेजोलाई सहयोग गर्छ । यसले कलेजोमा बोसो र पित्तको मात्रा घटाउँछ, साथै आन्द्रालाई पनि सफा गर्न मद्दत गर्छ ।

हृदयाघातबाट बचाउँछ

अमेरिकाको हार्वड विश्वविद्यालयमा गरिएको अनुसन्धानको अनुसार हप्तामा ६ वटा भन्दा बढी गाजर खाने मान्छेमा हृदयाघातको खतरा कम हुन्छ ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

भ्रष्टाचारको मुहान कहाँबाट बग्छ भन्ने प्रश्नमा धेरैले ठेक्का, कर छली, प्रशासनिक मिलेमतो वा नीतिगत चलखेललाई औँल्याउने गर्छन् । तर राज्य

काठमाडौं। बजाज मोटरसाइकलले नवविवाहित जोडीलाई लक्षित गरेर नयाँ अफर ल्याएको छ। बजाज मोटरसाइकलको नेपालका लागि आधिकारिक विक्रेता हंसराज हुलाशचन्द एण्ड

काठमाडौं। हुलास फिनसर्भ हायर पर्चेज लिमिटेडले दोस्रो त्रैमासिकमा खुद नाफाा ९९ प्रतिशिले वृद्धि गरेको छ। आर्थिक वर्ष २०८२/८३ को २०८२

१९ माघ, काठमाडौँ । इसेवाको ब्रान्ड गीत “सबै, सधैं, सँगै” सार्वजनिक भएको छ। इसेवाको १७ औँ वार्षिकोत्सवका अवसरमा इसेवाको आधिकारिक

Latest










Popular
Suggested