English

यी हुन् दैनिक अण्डा खानुको १० फाइदा



अण्डा विभिन्न पोषक तत्वले भरिपूर्ण हुनुका साथै क्याल्सियम, आइरन तथा प्रोटिनजस्ता तत्वको भण्डार हो । अण्डाको सेवनले शरीरलाई चाहिने दैनिक पौष्टिक तत्वको भरणपोषण गर्न सहयोग पुर्याउँछ । त्यसैले अण्डालाई पोषणविज्ञहरुले सुपर फुडको रूपमा मान्ने गरेका छन् । अण्डामा मानिसलाई चाहिने सबैजसो पोषक तत्व पाइन्छ । दैनिक अण्डा खानुको केही फाइदाहरु यसप्रकार छन् ।

– प्रतिदिन १ अण्डाको सेवनले तपाईको शरीरमा बोसोको एक दिनको आवश्यक मात्रालाई पूर्ति गर्छ ।


– अण्डाको सेवन वजन नियन्त्रण राख्न निकै राम्रो हुन्छ । अण्डा खाइसकेपछि भोक शान्त हुन्छ । यसले लामो समयसम्म पेट भरिएको महसूस हुन्छ र भोक लाग्दैन । यस्तो अवस्थामा तपाईको वजन नियन्त्रण गर्न मद्दत गर्छ ।

– आँखाको लागि पनि अण्डा फाइदाजनक नै मानिन्छ । प्रतिदिन एक अण्डालाई आफ्नो आहारमा समावेश गर्नाले क्यारोटिनायड्सको पूर्ति हुन्छ, जसले आँखाको कोशिका नष्ट हुनबाट जोगाउँछ । यसको साथै दिनहुँ एक अण्डा खाँदा मोतियाबिन्दुको खतरा कम हुन्छ ।

– एक अनुसन्धानका अनुसार अण्डा, हर्ट स्ट्रोक एवम् हर्ट अट्याकको सम्भावनालाई कम गर्न सहायक हुन्छ । यसको साथै यो केओलीनको राम्रो स्रोत हो । जसले मस्तिष्क, मुटुको धमनीको क्रियाविधिलाई सुचारू बनाई राख्न मुख्य भूमिका निभाउँछ ।

– अण्डाको सेवनले तपाईको आलस्यलाई ऊर्जा प्रदान गर्न मद्दत गर्छ । यो एक राम्रो एनर्जी बूस्टर हो । प्रतिदिन बिहानको नास्तामा अण्डालाई समावेश गरी तपाई पुरा दिन ऊर्जावान महसूस गर्न सक्नुहुन्छ । अण्डाको पहेँलो भागमा पाईने स्वस्थ फ्याटले शरीरलाई ऊर्जा प्रदान गर्छ ।

– अण्डा प्रोटिनको एक राम्रो स्रोत मानिन्छ, यसमा एल्ब्यूमिन प्रोटिन भरिपूर्ण मात्रामा पाईन्छ । यसले शरीरमा प्रोटिनको कमी पुरा गर्नका लागि आवश्यक पोषण प्रदान गर्न निकै मद्दत गर्छ ।

– स्तन क्यान्सरको रोकथामको लागि पनि अण्डाले निकै मद्धत गर्छ । एक अनुसन्धानका अनुसार हप्तामा ६ वटा अण्डाको सेवन गर्ने महिलामा स्तन क्यान्सरको खतरा ४४ प्रतिशत कम देखिएको छ ।

– एक अण्डामा ६ ग्राम उच्च गुणयुक्त प्रोटिन र शरीरको लागि आवश्यक एमिनो एसिड पाइन्छ । सल्फरलगायत अन्य खनिज–भिटामिन हुनुको कारण अण्डा कपाल र नङको लागि लाभदायक मानिन्छ ।

– अण्डामा भरिपूर्ण मात्रामा भिटामिन डी पाइन्छ, जसले हड्डीलाई बलियो बनाउनको लागि निकै आवश्यक हुन्छ । यसले शरीरमा सूर्यको किरणको अवशोषणमा मद्दत गर्छ, जसले हड्डी बलियो हुन्छ ।

– यसमा भिटामिन ए, डी, बी१२, रिबाफ्लेविन, फोस्फोरस र फोलेट पाइन्छ । यसले शरीरको कार्यलाई सुचारू रूपले बनाई राख्न मद्दत गर्छ र मस्तिष्कलाई बलियो बनाई आँखाको रोशनी बढाउँछ ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

भ्रष्टाचारको मुहान कहाँबाट बग्छ भन्ने प्रश्नमा धेरैले ठेक्का, कर छली, प्रशासनिक मिलेमतो वा नीतिगत चलखेललाई औँल्याउने गर्छन् । तर राज्य

काठमाडौं। बजाज मोटरसाइकलले नवविवाहित जोडीलाई लक्षित गरेर नयाँ अफर ल्याएको छ। बजाज मोटरसाइकलको नेपालका लागि आधिकारिक विक्रेता हंसराज हुलाशचन्द एण्ड

काठमाडौं। हुलास फिनसर्भ हायर पर्चेज लिमिटेडले दोस्रो त्रैमासिकमा खुद नाफाा ९९ प्रतिशिले वृद्धि गरेको छ। आर्थिक वर्ष २०८२/८३ को २०८२

१९ माघ, काठमाडौँ । इसेवाको ब्रान्ड गीत “सबै, सधैं, सँगै” सार्वजनिक भएको छ। इसेवाको १७ औँ वार्षिकोत्सवका अवसरमा इसेवाको आधिकारिक

Latest










Popular
Suggested