बङ्गुरपालनबाट वार्षिक रु १८ लाखसम्म आम्दानी



इराकमा अमेरिकी सेना र आतङ्कवादीबीचको लडाइँमा बचेर आएका पर्वतका एक युवाले बङ्गुरपालन व्यवसायबाट मनग्य आम्दानी गर्न थाले।

कुश्मा नगरपालिका–७ खरेहाका ३६ वर्षीय गौरव क्षेत्रीले व्यावसायिक बङ्गुरपालनबाट वार्षिक रु १८ लाखसम्म आम्दानी गर्न थालेका छन् । “आतङ्कवादीले कति बेला लन्चर हान्थे थाहै नहुने तर अमेरिकी सैनिकले लन्चर आउँदै गरेको सूचना पाएपछि सबैलाई बङ्करमा लुक्न पठाउँथे । त्यही आक्रमणमा परेर कति साथी त मारिए”, उने भने, “मौकाले बाँचियो । बममा टेकेर बाँचेको जीवनभन्दा नेपालमै सुख र शान्तिको अनुभव गरेपछि नेपाल फर्किएको हुँ ।”

तीन वर्ष अमेरिकी सैन्य शिविरमा बसेका उनको काम सैनिकका लागि आवश्यक सामग्री आपूर्ति गर्ने थियो । खुकुरीको धारमा जीवन राखेर बाँचेर फर्किएका उनले चुनौतीकै माझ कुश्मा नगरपालिका–८ अम्बोटको ओडारेमा बङ्गुरपालन व्यवसाय सुरु गरेका छन् । गौरव जिल्लाकै सफल बङ्गुरपालक व्यवसायीका रूपमा चिनिन्छन् ।

सात वर्षदेखि यो व्यवसायमा लागेका उनले शान्तिपूर्वक घरमै बसेर इराकको भन्दा दोब्बर कमाइ गरिरहेको जानकारी दिए। इराकमा मासिक रु ७० हजार कमाउने उनले बङ्गुरपालनबाटै मासिक रु डेढ लाख बचत गर्दै आएका छन् । अरूको देशमा जोखिमपूर्वक गरेको कमाइभन्दा थोरै भए पनि स्वदेशको कमाइ स्वादिलो मानेर नेपाल फर्किएका उनले बङ्गुरपालनबाट सोचेभन्दा राम्रो प्रगति गरेका छन्।

सात वर्षदेखि यो व्यवसायमा लागेका उनले शान्तिपूर्वक घरमै बसेर इराकको भन्दा दोब्बर कमाइ गरिरहेको जानकारी दिए। इराकमा मासिक रु ७० हजार कमाउने उनले बङ्गुरपालनबाटै मासिक रु डेढ लाख बचत गर्दै आएका छन् । अरूको देशमा जोखिमपूर्वक गरेको कमाइभन्दा थोरै भए पनि स्वदेशको कमाइ स्वादिलो मानेर नेपाल फर्किएका उनले बङ्गुरपालनबाट सोचेभन्दा राम्रो प्रगति गरेका छन्। “कतिबेला मरिने हो भन्ने जगजगीबीच बसेर कमाएको धनभन्दा सुख र शान्तिले आफ्नै देशमा जति हुन्छ त्यही कमाइ मिठो सोचेर देश फर्किएँ”, उनले भने, “मैले यहाँ कोरियाली प्रविधि प्रयोग गरेर फरक तरिकाले बङ्गुर पालिरहेको छु । बजारको माग धान्नै सकेको छैन ।”

समाजमा केही जातलाई बङ्गुर पाल्न नहुने जातका रूपमा हेरिन्छ । ब्राह्मण, क्षेत्री समुदायमा त सुँगुर÷बङ्गुर छुनै हुँदैन, छोएमा जात जान्छसमेत भनिन्छ । यस्तो सोच राख्ने समाजमा बसेर बङ्गुर पाल्नु उहाँका लागि सहज कहाँ थियो र तर आफैँले काम सुरु नगरेसम्म अरूको मानसिकतामा परिवर्तन ल्याउन असम्भव ठानेका उनले सामाजिक चुनौतीकै बीच बङ्गुर पाल्न थाले।

सात वर्षको अवधिमा उनले फार्ममा झण्डै रु एक करोड लगानी गरेका छन्। यद्यपि अझै पनि उनलाई ‘बङ्गुर पाल्न छाडेर अरू केही गर’ भन्ने परिवारको दबाब आउने गरेको छ । व्यावसायिक सफलता हुँदाहुँदै परिवारका सदस्यहरू भने उनको यो पेशाबाट सन्तुष्ट छैनन् । “मेरी हजुरआमाले त अहिलेसम्म फार्ममा टेक्नुभएको छैन । आक्कलझुक्कल आमा आउन थाल्नुभएको छ तर आमा अहिले पनि यो काम नगर अरू केही गर भन्नुहुन्छ”,

सात वर्षको अवधिमा उनले फार्ममा झण्डै रु एक करोड लगानी गरेका छन्। यद्यपि अझै पनि उनलाई ‘बङ्गुर पाल्न छाडेर अरू केही गर’ भन्ने परिवारको दबाब आउने गरेको छ । व्यावसायिक सफलता हुँदाहुँदै परिवारका सदस्यहरू भने उनको यो पेशाबाट सन्तुष्ट छैनन् । “मेरी हजुरआमाले त अहिलेसम्म फार्ममा टेक्नुभएको छैन । आक्कलझुक्कल आमा आउन थाल्नुभएको छ तर आमा अहिले पनि यो काम नगर अरू केही गर भन्नुहुन्छ”, उनले भने , ‘काम यो गर्न हुने, ऊ गर्न नहुने भन्ने केही छैन । गर्न सके जे गरे नि हुन्छ, आफू जेबाट सफल भइन्छ त्यही काम गर्ने त हो नि ” उनको आँट र व्यावसायिकतालाई प्रवद्र्धन गर्न आर्थिक वर्ष २०७७÷७८ मा भेटेरेनरी अस्पताल तथा पशुविज्ञ केन्द्रबाट बङ्गुरको व्यावसायिक कृषि केन्द्र ब्लक कार्यक्रमबाट रु तीन लाख ५० हजार अनुदानसमेत आएको थियो ।

उनले मासुका लागि बिक्री गरेकामध्ये अहिलेसम्म सबैभन्दा बढी एउटै बङ्गुरलाई रु ८५ हजारमा बिक्री गरेका छन् । बजारमा उत्पादन हुने फोहर उठाएर बङ्गुरलाई आहार दिने गरेका उनले आजभोली फोहरलाई कम गरेर दाना खुवाउन थालेका छन् । यही कारण रु चार हजारमा बेच्ने गरेको एउटा पाठाको मूल्य रु पाँच हजार ५०० पुगेको छ ।

उनले बजारको मागअनुसार धेरै उत्पादन गर्न नसकेको बताए। उनले मासुका लागि भन्दा पनि पाठापाठी जन्माउन माउ बङ्गुर राखेका छन् । एउटा माउ चार÷पाँच बेत ब्याएपछि मात्र मासुका लागि बेच्ने गरेको बताए । उनको फार्ममा अहिले माउ र पाठा गरेर ८० वटा बङ्गुर छन् । माग भने पोखरा, मुस्ताङ, बागलुङ, कुश्मा, तनहुँ, स्याङ्जालगायतका ठाउँमा छ । मागअनुसार उत्पादन गर्न सके निकै राम्रो आम्दानी हुने क्षेत्रीको भनाइ छ ।

वैदेशिक रोजगारीका लागि सबै नेपालीले रोजेको र खोजको जस्तो काम विदेशमा नपाउने भएकाले जस्तो काम पाइन्छ उस्तै काम गर्नुपरेको गौरवको अनुभव छ । विदेशमा रहेका नेपालीले बङ्गुर फार्ममा पनि काम गरिरहेको बताउँदै व्यवसायी क्षेत्रीले विदेशमा जस्तो फोहरमा पनि काम गरेर आम्दानी गर्न तयार हुने नेपालीले त्यही काम आफ्नो देशमा गर्न लजाउने गरेको बताए ।

यो पनि पढ्नुहोस्
के–केमा पाइन्छ कृषि अनुदान, कसरी लिने ?
नेपालमा भित्रिए यस्ता कृषि प्रविधि
‘कृषिमा नयाँ प्रविधि ल्याउन हामीलाई सरकारको साथ चाहियो’
व्यावसायिक कृषिले फेरिँदै ‘जीवनस्तर’
नयाँ कम्पनी दर्ता गर्ने सोचमा हुनुहुन्छ ? यस्तो छ प्रक्रिया र लाग्ने शुल्क



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

नेपाल अटोमोबाइल्स डिर्लस एशोसिएसन अफ नेपाल (नाडा) को आगामी निर्वाचनका लागि अध्यक्ष पदका प्रत्यासी उम्मेदवार करण चौधरीले आफ्नो समूहका सदस्यहरुको

महिला हिंसा अन्त्य गर्नपर्छ भन्ने नारा हामीले प्राय सुनिरहेका हुन्छौ । यो विषयमा चर्चा हुन थालेको लामो समय भईसक्यो ।

राप्रपा अध्यक्ष पशुपति शमशेर जबराले पार्टीको हितका लागि आफूले नेतृत्वको दाबी छोडेको जानकारी दिएका छन् ।  काठमाडौंमा बुधबारबाट सुरु भएको

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले अत्यावश्यक कामबाहेक विदेश भ्रमण नगर्न अपिल गरेको छ । कोभिड–१९ को ओमिक्रोन भेरियन्टको सङ्क्रमणलाई दृष्टिगत गर्दै