English

गायिका मेलिना राईका फ्यान – गाडीभरी फोटो टाँस्नेदेखि भेटेर रुनेसम्म



नेपाली सांगीतिक क्षेत्रकी चर्चित गायिका हुन्– मेलिना राई । आधुनिक तथा लोकशैलीका थुप्रै गीतमा स्वर दिइसकेकी मेलिनाका थुप्रै गीत हिटको सूचीमा छन् । ‘कम्मरमाथि पटुकी’ ‘शीरैमा शीरबन्दी’, ‘तिमीले बाटो फे¥यौ अरे’, ‘कुटुमा कुटु सुपारी दाना’ जस्ता दर्जनौ गीतले मेलिनाका फ्यान बढाएको छ । उनको फेसबुक पेजमा मात्र उनलाई फलो गर्नेको संख्या २० लाख भन्दा बढी छन् । तिनै मध्ये उनले भेटेको अनौठा फ्यानलाई यसरी सम्झन्छिन् :

मलाई भेटेर रुने फ्यान

केही वर्ष अघि एउटा कार्यक्रमको लागि म नेपालगञ्ज गएको थिएँ । कार्यक्रम सिध्याएर आराम गर्नका लागि होटलको कोठातिर गइरहेको थिए । मेरो रुम जाने बाटोमा २ जना बहिनीहरू फोटो खिच्दै हुनुहुन्थ्यो । रुम तिर जाने क्रममा उहाँहरुले मलाई देख्नुभयो । फोटो खिच्न छोडेर मेरो नजिक आउनु भयो र ग्वाँ ग्वाँ रुन थाल्नु भयो । हामी तपाईको ठुलो फ्यान हौँ भन्दै दुवै जना रोएको म सम्झिरहन्छु ।

गाडीभरी मेरो फोटो

विराटनगरमा एकजना फ्यान हुनुहुन्थ्यो । बेला बेलामा फोन पनि गरिरहनुहुन्छ । धेरै पटक फोन गर्नु भएको भएर मैले फोन उठाउन छोडेको थिएँ । एकदिन उहाँ मलाई भेट्न काठमाडौँ आइपुग्नु भएको थियो । म कार्यक्रमका लागि बाहिर गएको भएर मसँग त भेट भएन, तर मेरो बहिनीसँग भेट भएको रहेछ । उहाँले मेरो फोटो गाडी भरी टास्नु भएको थियो रे । त्यसको साथै भिजिटिङ कार्डमा पनि मेरो फोटो राखेर बनाउनु भएको रहेछ ।

मसँग फोटो खिच्न दौडेर आउँदा रुखमा ठोक्किएर लड्ने फ्यान

दार्जिलिङको एउटा कार्यक्रममा गएको थिएँ । कार्यक्रममा एकदम धेरै भिड थियो । त्यसैले केही फ्यानहरुसँग मात्र फोटो खिचेर मलाई आयोजकले भ्यान तिर लगि हाल्नु भयो । एकजना अधबैंसे पुरुष दौडदै भ्यान भएको ठाउँनिर आइरहनु भएको थियो । उहाँ दौडने क्रममा एउटा रुखमा ड्याङ्ग ठोकिएर लड्नु भयो र उठेर फेरि दौडिँदै आउनु भयो । अर्गनाइजर टीमले किन आउनु भएको भनेर सोध्दा म मेलिना राईको फ्यान हुँ उहाँसँग फोटो खिच्नको लागि आएको भन्नु भयो । मैले उहाँ लडेको देखिरहेको थिए । माया लाग्यो त्यसैले गाडीबाट ओर्लिएर उहाँसँग फोटो खिचेको थिएँ ।

मेरो सबै रुचि थाहा पाउने फ्यान

कार्यक्रमकै सिलसिलामा एक पटक आसाम गएको थिएँ । त्यहाँ एकजना दाईको घरमा म बसेको थिएँ । त्यहिबेला एकजनाले भाउजुलाई फोन गरेर मेलिनालाई करेलाको तरकारी मन पर्दैन करेला नपकाउनु भन्नु भएको रहेछ । मैले कसले फोन गरेको भाउजु भनेर सोधें । तिमीलाई फोन गर्न डर लाग्छ रे त्यसैले मलाई फोन गरेर मेलिनालाई करेला मन पर्दैन बंगुरको मासु मनपर्छ त्यो पकाएर खुवाउनुस् भन्यो भनेर भाउजुले सुनाउँदै हुनुहुन्थ्यो । उहाँ पनि मलाई अनौठो लागेको थियो ।

मलाई भेटेपछि डराएर काप्ने फ्यान

आसाममा नै अर्को एकजना फ्यानसँग भेट भएको थियो । कार्यक्रम आयोजक दाईको घरमै बसेको थिएँ । त्यो दिन मेरो जन्मदिन थियो । त्यहाँ मेरो जन्मदिन मनाउने कार्यक्रम थियो । त्यो कार्यक्रममा एकजना युवती हुनुहुन्थ्यो । उहाँ मेरो डाइहार्ड फ्यान हुनुहुँदो रहेछ । मलाई देखेपछि डराएर कामिरहनुभएको थियो ।


यो पनि पढ्नुहोस् :
ज्योती भन्छिन्– ‘फ्यानले ओठमा किस गर्दा बान्ता आयो’
सोनिकाका फ्यान– सुनको सिक्री गिफ्ट दिनेदेखि झम्टेर रुनेसम्म
विराट भट्टका फ्यानः मोवाइल फुटाउनेदेखि घरका भित्ताभरि फोटो टाँस्नेसम्म
म्याकुरीका फ्यान : सेल्फी खिच्न ओभरटेक गर्नेदेखि प्रहरी चौकी पुर्याउनेसम्म
मोडल सरोज अधिकारीका फ्यान: ढोकामा कुर्ने देखि, प्रेमप्रस्ताव राख्नेसम्म
दुर्गेश थापाका ५ अनौठा फ्यान
खुइलीका फ्यान– बुहारी बनाउनेदेखि कोठा भाडा तिरिदिन्छु भन्नेसम्म
आश्माका फ्यान : प्रेमप्रस्ताव राख्नेदेखि आश्मा चाहियो भन्दै रुनेसम्म
अभिनेता विपिन कार्कीका ४ अनौठा फ्यान



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौंबाट करिब १ सय १० किलोमिटरको दूरीमै नेपालको राष्ट्रिय चरा डाँफे हेर्न पाइन्छ भन्ने थाहा पाउँदा कतिपयलाई अपत्यारिलो लाग्दो हो

सलाम तिमीलाई तमाम शिशिरहरुसधैँ मुटु उनिरहने प्रिय झिरहरुयो घाउ नि सहुँला पुरानो त भर्न देउधन्यवाद जिन्दगी चियर्स मेरा पिरहरु मुक्तककार

हिमाली जिल्ला डोल्पामा १ सय २० हिउँचितुवा भेटिएको छ । डिभिजन वन कार्यालय डोल्पाले शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्ज क्षेत्रमा ९० र

ग्लोबल आइएमई बैंकको क्रेडिट कार्ड बाहकले ६ हजार रुपैयाँमै विदेश भ्रमण गर्न पाउने भएका छन् । ग्लोबल आइएमई बैंक लिमिटेडले