English

दसैं अनुभव

‘नर्सलाई दसैं बिदा भन्दा पनि बिरामीको खुशी प्यारो लाग्छ’



अमृता विश्वकर्मा, नर्स, भक्तपुर अस्पताल

अमृता विश्वकर्मा भक्तपुर अस्पतालकी नर्स हुन् । १६ वर्ष लामो सेवा अवधिमा उनले ३, ४ वटा दसैंमा मात्र बिदा बसेकी छन् । उनलाई दसैंमा बिदा बस्न, परिवारसँग रमाउन मन नभएको कहाँ हो र ? उनले अँगालेको पेसा नै त्यस्तै छ । जहाँ चाडपर्व, रितीरिवाजभन्दा माथि बिरामी हुन्छन् । उनीहरुको सेवामा रातदिन खटिँदा कतिपय महत्वपूर्ण चाडपर्व तिनै बिरामीको सामिप्यमा बिताउन बाध्य हुन्छन् । तैपनि अमृताको कुनै गुनासो छैन । ‘हाम्रो पेसा नै यस्तो हो,’ उनी भन्छिन्, ‘सुरुसुरुमा दसैंमा बिदा नमिल्दा दुःख लाग्थ्यो । तर, अहिले बानी परिसक्यो । दसैंको रमाइलो भन्दा बिरामीको खुशी भएको देख्दा गर्व लाग्छ ।’

अहिले उनी जुनियरलाई दसैंमा घर पठाएर आफू ड्युटी गर्न आउँछिन् । किनकी सुरुसुरुमा आफूले दसैंमा बिदा नपाउँदा भोगेको पीडा सम्झिन्छिन् । तर, मान्छेको मनै हो । सबैकुरा त्याग गरेपनि आफूले रमाउँदै, मनाउँदै आएको परम्परालाई त कहाँ भुल्न सक्छन् र ? त्यसैले अमृतालाई पनि दशैंको टिकाको दिन सबैजना रातो टिका पहेंलो जमरा लगाएर हिँडेको, सामाजिक सञ्जाल तस्बिर पोष्ट देखेपछि कता कता मन खिन्न हुन्छ । ‘कहिले त ड्युटीले गर्दा टिका लगाउनै पाउँदिन,’ उनी भन्छिन्, ‘घरमा टिकाटालो गरेको सम्झँन्छु, फूर्सद भए भिडियो कल गरेर चित्त बुझाउँछु ।

अहिले उनी जुनियरलाई दसैंमा घर पठाएर आफू ड्युटी गर्न आउँछिन् । किनकी सुरुसुरुमा आफूले दसैंमा बिदा नपाउँदा भोगेको पीडा सम्झिन्छिन् । तर, मान्छेको मनै हो । सबैकुरा त्याग गरेपनि आफूले रमाउँदै, मनाउँदै आएको परम्परालाई त कहाँ भुल्न सक्छन् र ? त्यसैले अमृतालाई पनि दशैंको टिकाको दिन सबैजना रातो टिका पहेंलो जमरा लगाएर हिँडेको, सामाजिक सञ्जाल तस्बिर पोष्ट देखेपछि कता कता मन खिन्न हुन्छ । ‘कहिले त ड्युटीले गर्दा टिका लगाउनै पाउँदिन,’ उनी भन्छिन्, ‘घरमा टिकाटालो गरेको सम्झँन्छु, फूर्सद भए भिडियो कल गरेर चित्त बुझाउँछु ।’


उनले अहिलेसम्म पाँच जिल्लामा स्वास्थ्य सेवा गरेको अनुभव हासिल गरिसकेकी छिन् । तर, १६ वर्षको यो अवधिमा आफूले सोचे जस्तो गरि दसैं मनाउन नपाएको उनी सुनाउँछिन् । ‘दसैंको दिन होस् वा अन्य कुनै पर्व घरको सम्झना आउँछ,’ उनी भन्छिन्, ‘कहिले त भक्कानिन्छु तर, सम्हालिनु बाहेक विकल्प छैन ।’

यो पनि पढ्नुहोस् :
भारतबाट नेपाल भित्रिने मानिसको लर्को अझै रोकिएन
दशैंको मुखमा पनि भारत जानेको लर्को उस्तै
चाडपर्वको चहलपहलले बढ्दै कोरोना जोखिम
दसैंमा दुई पाङ्ग्रे किन्ने कि चार ? सुनको एक्कादेखि गाडीसम्म उपहारमै
दसैँका साइत सार्वजनिक, टिकाको शुभ साइत १०ः०२ बजे
दसैंका लागि अग्रिम टिकट बुकिङ खुल्यो, कहाँको भाडा कति ?
सकेन्ड ह्यान्ड कपडा बेचेरै मालामाल, १ सयदेखि ३० हजारसम्मका लुगा (भिडियोसहित)
‘लेहंगा र साडी डिजाइन गर्दैमा फेसन डिजाइनर भइँदैन’
किन झर्छ कपाल ? यी हुन् रोकथामका उपाय



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौँ: नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा।लि।ले बहुप्रतिक्षित इलेक्ट्रिक गाडी प्रोटोन इ.मास ५ को बुकिङ खुला गरेको

इटहरी/ मिसेस पूर्वेली आइकन तेश्रो संस्करणको पहिलो अडिसन इटहरीमा आइतबार सम्पन्न भएको छ । विवाहपछि महिलाका सपना र रहरहरू चुलोचौकोमै

काठमाडौँः नेपालको अग्रणी डिजिटल भुक्तानी सेवा प्रदायक कम्पनी इसेवाले शिखर इन्सुरेन्स बीमा कम्पनीसँगको सहकार्यमा ‘सहारा हेल्थ इन्सुरेन्स’ मार्फत नेपालीहरूको स्वास्थ्य

काठमाडौंः नवीन तथा व्यवहारिक शिक्षालाई प्रवर्धन गर्ने उद्देश्यले संस्कृति इन्टरनेसनल स्कुल (ठूलोभर्‍याङ) र स्थानीय सामुदायिक विद्यालय श्री पञ्चकन्या माध्यमिक विद्यालय

Latest










Popular
Suggested