English

भारतबाट नेपाल भित्रिने मानिसको लर्को अझै रोकिएन



कोरोनाको दोस्रो लहर फैलिएसँगै यतिबेला नेपाल बन्दाबन्दीको अवस्थामा छ । तैपनि संक्रमितको संख्या घट्न सकेको छैन । महामारीमा कतिपय मजदुर बेरोजगार भएर बस्न बाध्य छन् भने कति मजदुर भारत पलायन भइरहेका छन् ।

‘परीक्षणबाट पुष्टि भएका संक्रमितलाई आइसोलेसनमा र एकदमै विरामी भएकालाई अस्पतालमा भर्ना गर्छौं,’ जोशीले भने, ‘नेगेटिभ रिपोर्ट आएकालाई सवारी साधनको व्यवस्था मिलाएर सम्बन्धित ठाउँसम्म पुर्याउने गरिएको छ ।’

निषेधाज्ञा जारी भएपनि नेपालका मुख्य नाकाबाट नियमित सामान ढुवानी र भारतबाट फर्किने नेपालीमा भने कुनै रोक नलगाएको जिल्लाका अधिकारीहरु बताउँछन् । भारतबाट आउने नेपालीको एन्टिजेन बिधिबाट कोरोना परीक्षण गर्ने गरिएको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी शिवराज जोशी बताउँछन् ।

‘परीक्षणबाट पुष्टि भएका संक्रमितलाई आइसोलेसनमा र एकदमै विरामी भएकालाई अस्पतालमा भर्ना गर्छौं,’ जोशीले भने, ‘नेगेटिभ रिपोर्ट आएकालाई सवारी साधनको व्यवस्था मिलाएर सम्बन्धित ठाउँसम्म पुर्याउने गरिएको छ ।’

त्यसो त गौरीफन्टा नाकाबाट नेपाल फर्कने र भारत जानेको चहलपहल रोकिएको छैन । जोशीका अनुसार अहिले पनि भारतबाट दैनिक ५ सय देखि ७ सय जना मानिस नेपाल भित्रिरहेका छन् । यसैगरी यही नाका हुँदै र दैनिक २ देखि ३ सय जना मानिसहरु भारत जाने गरेको जोशी बताउँछन् ।

विराटनगरको नाकाबाट भने नियमित ढुवानी हुने वस्तुमात्र निर्यात भइरहेको छ । यस नाकाबाट मानिसहरुको आवतजावतमा पूर्ण रोक लगाइएको मोरङ्ग जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी शरदकुमार पोखरेल बताउँछन् । ‘आवश्यक सामानको ढुवानी नियमित भएको छ तर मान्छेको आवतजावत पूर्णरुपमा बन्द छ,’ उनले भने ।

सधैको भिडभाड हुने नेपालगन्जको रुपैडिया नाकाबाट नेपाल आउने र भारत जानेको चहलपहल कायमै छ । यस नाकाबाट दैनिक ५ सयजना नेपाल भित्रिने गरेका छन् भने ८ जनाको हाराहारीमा भारत जाने गरेको बाँके जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी दीर्घराज उपाध्याय बताउँछन् ।

काँकाडभित्ताबाट प्रवेश गर्ने प्रत्येकको एन्टिजिन जाँच गर्ने गरिएको छ । यस नाकाबाट दैनिक ३० जना नेपाल प्रवेश गरिरहेका छन् भने १५ जना भारत जाने गरेको प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिनाले जानकारी दिए ।

यस नाकाबाट वैशाख नौ गते यता २५ हजार ५ सय ६६ जना नेपाल भित्रिएका छन् भने २ हजार ३ सय २० जना भारत गएका छन् । यसैगरी रक्सौल नाकामा निषेधाज्ञा जारी भएदेखि विदेशीलाई नाकामा रोक लगाइएको र नेपालीलाई कोरोना जाँच गरेरमात्र प्रवेश गराइएको पर्सा जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी भिमकान्त पौडेलले जनाए ।

काँकाडभित्ताबाट प्रवेश गर्ने प्रत्येकको एन्टिजिन जाँच गर्ने गरिएको छ । यस नाकाबाट दैनिक ३० जना नेपाल प्रवेश गरिरहेका छन् भने १५ जना भारत जाने गरेको प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिनाले जानकारी दिए ।

यसरी सरसर्ती हेर्दा नेपालका मूख्य नाकाबाट अझै पनि भारतबाट नेपाल भित्रिने मानिसहरुलाई रोक्न सकिएको छैन । जसले गर्दा कोरोना संक्रमणको जोखिम झन् झन् बढीरहेको छ ।



सम्बन्धित खबरहरु

एभरेस्ट क्षेत्रमा बढ्दो फोहोर व्यवस्थापन चुनौतीलाई सम्बोधन गर्न WWF नेपाल र सगरमाथा प्रदूषण नियन्त्रण समिति (SPCC) ले “स्वच्छ सगरमाथा: स्वच्छ

सुनसरी, मंसिर २२ गते ।सुनसरीको रामधुनी नगरपालिका-२ का सिटी रिक्सा चालक ४५ बर्षीय दिनेश कुमार चौधरीलाई असोज २५ गते बेलुकी

काठमाडौ । गीत संगीतमा केही नयाँपन दिँदै उडाइरहेका प्रशासक अशोक विष्ट ‘मिठो मिठो बोली’ नामक गीत लिएर बजारमा आएका छन्

नेपाली समाज टेक्सास (एनएसटी) को आगामी कार्यकालका लागि अध्यक्ष पदका उम्मेदवार जनक भण्डारीको समूहले ड्यालस–फोर्ट वर्थ क्षेत्रमा कार्यरत पत्रकारहरूसँग एक

Latest










Popular
Suggested