English

अभिनेत्री दीपिका प्रसाईंको नजरमा पढ्नै पर्ने ३ पुस्तक



चलचित्र ‘ऐश्वर्य’ बाट सिने क्षेत्रमा डेब्यु गरेकी अभिनेत्री दीपिका प्रसाईंले छोटो समयमै धेरै चर्चा पाएकी छिन् । उत्कृष्ट अभिनय तथा सुन्दर व्यक्तित्वकी धनी प्रसाईं फूर्सदको समय पुस्तक पढेर बिताउन रुचाउँछिन् । उसो त उनले थुप्रै उत्कृष्ट पुस्तकहरु पढिसकेकी छिन् । उनीजस्तै पुस्तकप्रेमीलाई फर्सदको समयमा पुस्तक पढेर समय बिताउने चाहना पनि हुन सक्छ । तिनै पुस्तकप्रेमीका लागि अभिनेत्री प्रसाईंको सिफारिसका पुस्तक यी हन् ः

पल्पसा क्याफे

नारायण वाग्लेद्वारा लिखित ‘पल्पसा क्याफे’ नेपाली साहित्यमा नयाँ आयाम बोकेको उपन्यास हो । यसमा तत्कालीन माओवादी जनयुद्ध, राजदरबार हत्याकाण्ड र त्यसले आमसर्वसाधारणमा पारेको असर र विद्यमान सामाजिक अवस्थिती जस्ता समसामयिक बिषय समावेश गरिएको छ । वाग्लेको लेखनशैलीले पनि मलाई यो कृति मनपर्छ ।

द अल्केमिस्ट

पाउलो कोएलोको ‘द अल्केमिस्ट’ मैले पढेको पुस्तकहरु मध्ये मलाई एकदमै मन परेको पुस्तक हो । पाउलोको भाषा बुझ्न एकदमै सजिलो छ । यो पुस्तकलेसपना देख्न सिकाउँछ । पुस्तक पढ्दै जाँदा कतिबेला भावमा डुबिन्छ पत्तै हुँदैन ।

सेलिब्रेटिङ अफ फिमेल स्प्रीट

ओशोको ‘सेलिब्रेटिङ अफ फिमेल स्प्रीट’ पुस्तक पनि मलाई असाध्यै मन पर्छ । यो महिलाको स्वतन्त्रताको विषयमा लेखिएको पुस्तक हो । महिलाले गर्न हुने नहुने कामहरु देखि लिएर सबै कुरालाई यसमा समेटिएको छ । महिलाको लाइफस्टाइल र महिलाहरुले भोगेको हरेक कुरा यो पुस्तकमा अटाएको छ ।

यो पनि पढ्नुहोस् ।

गौरी मल्लको नजरमा पढ्नै पर्ने ३ पुस्तक
सुबिन भट्टराईको नजरमा पढ्नै पर्ने ३ पुस्तक
गायिका इन्दिरा जोशीको नजरमा पढ्नै पर्ने ३ पुस्तक
अभिनेत्री सरिता लामिछानेको नजरमा पढ्नै पर्ने ३ पुस्तक
अभिनेत्री केकी अधिकारीको नजरमा पढ्नै पर्ने ३ पुस्तक
अभिनेत्री वर्षा शिवाकोटीको नजरमा बढ्नै पढ्ने ३ पुस्तक

अभिनेत्री कृति भट्टराईको नजरमा पढ्नै पर्ने ३ पुस्तक



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौं — भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको खोज, उद्धार, राहत तथा पुनर्स्थापनाका लागि एनआईएमबी एस क्यापिटल लिमिटेड र

काठमाडौँ । ट्रयाक खोलिएको २५ वर्षसम्म पनि नुवाकोट-रसुवा वैकल्पिक राजमार्ग कालोपत्र नहुँदा स्थानीयले सास्ती पाएको भन्दै भौतिक पूर्वाधार विकास मन्त्री

काठमाडौं । प्रवासमा रहेर पनि नेपाली गीत–संगीतको क्षेत्रमा निरन्तर योगदान पुर्‍याउँदै आएकी कलाकार तथा समाजसेवी जेनीषा गौतम ‘चौथो राष्ट्रिय ब्राण्ड

काठमाडौं । लोककल्याणकारी विज्ञापनको रकम कटौती गर्ने सरकारी निर्णय फिर्ता गराउन नेपाल पत्रकार महासंघ काठमाडौं शाखाद्वारा गठित छापा माध्यम बचाउ

Latest










Popular
Suggested