English

छुल्ठिमका फ्यान: अँगालो हालेर भाबुक हुनेदेखि माया गर्छु भन्नेसम्म



नेपाली सिने नगरीकी अभिनेत्री हुन्– छुल्ठिम गुरुङ । नोभेम्बर रेन, डायरी लगायतका चलचित्रमा अभिनय गरिसकेकी गुरुङले थुप्रै फ्यान कमाएकी छन् । तिनै फ्यानहरुका बारेमा उनी यसरी खुलिन् ।

गाडीको पछि–पछि दौडने ती अनौठा फ्यान

करिब ५ वर्ष अघिको कुरा हो डायरी फिल्मको सुटको लागि ४ जनाको टिम काठमाडौँ बाट बिर्तामोड जाँदै थियौं । काठमाडौँबाट इटहरी पुग्दा नै रात परिसकेको थियो । त्यसैले हामीले बाटो बिर्सियौँ कताबाट बिर्तामोड पुगिन्छ होला भनेर हामी अलमल्ल परिरहेका थियौँ । त्यहीबेला एकजना व्यक्तिलाई बिर्तामोड जाने बाटो कता हो भनेर सोध्यौं । ती व्यक्तिले बाटो पनि देखाइदिए । उनलाई धन्यवाद भनेर हामी गन्तव्य तिर लाग्यौ । एकछिन पछि त ती व्यक्ति दौडदैँ गाडीको पछि पछि आए के भयो होला भनेर हामीले गाडी रोक्यौ । उनले मतिर हेर्दै भने तपाई छुल्ठिम गुरुङ हैन म तपाईको ठूलो फ्यान हुँ । फोटो खिचौँन भनेर अनुरोध गर्नु भयो । रातको समयमा पनि उहाँ त्यसरी मलाई चिनेर गाडीको पछि दौडदै आएर फोटो खिच्न अनुरोध गरेको देख्दा अचम्म लाग्यो । फ्यानको माया देखेर खुशी पनि लाग्यो ।

आँखाको कोठीले मलाई चिन्ने फ्यान

करिब ३ वर्ष अघिको कुरा हो सपिङको लागि म नक्साल भाटभटेनी गएको थिएँ । त्यहाँ एक जना महिलाले मलाई एकदमै याद गरेर हेरिरहनु भएको थियो । प्रदुषण तथा धुलोको कारणले मास्क लगाएर हिँड्ने चलन सुरु भईसकेको थियो । त्यसैले मैले मास्क लगाएको थिएँ । सपिङ सकाएर म काउन्टरमा पुगेको मात्र थिए ति महिला मेरो नजिक आएर तपाई छुल्ठिम गुरुङ हैन भनेर सोध्नु भयो । मैले हो भनेँ । उहाँले भन्नुभयो ‘मैले तपाईको सबै फिल्म, भिडियो र इन्टरभ्यु हेरेको छु नि म तपाईको ठुलो फ्यान हो ।’ मैले तपाईलाई कसरी चिने थाहा छ भनेर उहाँले सोध्नु भयो । मैले खै तपाई नै भन्नुस् भनेँ, उनले भनिन्, ‘तपाईको आँखाको कोठीले चिनेँ’ भन्नुभयो । उहाँको कुरा सुनेर अचम्म लागेको थियो ।

अँगालो हालेर भावुक हुने फ्यान

फिल्मको सुटिङकै लागि म पोखरा गएको थिएँ । पोखरा एयरपोर्टको अगाडी एउटा थकाली रेष्टुरेन्ट छ हामी त्यहाँ थियौं । त्यहाँ पुग्ने बित्तिकै एकजना बहिनी आएर मलाई झ्याप्पै हग गर्नु भयो र भन्न थाल्नु भयो मैले तपाईको फिल्म हेरेको छु मलाई तपाई एकदमै मन पर्छ । त्यती भनेर उहाँ भावुक हुनु भयो । एकछिन पछि एउटा कुरा भन्छु नरिसाउनुस् है भनेर सोध्नु भयो मैले हुन्छ भन्नुस् न भनेँ । मैले तपाई एकदमै अग्ली हुनुहुन्छ भनेर सोचेकी थिएँ । तपाईको हाइट त त्यति धेरै अग्लो रहेनछ है क्युट हुनुहुँदो रैछ भन्नु्भयो ।

घरिघरि फोन गरेर माया गर्छु भन्ने फ्यान

एकजना फ्यान पनि मलाई अलि अनौठो लाग्छ । उहाँ युकेमा हुनुहुन्छ । उहाँले फोन गर्नु भयो र सुरुमा राम्ररी नै बोल्नु भयो हालखबर सोधेर अलि अलि कुरा गरे पछि तपाईलाई धेरै मन पराउँछु माया गर्छु भन्न थालिहाल्नु भयो । त्यसपछि मैले फोन काटिदिएँ फेरि लगातार म्यासेज गर्नुभयो । उहाँको नम्बरलाई नै मैले ब्लक लिस्टमा राखेँ । त्यसको एक दुई महिना पछि फेरि उहाँले नम्बर चेन्ज गरेर फोन गर्नु भयो । त्यो नम्बर पनि ब्लक लिस्टमा राखेँ । फेरि अर्को नम्बरबाट पनि गर्नु भयो त्यो नम्बर पनि अहिले बल्क लिस्टमै छ ।

ओमनको एयरपोर्टमा रोकेर फोटो खिच्ने फ्यान

एउटा कार्यक्रमको लागि ओमन गएको थिएँ । फ्लाइटको लागि ढिला भइसकेको थियो । कार्यक्रम सकाएर नेपाल फर्किने क्रममा ओमन एयरपोर्टमा काम गर्ने एक जना नेपालीसँग भेट भयो । उहाँले नजिक आएर तपाईको फिल्म हेरेको छु मलाई तपाई एकदमै राम्रो लाग्छ भन्नुभयो । तपाईसँग भेट होला भन्ने सोचेकै थिइन भनेर खुशी हुनु भयो फोटो खचौँ भनेर फोटो खिच्न थाल्नु भयो । उहाँ यति धेरै खुशी भएको देखेर म भावुक भएको थिएँ ।

यो पनि पढ्नुहोस् :
ज्योती भन्छिन्– ‘फ्यानले ओठमा किस गर्दा बान्ता आयो’
सोनिकाका फ्यान– सुनको सिक्री गिफ्ट दिनेदेखि झम्टेर रुनेसम्म
विराट भट्टका फ्यानः मोवाइल फुटाउनेदेखि घरका भित्ताभरि फोटो टाँस्नेसम्म
म्याकुरीका फ्यान : सेल्फी खिच्न ओभरटेक गर्नेदेखि प्रहरी चौकी पुर्याउनेसम्म
मोडल सरोज अधिकारीका फ्यान: ढोकामा कुर्ने देखि, प्रेमप्रस्ताव राख्नेसम्म
दुर्गेश थापाका ५ अनौठा फ्यान
खुइलीका फ्यान– बुहारी बनाउनेदेखि कोठा भाडा तिरिदिन्छु भन्नेसम्म
आश्माका फ्यान : प्रेमप्रस्ताव राख्नेदेखि आश्मा चाहियो भन्दै रुनेसम्म
अभिनेता विपिन कार्कीका ४ अनौठा फ्यान



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

एक साँझ हामी सूर्यास्त अवलोकन गर्न हेग शहरको अत्याधिक प्रसिद्ध समुन्द्रतट स्केभनिनगन गएका थियौँ । हाम्रो टोलीमा इटाली, फ्रान्स, नर्वे,

काठमाडौंबाट करिब १ सय १० किलोमिटरको दूरीमै नेपालको राष्ट्रिय चरा डाँफे हेर्न पाइन्छ भन्ने थाहा पाउँदा कतिपयलाई अपत्यारिलो लाग्दो हो

सलाम तिमीलाई तमाम शिशिरहरुसधैँ मुटु उनिरहने प्रिय झिरहरुयो घाउ नि सहुँला पुरानो त भर्न देउधन्यवाद जिन्दगी चियर्स मेरा पिरहरु मुक्तककार

हिमाली जिल्ला डोल्पामा १ सय २० हिउँचितुवा भेटिएको छ । डिभिजन वन कार्यालय डोल्पाले शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्ज क्षेत्रमा ९० र