English

प्रकाश सपुतको नजरमा पढ्नै पर्ने ३ पुस्तक



गायक प्रकाश सपुत पुस्तक प्रेमी व्यक्ति हुन् । उनले धेरै उत्कृष्ट पुस्तकहरु अध्ययन गरिसकेका छन् । कोरोना संक्रमणको दोस्रो लहरले गर्दा यतिबेला निषेधाज्ञा छ । सबै मानिसहरु घरभित्रै छन् । पुस्तक पढेर पनि समय कटाउन सकिन्छ । अब कस्तो किताब पढ्ने भन्ने दुबिधामा हुनुहुन्छ भने गायक सपुतको सिफारिस यस्ता छन्:

शिरिषको फूल

मैले शिरिषको फूल कक्षा ८ मा हुँदा पढेको थिएँ । मैले पहिलोपटक पढेको उपन्यास भएर पनि होला यसले असाध्यै मन छोयो । त्यसमा वर्णन गरिएका पात्र, यस पुस्तकमा परिभाषित गरिएको प्रेम सबै कुरा उत्कृष्ट लाग्छ । यो पुस्तकको मनपर्ने लाइनहरु कण्ठ पारेर म अरुलाई सुनाउँथे त्यसैले पनि मलाई यो पुस्तक सधै प्रीय लाग्छ । त्यसैले यो निषेधाज्ञाको समयमा शिरिषको फूल पढ्न सुझाव दिन्छु ।

मुनामदन

महाकवि लक्ष्मीप्रसाद देवकोटाको लोकप्रिय पुस्तक मुनामदनको सरल भाषाले गर्दा सबै उमेरसमूहको प्रिय बनेको छ । महाकवि देवकोटाले यस पुस्तकमा प्रयोग गर्नुभएको भाषा शैली विषयवस्तु अहिले पनि हाम्रो समाजसँग मिलिरहेको छ । नेपाल र नेपालीहरुको भावनालाई यस पुस्तकमा समावेश गरिएको छ । बोल माया बोलको गीत मैले यही पुस्तकको आधारमा रहेर निर्माण गरें । त्यसैले यो पुस्तक पनि मलाई प्रिय लाग्छ ।

घुम्ने मेच माथि अन्धो मान्छे

कविता पारखीहरूले भूपी शेरचनको घुम्ने मेचमाथि अन्धो मान्छे संग्रह पढ्न छुटाउनु हुन्न भन्ने लाग्छ । मैले कविताको रुपमा पढेको पहिलो कविता संग्रह हो यो । शब्दमा यति धेरै पावर हुन्छ भन्ने कुरा मैले यो पुस्तक पढे पछि थाहा पाएँ । शब्दहरुसँग पनि यसरी खेल्न सकिन्छ भन्ने कुरा मैले यो पुस्तकबाट सिकेँ । त्यसैले मलाई यो पुस्तक पनि असाध्यै राम्रो लाग्छ ।

यो पनि पढ्नुहोस्
गायिका एलिनाको नजरमा पाँच पुरुष
यस्ता हुन्छन् टाइफाइडका लक्षण कसरी बच्ने ?
हङकङमा कोरोनाको प्रभाव, न्यूनीकरण र रोकथामका प्रयास
बोर्ड भन्छ, ‘कक्षा १२ को परीक्षा हुन्छ तर, टुंगो लागेको छैन’
ग्यास र खाद्यान्नमा २० प्रतिशत छुट कसरी लिने ? कहाँ–कहाँ पाइन्छ ?



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

सगरमाथाको साहस, संघर्ष, सपना र बदलिँदो हिमाली वातावरणको कथा प्रस्तुत गर्ने नेपाली वृत्तचित्र ‘रोड टु एभरेस्ट’ को नेपाल प्रिमियर शनिबार

समुद्री सतहदेखि विश्वको सर्वोच्च शिखरसम्मको वास्तविक यात्राको शक्तिशाली झलक विश्वको सर्वोच्च शिखर सगरमाथाको साहस, रहस्य, चुनौती र जलवायु परिवर्तनको प्रभावलाई

काठमाडौं। विश्वप्रसिद्ध प्रविधि कम्पनी शाओमीले आकर्षक डिजाइन, लामो ब्याट्री क्षमता, उन्नत स्वास्थ्य निगरानी तथा खेलकुदसम्बन्धी स्मार्ट सुविधासहितको नयाँ Xiaomi Watch

सुशील सुवेदी१९ साउन , स्याङ्जावालिङ नगरपालिकाका किसानले अब आफ्ना तरकारी तथा कृषि उपज बोकेर बजार धाउनुपर्ने बाध्यता अन्त्य हुने भएको

Latest










Popular
Suggested