बोर्ड भन्छ, ‘कक्षा १२ को परीक्षा हुन्छ तर, टुंगो लागेको छैन’



दोस्रो लहरको कोराना संक्रमण बढेसँगै देशभरका शैक्षिक संस्थाहरु बन्द छन् । इन्टरनेटको पहुँच भएका विद्यार्थी र शैक्षिक संस्थामा अनलाइनमार्फत पठनपाठन भइरहेको छ । गत वर्ष जस्तै एसईईको नतिजा आन्तरिक मूल्याङ्कन हुने भएको छ । तर, कक्षा १२ को भने हालसम्म टुंगो लागिनसकेको राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष प्रा.डा. चन्द्रमणी पौडेल बताउँछन् ।

त्यसो त कक्षा १२ का विद्यार्थीहरुमा चिन्ता र दुविधा दुवैले गाँजेको छ । यसवर्ष करिव चार लाख विद्यार्थी कक्षा १२ को परीक्षाको तयारीमा छन् । राम्रो पढ्ने विद्यार्थीलाई कतै एसईई जस्तै आन्तरिक मूल्याङ्कन त हुने होइन भन्ने विषयमा चिन्ता छँदै छ । त्यसबारे बोर्ड र मन्त्रालयलले यसबारे कुनै चसो नदिँदा झनै चिन्ता थपिएको कक्षा १२ मा अध्ययनरत विद्यार्थी शाहस मगर बताउँछन् ।

‘परीक्षाको समय निश्चित नहुँदा पढाई प्रति लगाव र मेहनत कम हुने रहेछ,’ उनी भन्छन्, ‘परीक्षामा सोचे जस्तो नतिजा हासिल गर्न नसक्ने हो कि भन्ने कुराले चिन्ता लाग्छ ।’ परीक्षापछि उनको लक्ष्य भनेको सिङ्गापु प्रहरीमा भर्ती हुने हो । तर, यसरी परीक्षा हुने नहुने अन्योलले छोेराछोरीको भविष्यको चिन्ता पर्न थालेको शाहसकी सानिमा प्रतिष्ठा मगर बताउँछिन् ।

‘यस क्षेत्रमा उमेरको ठूलो महत्व हुन्छ, त्यसकारण परीक्षा कहिले र कसरी हुनेबारे सरकारले निर्णय गर्न नसक्दा छोराको भविष्यप्रति चिन्ता लाग्न थालेको छ’ उनी भन्छिन्, ‘त्यसैले सम्बन्धित निकायले यसबारे छिटो निर्णय गरिदिए ढुक्क हन्थ्यो ।’

यसैगरी कक्षा ११ मा पढ्ने विद्यार्थीको परीक्षा स्थानीय तहले लिने भनिएको छ । तर सम्बन्धित निकायले यसबारे त्यति चासो देखाएको छैन । हालको परिस्थिति र अनलाइन कक्षाको पढाईको भरमा परीक्षा लिनु उचित नरहेको कक्षा ११ की इन्दिरा लोथ्याल बताउँछिन् । ‘प्रक्रिया मात्र पूरा गर्नका निम्ति अनलाइन कक्षाकै भरमा परीक्षा लिनुले विद्यार्थीको मूल्याङ्कन राम्रो हुँदैन,’ उनी भन्छिन्, ‘ अनलाइन कक्षाको पर्फमेन्सको आधारमा मूल्याङ्कन गर्नु उचित हुन्छ ।’

भौतिक कक्षामा पढे जति अनलाइन कक्षामा पढाउँदा विद्यार्थीहरुको ध्यान नहुने भएकाले समय–समयमा कक्षामा टेष्ट लिइरहनु पर्ने र समय अनुकुल भएमा विद्यार्थी आन्तरिक मूल्याङ्कन नगरी परीक्षा नै लिनु पर्ने इन्दिराकी दिदी सगुन लोथ्याल बताउँछिन् । ‘अनलाइन कक्षामा भौतिक कक्षामा जस्तो विद्यार्थीको ध्यान हुँदैन त्यस कारण समय–समयमा युनिट टेष्ट लिइ रहनुपर्छ’, उनी भन्छिन्, ‘अहिले परीक्षा लिने स्थिति छैन तर समय सहज भएपछि परीक्षा गरेर नै मुल्याङ्कन गर्नु पर्छ ।’

कक्षा १२ को परीक्षाबारे विद्यार्थी र अभिभावक चिन्तित रहे पनि यस विषयमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र राष्ट्रिय परीक्षा बोर्ड मौन छ । कक्षा ११ को परीक्षा स्थानीय तहलाई जिम्मा दिइएको र १२ को परीक्षाबारे अहिलेसम्म कुनै निर्णय नभएको बोर्डका अध्यक्ष प्रा.डा. चन्द्रमणी पौडेल बताउँछन् । ‘कक्षा १२ को परीक्षा पाठ्यक्रम अनुसार लिखित नै हुन्छ, अहिलेसम्मको निष्कर्ष यही छ,’ उनले भने, ‘परिस्थिति हेरेर साउनसम्म परीक्षा लिने सोचाई छ तर परीक्षाबारे कुनै निर्णय भएको छैन । परीक्षा चाहिँ हुन्छ ।’

यसैगरी कक्षा १२ परीक्षाको विषयमा मन्त्रालयमा कुनै पनि निर्णय नभएको शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयका प्रवक्ता दीपक शर्मा बताउँछन् । उनी भन्छन्, ‘परिस्थिति हेरेर परीक्षा लिन्छौँ ।’

ग्यास र खाद्यान्नमा २० प्रतिशत छुट कसरी लिने ? कहाँ–कहाँ पाइन्छ ?



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

विगत केही दशकहरूमा हाम्रो वातावरणमा जसरी प्रदूषण बढ्दै गइरहेको छ, त्यो वर्तमानका लागि मात्र होइन भविष्यका लागि पनि धेरै हिसाबले

यस धर्तीमा यस्ता रहस्य छन्, जसको बारेमा वैज्ञानिकले पनि आजसम्म पत्ता लगाउन सकेका छैनन् । संसारभरका नदी र तालहरूमा धेरै

घरबाहिर तथा बैठक कोठालाई सजाएर राख्दा घरको वातावरण सकारात्मक मात्रै होइन, तपाईंलाई एउटा फरक छवि पनि दिने गर्छ । घरभित्रको

मानव जीवनको सुरक्षाका लागि वातावरणलाई सुरक्षित राख्नुपर्छ । आधुनिकतातर्फ अघि बढिरहेको विश्वमा विकासको बाटोमा हामीले पृथ्वी र वातावरणका लागि घातक