English

वर्षा याममा लाग्ने रोगबाट कसरी बच्ने ? यस्ता छन् डाक्टरको सुझाव !



डा.वासुदेव पाण्डे ।

वर्षा याममा झाडापखाला, टाइफाइड, फूड पोइजन, डेंगु जस्ता रोगले सताउँछन् । तर, कोरोना भाइरसका कारण अहिले ति रोगहरुमा हामीले त्यति ध्यान दिएका छैनौँ । वर्षायाम सुरु भएसँगै बिरामीहरुको संख्या बढ्ने गर्छ । भाइरल ज्वरो, झाडापखाला, डेंगु, मलेरिया जस्ता रोग वर्षायाममा प्रकोपकै रुपमा फैलिरहेको हुन्छ । दुई वर्ष अघि मात्र पनि डेंगु प्रकोपको रुपमा फैलिएको थियो ।

अन्य समय भन्दा वर्षायाममा बर्सेनी बिरामीको संख्या बढ्नुको कारण के हो ? र यस्ता रोगहरुबाट बच्न कस्तो सावधानी अपनाउन सकिन्छ भन्ने विषयमा डा. वासुदेव पाण्डेको सुझाव यस्तो छ :

डेंगु

एडिस जातिको संक्रमित पोथी लामखुट्टेको टोकाईबाट डेंगु लाग्छ । डेंगु भएमा आँखाको गेडी तथा आँखाको पछिल्लो भाग दुख्ने, असाध्यै टाउको दुख्ने तथा वाकवाकी लाग्ने, शरीर दुख्ने तथा आलस्य बढ्ने, शरीरमा बिमिरा आउने, रक्तश्राव हुने, शरीरमा रगत जमेको दागहरू देखिने जस्ता लक्षण देखा पर्छन् ।

औलो

औलो पनि लामखुट्टेकै टोकाइबाट लाग्ने रोग हो । यो रोग संक्रमित पोथी एनफिलिज लामखुट्टेकोे टोकाइबाट सर्ने गर्छ । औलो संक्रमित बिरामीलाई एकदमै जाडो अनुभव हुने, काम ज्वरो आउने, अत्याधिक पसिना आउने, टाउको दुख्ने, बान्ता हुने, शरीर दुख्ने, ज्वरो आउने जस्ता लक्षण देखिन्छन् । यो रोग लामखुट्टेले टोकेर परजीवीहरू शरीरमा प्रवेश गरेको सामान्यतया १० देखि १५ दिनभित्रमा लक्षण देखिन सुरु हुन्छ ।

झाडापखाला

यस्ता रोग विभिन्न किसिमका जीवाणु, प्रोटोजोआ, भाइरस आदिका कारण लाग्छ । शरीरमा पानी सुकेर सुक्खापन, बेहोश र अर्धचेत हुने समस्या देखिन्छ । समयमा उपचार नपाए मानिसको मृत्यु पनि हुनसक्छ । यस्ता रोग लागे पखालामा चौलानी जस्तो दिसा पटकपटक आउँछ ।

हेपाटाइटिस ( ए र इ )

दूषित पानी खानाले हेपाटाइटिस ए र इ को संक्रमण हुन सक्छ । बिरामीलाई पखाला लाग्ने, वान्ता आउने, पेट पोल्ने, ज्वरो आउने, टाउको दुख्ने, केही समयपछि आँखा पहेँलो हुने र कहिलेकाही कलेजोका समस्या पनि देखिन्छन् ।

फूड पोइजनिङ

खाना खाएको केही घण्टामै पेट दुख्ने र पटकपटक वान्ता हुने, ज्वरो आउने र छाला चिलाउने समस्या देखिनुलाई ‘फूड पोइजनिङ’ भनिन्छ । यस्तो लक्षण देखिएमा प्रशस्त पुनर्जलीय झोल, नुनिलो खानेकुरा खानुका साथै सकेसम्म चाँडै अस्पताल जानुपर्छ ।

टाइफाइड

गर्मी मौसममा टाइफाइड हुने सम्भावना पनि त्यतिकै हुन्छ । यो रोग पनि दूषित पानी र दूषित खानेकुराबाटै हुन्छ । साल्मोनेला टाइफी तथा टाइफी ब्याक्टेरियाले यो रोग लाग्छ । यो रोगको सुरुवाती लक्षण ज्वरो हो । सुरु–सुरुमा उच्च ज्वरो आउने, पेट दुख्ने, पखाला लाग्ने, शरीर कमजोर हुने, खोकी लाग्ने, खान मन नलाग्ने, कसै–कसैमा शरीरमा गुलावी खालको बिमिरा आउने जस्ता लक्षण देखा पर्छन् ।

वर्षा याममा लाग्ने रोगहरुबाट बच्न अपनाउनु पर्ने सावधानी:

१. पानी राम्रोसँग उमालेर र शुद्धिकरण गरेर मात्र पिउने ।

२. सधैं खाना बनाउनुअघि, खाना खानु अगाडि, दिसा पिसाब तथा अन्य काम गरिसकेपछि साबुन पानीले हात धुने ।

३. पानीको मुहान वरिपरि तारजाली लगाउने र फोहोर हुन नदिने ।

४. सढेगलेका बासी तथा काँचो, बजारमा माखा भन्केको, क्यानमा राखेको खानेकुरा नखाने ।

५. खाना राम्ररी पकाएर मात्र खाने ।

६. फलफूल तथा काँचो खानेकुराहरु सफा पानीले पखालेर सेवन गर्ने ।

७. सतही तथा जमिनको पानीको शुद्धता सम्बन्धित निकाएमा गएर चेक गराएर मात्र खाना बनाउन वा खान प्रयोग गर्ने । साथै दुषित देखिएमा क्लोरिनको प्रयोग गरी शुद्ध बनाइ प्रयोग गर्ने ।

८. कीटजन्य रोगबाट बच्न घर वरपर सरसफाइ गर्ने ।

९. लामखुट्टेले फुल पार्ने ठाउँ तथा पानी जम्मा हुने ठाउँ जस्तै– बाल्टी , ट्याङ्की आदि ढाकेर राख्ने ।

१०. लामखुट्टे तथा अन्य कीटबाट जोगिन लामो बाहुलावाला कपडा लगाउने, शरीर ढाक्ने, अनावश्यक साँझ राति बाहिर नजाने, जानै परे लामखुट्टे भगाउने क्रिम लगाउने, झुलको प्रयोग गर्ने, घरभित्र कीटनाशक झोल छर्ने, जम्मा भएको पानीमा लामखुट्टेको लार्भा खाने माछा पाल्ने,पानीको स्रोत ढाक्ने ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौंः नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा.लि.ले सोल्टी काठमाडौँमा विशेष सार्वजनिकिकरण समारोह आयोजना गर्दै नयाँ प्रोटोन इ.मास

काठमाडौं । नेपालमा बजाज मोटरसाइकलको आधिकारिक वितरक एचएच बजाजले ग्राहकलाई मोटरसाइकल खरिद अझ सहज र किफायती बनाउन हुलास फिनसर्भ हायर

उदीयमान गायक आदित्य श्रेष्ठको पहिलो मौलिक गीत ‘बाचा’ सार्वजनिक भएको छ। प्रेम, दूरी, विश्वास र सपनाको भावनात्मक कथा बोकेको यस

काठमाडौँ: नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा।लि।ले बहुप्रतिक्षित इलेक्ट्रिक गाडी प्रोटोन इ.मास ५ को बुकिङ खुला गरेको

Latest










Popular
Suggested