ग्यास र खाद्यान्नमा २० प्रतिशत छुट कसरी लिने ? कहाँ–कहाँ पाइन्छ ?



साल्ट ट्रेडिङ कर्पोरेसन र खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले ग्यास तथा खाद्यान्नको मूल्यमा २० प्रतिशतले छुट दिएको छ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बजेट भाषणमा २०७८–०७९ को आयव्ययको बजेट वक्तव्यको राहत सहुलियत र आर्थिक पुनरुत्थान कार्यक्रमको बुँदा नं ५५ मा खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडबाट बिक्री हुने वस्तुमा २० प्रतिशत छुट दिने घोषणा गरेका थिए । यो छुट निषेधाज्ञा अवधिभर शुक्रबारबाट लागू भएको छ ।

के–केमा कति छुट ?

साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले पिठो, चिनी, नून, भटमासको तेल र खाना पकाउने ग्याँस (एसटीसी) मा सरकारको घोषणाअनुसार २० प्रतिशतले छुट दिएको हो । यो पाँच जनासम्मको परिवारलाई एक महिनामा उपलब्ध गराउने सामानको विवरण हो । पाँचजनाको परिवारले एक महिनामा पिठो २ केजी, चिनी २ केजी, नून २ केजी, भटमासको तेल १ लिटर र खाना पकाउने ग्याँस (एसटीसी) १ सिलिण्डर परिमाणमा पाउने लिमिटेडका विभागीय प्रमुख सबल रिजाल बताउँछन् ।

यसरी उक्त परिमाणका सामानहरुको छुट पछिको बिक्री मूल्य पिठो प्रतिकेजी ४४ रुपैयाँ, चिनी प्रतिकेजी ६३ रुपैयाँ २० पैसा, नून प्रतिकेजी १६ रुपैयाँ, भटमासको तेल प्रति लिटर १ सय ८८ रुपैयाँ र खाना पकाउने ग्यास प्रति सिलिण्डर १ हजार १ सय २० रुपैयाँ रहेको छ । एसटीसी ग्याँस भने काठमाडौं उपत्यकामा मात्रै उपलब्ध रहेको र खाली सिलिण्डर एसटीसी ब्राण्डको नै सोधभर्ना गर्नुपर्ने सूचनामा जनाइएको छ ।

‘यो छुट निषेधाज्ञा अवधिभर देशैभर लागू हुनेछ,’ रिजाल भन्छन्, ‘यो मोबाइल भ्यानहरुमा बेच्दै हिँड्ने भन्ने होइन, जहाँजहाँ साल्ट ट्रेडिङको सेल्स काउण्टर खोलेको छ, त्यहाँबाट लिन सकिन्छ ।’

जसका लागि नागरिकताको फोटोकपी, त्यसमा आफ्नो घरपरिवारको नाम उल्लेख हुने प्रमाणपत्र लिएर सेल्स काउण्टरमा जानुपर्छ । विशेष गरेर काठमाडौं उपत्यकामा कालीमाटी, सतुंगल, कोटेश्वर, भक्तपुर, पाटन र काभ्रेपलाञ्चोक जिल्लाको बनेपामा सेल्स काउण्टर रहेको छ । निषेधाज्ञा अवधिभर माथि उल्लेखित सामान देशभरमा रहेका साल्ट ट्रेडिङका सेल्स काउण्टरबाट सहजै पाउन सकिने रिजालले बताए ।

छुट सुविधामा प्राप्त हुने चामल प्याकिङको अवस्थाअनुसार अधिकतम ३० केजी र कर्णालीको सिमी बढीमा दुई केजी मात्र प्रति परिवारका दरले उपलब्ध हुनेछ । साथै, छुट सुविधाको खाद्य वस्तु खरिद गर्दा सम्पर्क नम्बरसहित पहिचान खुल्ने कुनै कागजात उपलब्ध गराउनुपर्नेछ ।

त्यस्तै नेपाल खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले पनि निषेधाज्ञा अवधिभरका लागि चामलम (अरुवा मोटा चामल, अरुवा मकवानपुर, अरुवा सोना मसिनो, स्टिम सोना मसिनो, अरुवा मध्यम, स्टिम रन्जित, स्टिम जिरा मसिनो चामल) र कर्णालीको सिमीमा साविक कायम बिक्री मूल्यमा २० प्रतिशत छुट दिने व्यवस्था मिलाइएको कम्पनीकी सूचना अधिकारी सर्मिला न्यौपानेले बताउँछिन् ।

‘खाद्यले बासमती र मार्सी बाहेकका चामलमा २० प्रतिशतले छुट दिनेछ र यो निषेधाज्ञाको अवधिभर लागू हुन्छ,’ उनी भन्छिन्, ‘दाल चिनी भने साल्ट ट्रेडिङबाट बेचिरहेको भएकाले त्यसमा छुट दिन सक्दैनौँ ।’

छुट सुविधामा प्राप्त हुने चामल प्याकिङको अवस्थाअनुसार अधिकतम ३० केजी र कर्णालीको सिमी बढीमा दुई केजी मात्र प्रति परिवारका दरले उपलब्ध हुनेछ । साथै, छुट सुविधाको खाद्य वस्तु खरिद गर्दा सम्पर्क नम्बरसहित पहिचान खुल्ने कुनै कागजात उपलब्ध गराउनुपर्नेछ ।

अरुवा सोना मसिनो ३० केजीको बोरोको मूल्य पहिला १ हजार ५ सय ९० रुपैयाँ थियो भने अहिले २० प्रतिशत छुट दिएर १ हजार २ सय ७२ मा बिक्री भइरहेको छ । त्यस्तै अरुवा मकवानपुर (३० केजी) पहिला १ हजार ५ सयमा बिक्री हुन्थ्यो भने अहिले १ हजार २ सयमा बिक्री गरिएको छ । त्यस्तै स्टिम सोना मसिनो (२५ केजी) पहिला १ हजार ३ सय ७५ थियो भने अहिले १ हजार १ सय रहेको छ । त्यस्तै स्टिम रन्जित (१० केजी) को पहिला ६ सय ३० रुपैयाँ थियो भने अहिले ५ सय ४ रुपैयाँमा बिक्री भइरहेको छ । त्यस्तै स्टिम जिरा (२५ केजी) पहिला १ हजार ५ सय ७५ मा बिक्री हुन्थ्यो भने अहिले १ हजार २ सय ६० रुपैयाँमा बिक्री भइरहेको छ । त्यस्तै कर्णाली सिमी (एक केजी) १ सय २० रुपैयाँ थियो भने अहिले ९६ रुपैयाँमा बिक्री भइरहेको छ । यो मूल्य भने काठमाडौं उपत्यकामा मात्रै लागू हुनेछ । देशका विभिन्न स्थानहरुमा खाद्यान्नको मूल्य फरक- फरक हुने भएकाले सो स्थानका लागि निर्धारित मूल्यमा २० प्रतिशत छुट दिईनेछ।

काठमाडौं उपत्यकाको हकमा थापाथली, रामशाहपथस्थित रहेको बिक्री कक्ष, ललितपुरको नख्खु गोदाम र भक्तपुरको सूर्यविनायकमा रहेको बिक्री कक्षबाट वितरण हुनेछ । अन्य जिल्लाहरुमा भने कम्पनीका कार्यालय तथा बिक्री कक्षहरु रहेको स्थानबाट बिक्री हुने जनाइएको छ ।

May be an image of text
https://i0.wp.com/bizmandu.com/assets/upload/images/187586625_379499180147536_8137007160607980682_n.jpg?w=720&ssl=1



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

विश्व पर्यटन दिवस २०२३ को अवसरमा च्यासा मंका खंलले धिमे बाजाको धुनमा नेवारी लोकप्रिय गीत ‘सचिका चिना’ प्रस्तुत गरेर सहभागी

हरेक वर्ष सेप्टेम्बर २९ का दिन विश्व मुटु दिवस मनाउँदै आइएको छ । नेपालमा पनि विभिन्न चेतनामूलक कार्यक्रमहरू आयोजना गरी

४४औँ विश्व पर्यटन दिवसको अवसरमा बुधवार राजधानीस्थित कीर्तिपुरमा ‘संरक्षणको लागि साँझपखको हिँडाइ’ सम्पन्न भएको छ । कार्यक्रममा संरक्षण विज्ञ अनिल

मंगलबार साँझ हिमालयन उद्धार संघको व्हाट्सएप ग्रुपमा बुधबार बिहान पाटनढोकामा हुने ४४ औँ विश्व पर्यटन दिवस ‘प्रभातफेरी’ मा सहभागी हुन