English

निषेधाज्ञामा सेवा : अनलाइनबाट अर्डर घरघरमै ढुवानी



कोरोना दोस्रो लहर फैलिएसँगै देशका अधिकांश जिल्लामा निषेधाज्ञा जारीे छ । तैपनि संक्रमितको संख्या घट्न सकेको छैन । निषेधाज्ञा भएयता नेपालमा १ लाख भन्दा बढी संक्रमित थपिएका छन् भने २ हजारभन्दा बढीको मृत्यु भइसकेको छ । त्यसो आममानिसमा एक खालको त्रास सिर्जना भइरहेको छ । बजार ठप्प छन् । पसलहरु खुलेका छैनन् । तर, महामारीका बेलामा पनि केही अनलाइन सपिङ पोर्टलहरुले अत्यावश्यक खाद्यान्न घर–घरमा पुर्याउँदै आएका छन् । तिनै अनलाइन डेलिभरी गर्नेहरुको बारेमा यहाँ चर्चा गरिएको छ ।

मेट्रो तरकारी

मेट्रो तरकारीले विगत आठ वर्षदेखि काठमाडौँ उपत्यकामा अनलाइन सेवा प्रदान गर्दै आएको छ । यसले तरकारी, फलपूmल र खाद्यान्न सामग्री घर–घर पुर्याउने काम गर्छ । नौ महिनाको बन्दाबन्दीमा यसले सेवा प्रदान गरेको र अहिलेको निषेधाज्ञा पनि सेवा प्रदान गर्दै आएको मेट्रो तरकारीको सिईओ अनिल बस्नेत बताउँछन् ।


कोरोना महामारीका समयमा आनलाइनमा दैनिक २ देखि ३ सय अडर आउने गरेको उनले जानकारी दिए । अर्डर आएका मध्ये एक दिनमा ५० देखि ६० वटा अडर मात्र डेलिभरी गर्न सकिएको उनी बताउँछन् । ‘स्वस्थ्य सुरक्षा अपनाएर सामान प्याक गर्न र ढुवानीको व्यवस्था मिलाउँदा समय लाग्ने भएकाले अर्डर आएको अर्को दिन सामान ढुवानी गर्छौं,’ उनलेभ भने, ‘तर, हामीलाई अर्डर गरिएको सामान कम्तिमा १ हजारको हुनुपर्छ ।’

सस्तो डिल

सस्तो डिलले विगत दश वर्षदेखि इ–कर्मस सेवा प्रदान गर्दै आएको छ । विशेषगरी इलेक्ट्रोनिक सामानहरु डेलिभरी गर्दै आएको भएपनि कोरोना महामारीका कारणले भएको बन्दाबन्दीमा खाद्यान्नका सामग्रीहरु पनि डेलिभरी गर्दै आएको सस्तो डिलका सिइओ अमन थापा बताउँछन् ।
गत वर्षको लकडाउनमा यस अनलाइनले नेपाल खाद्य संस्थानसँग समन्वय गरी खाद्यान्न सामग्री डेलिभरी गर्दै आएको थियो । यसका साथसाथै ‘माइमार्ट’ बाट पनि समान्वय गरेर सामान डेलिभरी गरिरहेको छ । निषेधाज्ञा जारी भएदेखि क, ख र ग गु्रप बनाएर काम गरेको र एक ग्रुपमा २० देखि २५ जना कर्मचारी राखिएको थापा बताउँछन् । ‘एउटा गु्रपले १० दिन काम गर्ने र १०÷१० दिनमा अनिवार्य पीसीआर परीक्षण गराउँछौं,’ उनले भने ।

सस्तो डिलमा अहिले एकैदिनमा २ देखि ३ सय अर्डर आउँछ । तर, सबैको अर्डरलाई समयमै पुर्याउन नसकिएको उनी बताउँछन् । १ हजार रुपैयाँभन्दा बढी मूल्यको सामान अर्डर गरेमो सस्तो डिलले निःशुल्क डेलिभरी गरिदिन्छ । यदि १ हजारभन्दा कम भयो भने प्रति किलो ५० रुपैयाँ डेलिभरी चार्ज लाग्ने उनले बताए ।

दराज

नेपालको चर्चित सपिङ एप्लिकेसन हो– दराज । यसमार्फत सबै सामान खरिद गर्न सकिन्छ तर जारी निषेधाज्ञामा अति आवश्यक सामान मात्र डेलिभरी गरिरहेको छ । यतिबेला विभिन्न खाद्या कम्पनीहरुसँग सहकार्य गरेर सामानहरु डेलिभरी गरिहेको यसले जनाएको छ । देशभर सामान डेलिभरी गर्ने यस अनलाइनले अहिले काठमाडौँ उपत्यका, विरगन्ज, बनेपा, जनकपुर, बर्दिवास, पोखरा, दमौली लगायत २९ सहरमा सामान डेलिभरी गर्दै छ । गत वर्षको लकडाउनमा पनि यसले डेलिभरी सुविधा प्रदान गरेको थियो ।

डोको अनलाइन

डोको अजलाइनले निषेधाज्ञामा खाद्यान्न र तरकारीहरु डेलिभरी गर्ने गरेको छ । यसले लोकल र अर्गानिक उत्पादनहरु डेलिभरी गर्ने गरेको सिईओ उपेन पौडेलले जनकारी दिए । काठमाडौँ उपत्यकामा सेवा दिँदै आएको डोको एक वर्ष अघिदेखि सन्चालनमा आएको हो । अहिले निषेधाज्ञामा अनलाइन मार्केट फस्टाएको पौडेल बताउँछन् । उनका अनुसार डोकोमा दैनिक ७० हजार देखि १ लाख रुपैयाँसम्म सामानको अडर आउने गरेको छ । यसमा सामान खरिद गर्न कम्तिमा १५ सय रुपैँयाको अर्डर गर्नु पर्ने हुन्छ ।

ग्यापु अनलाइन

ग्यापु अनलाइनले निषेधाज्ञामा खाद्यान्न, तरकारी र कोरोना केयर सामानहरु डेलिभरी गर्दै आएको छ । निषेधाज्ञामा कर्मचारीहरु घरबाटै काम गरेको र अहिले २१ जना प्रत्यक्ष काममा संलग्न रहेको ग्यापु अनलाइनका म्यानेजर अभिमन्यु शर्मा बताउँछन् ।

१ वर्ष अघिबाट सन्चालनमा आएको यसमा दैनिक ५ सय भन्दा बढी अडर आउने गरेको छ । उपत्यकाभर सामान डेलिभरी गर्न १५ देखि १८ वटा सवारीसाधन तयारी अवस्थामा राखिएका छन् । १२ देखि १५ वटा कम्पनीसँग सहकार्य गरेर सामानहरु डेलिभरी गरिँदै आएको शर्माले बताए ।

ओके दाम अनलाइन

ओके दाम आनलाइन सन्चालनमा आएको चार वर्ष भयो । यो आनलाइनले निषेधाज्ञा जारी भएदेखि नै खाद्यान्न र तरकारीका सामानहरु डेलिभरी गर्दै आएको छ । १० जना कर्मचारी रहेको यस आनलाइनमार्फत उपत्यकामा सामानहरु डेलिभरी गर्ने गरेको ओके दामका मार्केट म्यानेजर शंकर खनाल बताउँछन् । उनी भन्छन्, ‘भ्यानमार्फत खाद्यान्न र तरकारी डेलिभरी गर्छौैं, चालक र सहचालकले मात्र सामान पुर्याउन जानु हुन्छ ।’

यसले हिमालय मार्टसँग समन्वय गरेर सामानहरु डेलिभरी गरेको छ । निषेधाज्ञामा एक लाख रुपैयाँ बराबरको अर्डर आउने गरेको खनाल बताउँछन् । ‘तीन हजारभन्दा माथि अर्डर गरिएका हामी निःशुल्क डेलिभरी गछौं,’ उनले भने, ‘यो भन्दा कम भयो भने एक सय रुपैयाँ शुल्क लाग्छ ।’

सरकारले अत्यावश्यक सामान नछुट्याउँदा समस्या !

सरकारले अतिआवश्यक सामाग्रीको गाडीहरु संचालन गर्न दिए पनि कुन–कुन सामान अतिआवश्यक हो भन्ने प्रष्ट नपारिदिँदा समस्या डेलिभरी गर्न समस्या परिरहेको सस्तो डिलका सिईओ थापा बताउँछन् । ‘कुन–कुन सामान अतिआवश्यक सामान हुन स्पष्ट पारिएको छैन,’ उनले भने, ‘सामान डेलिभरी गरेर फर्कँदा ट्राफिक प्रहरीले होल्डिङ गरिरहेको छ ।’

यसैगरी सरकारले अति आवश्यक सामानमात्र ढुवानी गर्ने भनेको छ । तर घरबाटै अनलाइन कक्षा लिने विद्यार्थीका लागि कपि, किताब, मोबाइल र ल्यापटप आवश्यक सामाग्री हो वा होइन प्रश्न गर्दै थापा भन्छन्, ‘कुन सामान अति आवश्यक सामाग्री हो त्यसलाई सरकारले वर्गीकरण गर्नुपर्यो । घरमा पढ्नका लागि कपि, किताब, मोबाइल र लपटप आवश्यक कुरा हुन कि होइनन् ?’

बन्दबन्दीमा खाद्यान्न सामाग्री ढुवानी गर्दा कतिपय ठाउँमा प्रहरीले रोक्ने, चेक गर्ने गरेको ओके दामका म्यानेजर खनाल बताउँछन् । ‘ट्राफिक प्रहरीको राम्रो समन्वय भएन,’ उनले भने, ‘सामान लगेर जाँदा केही हुँदैन तर सामान पुर्याएर फर्किदा प्रहरीले रोकेर हैरान बनाउँछन् ।’

यो पनि पढ्नुहोस्
नयाँ भेरियन्टबारे विज्ञको यस्तो सुझाव
डा. भोला रिजालको नजरमा पढ्नै पर्ने ५ पुस्तक
‘अब पनि हेलचेक्रयाइँ गरे अर्को महामारीले सताउँछ’
संक्रमित वा संक्रमणमुक्त भएकाले कोरोना खोप कहिले लगाउने ?
मुटुका बिरामी घरमै कसरी सुरक्षित रहने ?
आत्मानुशासन नै कोरोनाको औषधि



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

सलाम तिमीलाई तमाम शिशिरहरुसधैँ मुटु उनिरहने प्रिय झिरहरुयो घाउ नि सहुँला पुरानो त भर्न देउधन्यवाद जिन्दगी चियर्स मेरा पिरहरु मुक्तककार

हिमाली जिल्ला डोल्पामा १ सय २० हिउँचितुवा भेटिएको छ । डिभिजन वन कार्यालय डोल्पाले शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्ज क्षेत्रमा ९० र

ग्लोबल आइएमई बैंकको क्रेडिट कार्ड बाहकले ६ हजार रुपैयाँमै विदेश भ्रमण गर्न पाउने भएका छन् । ग्लोबल आइएमई बैंक लिमिटेडले

मानिसहरू यो सोच्छन् कि नयाँ वर्षलाई स्वागत गर्नको लागि उनीहरूले केही मूर्खतापूर्ण कामहरू गर्नुपर्छ- मदिरा पिउनु, मुर्ख्याइँ गरेर सवारी हाँक्नु,