English

टर्कीमा फेला पर्‍यो फलामे युगको कम्प्लेक्स



एक महत्वपूर्ण खोजमा टर्कीमा एउटा भूमिगत फलामे युगको कम्प्लेक्स फेला परेको छ । संरचना अस्तव्यस्त भएकाले पुरानो परिसरको पूर्णअध्ययन हुन बाँकी छ । कम्प्लेक्समा पुरातत्वविद्हरूले पर्खालहरूमा दुर्लभ चट्टान कला चित्रहरू फेला पारेका छन्, जसले अश्शुर शैलीमा चित्रण गरिएका देवताहरूको जुलुस देखाउँछन् ।

खोजले प्रारम्भिक चरणहरूमा यस क्षेत्रमा अश्शुरी प्रभुत्वको जानाकारी दिने अध्ययनका लेखक तथा सोसल साइन्स युनिभर्सिटी अफ अंकाराका सेलिम फेरुह अदालीले बताए ।

सन् २०१७ मा लुटेराहरूले यसलाई टर्कीको बासबुक गाउँमा दुई तले घरमुनि फेला पारेपछि पुरानो भूमिगत कम्प्लेक्स उत्खनन गरिएको थियो । लुटेराहरूले त्यसको खजनालाई निशाना बनाएका थिए । तर, उनीहरूको योजनालाई प्रहरीले बिथोलिदिएको थियो ।

प्रहरीले घटनाबारे एउटा पुरातात्विक संग्रालयलाई खबर गरेका थिए । हाल सो क्षेत्र टर्कीको संस्कृति र पर्यटन मन्त्रालयको कानूनी संरक्षणअन्तर्गत छ । अध्ययन एन्टिक्युटी जर्नलमा बुधबार प्रकाशित छ ।

यो पनि…
मानिसको जस्तै ओठ भएको एलियन जीव
सबैभन्दा पुरानो यो जीवबारे वैज्ञानिक नै छक्क



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

नेपालमा दुर्लभ मानिने पुतली सिल्वर स्ट्रिकेड एकासिया ब्लु (Silver-streaked Acacia Blue), वैज्ञानिक नाम Zinaspa todara, करिब ५१ वर्षपछि पुनः अभिलेख

सन् १९८६ देखि अन्तर्राष्ट्रिय प्रकृति संरक्षण संघ IUCN को रेड लिस्टमा लोपोन्मुखको प्रजातिमा सूचीबद्ध हिस्पिड हेयर नामक खरायो हालै चितवन

प्रकृतिको सुन्दर प्राणी मध्येको एक बाघको संरक्षण र यसको महत्त्वबारे जनचेतना फैलाउने उद्देश्यले हरेक वर्ष जुलाई २९ का दिनलाई ‘बाघ

मोटरसाइकल किन्दा बढी माइलेज दिने, धेरै सुरक्षा फिचर भएको, आकर्षक, आरामदायी लगायतका विविध सेवा सुविधा र विशेषता भएको नै छनोट

Latest










Popular
Suggested