English

आफ्नै कीर्तिमान तोडेर गिनिजबुकमा नाम



आफ्नो नाम विश्व कीर्तिमानमा समावेश होस् भन्ने सबैको चाहना हुन्छ । एक किसानले टमाटरको बिरुवाबाट आफ्नो नाम गिनिज वल्र्ड रेकर्डमा दर्ता गराएका छन् । वास्तवमा यी किसानले एउटै बोटमा सबैभन्दा धेरै टमाटर उब्जाएर विश्व कीर्तिमान बनाएका हुन ।

एउटा बोटमा १२६९ टमाटर

यी किसानले एउटा बिरुवामा १२ सय ६९ टमाटर उब्जाएका छन् । जसका कारण किसान र बिरुवाको नाम गिनिज वल्र्ड रेकर्डमा समेत लेखिएको छ । गिनिज वल्र्ड रेकर्ड वेबसाइटको समाचारअनुसार बेलायतको हर्टफोर्ड सायरका किसान डगलस स्मिथले यो अनौठो उपलब्धिमार्फत विश्व कीर्तिमान आफ्नो नाममा बनाएका छन् ।

डगलस स्मिथले टमाटरको एउटा बोटबाट सबैभन्दा धेरै टमाटर उब्जाउने रेकर्ड तोडेका छन । यसअघि, गत वर्षसम्म यो रेकर्ड ४ सय ८८ टमाटरको थियो । यसपछि डगलसले यो कीर्तिमान तोड्ने सोचे र अहिले यो उपलब्धि हासिल गरेका छन् ।

उनले गत वर्ष मात्रै ४ सय ८८ टमाटरको कीर्तिमान तोडेका थिए भने एउटै बोटबाट ८३९ टमाटर पनि फलाएका थिए । तर, अब उनले यो कीर्तिमान पनि तोड्दै एउटै बोटबाट १२ सय ६९ टमाटर उब्जाएर विश्वलाई चकित पारेका छन ।

स्मिथले टमाटर रेकर्ड बनाउन धेरै वैज्ञानिक कागजहरू पढे । यसबाहेक माटोको नमुना सङ्कलन गरी परीक्षणका लागि प्रयोगशालामा पठाउनेसमेत गर्थे ।

धेरै मिहिनेतपछि जब उनको नाम गिनिज वल्र्ड रेकर्डमा लेखियो तब उनको खुसीको सीमा रहेन ।

यो पनि…
विश्वभर एलियन जहाजको चर्चा

मृत्युपछि RIP लेखिनुको यस्तो छ कारण



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

नेपालमा दुर्लभ मानिने पुतली सिल्वर स्ट्रिकेड एकासिया ब्लु (Silver-streaked Acacia Blue), वैज्ञानिक नाम Zinaspa todara, करिब ५१ वर्षपछि पुनः अभिलेख

सन् १९८६ देखि अन्तर्राष्ट्रिय प्रकृति संरक्षण संघ IUCN को रेड लिस्टमा लोपोन्मुखको प्रजातिमा सूचीबद्ध हिस्पिड हेयर नामक खरायो हालै चितवन

प्रकृतिको सुन्दर प्राणी मध्येको एक बाघको संरक्षण र यसको महत्त्वबारे जनचेतना फैलाउने उद्देश्यले हरेक वर्ष जुलाई २९ का दिनलाई ‘बाघ

मोटरसाइकल किन्दा बढी माइलेज दिने, धेरै सुरक्षा फिचर भएको, आकर्षक, आरामदायी लगायतका विविध सेवा सुविधा र विशेषता भएको नै छनोट

Latest










Popular
Suggested