English

ह्वाइटहेड्स के हो ? अनुहारबाट यसलाई यसरी हटाउनुहोस्



ह्वाइटहेड्स भनेको छालाको तेल, मृत कोशिका र ब्याक्टेरियाले भरिएको कपालको फोलिकल्स हो । ह्वाइटहेड्स, दाग तथा डन्डिफोरबाट बच्न यस्ता टिप्सहरू छन्, जुन निम्नुसार छन् ।
दिनमा दुईपटक अनुहार धुनुहोस्

ह्वाइटहेड्सबाट बच्ने सबैभन्दा सजिलो उपाय भनेको आफ्नो अनुहारमा रहेको तेल, धूलो र पसिना हटाउनु हो । त्यसैले, अनुहारलाई दिनमा दुईपटक धुनुपर्दछ । अनुहार धेरैपटक धुँदा पनि दागहरु बढ्न सक्छन् ।

मोइस्चराइजिङ गर्नुहोस्

मोइस्चराइजर भनेको छालालाई हाइड्रेट गर्नु हो । आफ्नो अनुहार धोएपछि यसलाई मोइस्चराइज्ड गर्दा पिम्पल हुने खतरा हुन्छ । त्यसैले, तपाईं आफ्नो अनुहार धोएपछि सुक्खा महसुस गर्नुहुन्छ भने, मोइस्चराइजर प्रयोग गर्न सक्नुहुन्छ ।

अनुहार नछुनुहोस्

तपाईंका हातहरू दिनभरि लगातार ब्याक्टेरियाको सम्पर्कमा रहन्छन् । प्रत्येकपटक आफ्नो अनुहार छुँदा, ती ब्याक्टेरियाहरू तपाईंको छालामा सर्न सक्छ । त्यसैले, नियमित रूपमा आफ्नो हात धुनुहोस् र सकेसम्म आफ्नो अनुहार नछुने प्रयास गर्नुहोस् ।

घाम सम्पर्कमा कम रहनुहोस्

घाममा धेरै समयसम्म बस्दा छालामा समस्या निम्त्याउँछ । बारम्बार घामको एक्सपोजरले छालालाई डिहाइड्रेट गर्छ, घामसँगै यसले थप तेल उत्पादन गर्छ र छिद्रहरू बन्द गर्छ । यसबाट बच्न सनस्क्रिन क्रिम लगाउनु राम्रो हुन्छ ।

केही खानेकुरा नखाने

जंक फुड, तेलमा फुलाएका खानेकुराहरू, र पेय पदार्थहरू जस्तै चिप्स, सेतो पिठोमा बनाइएको बेकरी सामानहरू र सफ्ट ड्रिंक्सले रगतमा चिनीको स्तर बढाउँछ । यसले तपाईंको अनुहारमा ह्वाइटहेड्स निम्त्याउन सक्छ ।

यो पनि…
ग्ल्यामर्स देखिन अपनाउनुहोस् यस्ता फेसन टिप्स
युवतीका लागि यी हुन् उत्कृष्ट फेसन टिप्स



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

इटहरी/ मिसेस पूर्वेली आइकन तेश्रो संस्करणको पहिलो अडिसन इटहरीमा आइतबार सम्पन्न भएको छ । विवाहपछि महिलाका सपना र रहरहरू चुलोचौकोमै

इटहरी/ एसइई परीक्षा दिएर बसेका किशोरीहरूको प्रतिभा, सौन्दर्य र आत्मविश्वासको रुपमा स्थापित ‘मिस एसइई २०२६ इटहरी’को ग्रान्ड फिनाले सम्पन्न भएको

इटहरी/ विद्यालय जीवनको एउटा महत्वपूर्ण खुड्किलो ‘एसईई’ यतिबेला सञ्चालनमा छ । केहीदिनको परीक्षा सकेर नतिजाको पर्खाइमा बसेका छात्राहरूको फुर्सदिलो समयलाई

इटहरी/ इटहरीमा ‘मिसेस पुर्बेली आइकन’ दोस्रो संस्करणका फाइनल प्रतिस्पर्धीहरूको फोटोसुट र भिडियोसुट सम्पन्न गरिएको छ । बुधबार सम्पन्न फोटो तथा

Latest










Popular
Suggested