English

चुनावी गठबन्धनबारे कांग्रेस बैठकमा कसले के भने ?



शुक्रबारबाट सुरु सत्तारूढ दल नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकमा प्रमुख प्रतिपक्षी नेकपा एमालेसँग चुनावी गठबन्धनको कुरा उठेको छ । सात मध्ये पाँच प्रदेशका कांग्रेस प्रमुखहरूले स्थानीय चुनावमा गठबन्धनको पक्षमा धारणा राख्दा केही केन्द्रीय नेताहरूले भने विपक्षी नेकपा एमालसँगको गठबन्धनको विषय उठाएका हुन् ।

केन्द्रीय स्तरबाट गठबन्धन गर्न नहुने धारणा राख्ने कतिपय नेताहरूले स्थानीय स्तरमा गठबन्धन गर्दा एमालेसँग गर्न आवश्यक रहेको बताएका हुन् । उनीहरूले आवश्यकता अनुसार एमालेसँग पनि गठबन्धन गर्नुपर्ने प्रस्ताव राखेको बैठकमा सहभागी एक नेताले बताए ।

कांग्रेस कर्णाली प्रदेश सभापति ललितजंग शाहीले कर्णालीका कतिपय स्थानीय तहमा एमालेसँग गठबन्धन गर्न आवश्यक रहेको बताएका थिए । माओवादीविरुद्ध एमालेको साथ आवश्यक रहेको उनले बैठकमा बताएका थिए ।

अहिले कम्युनिस्ट पार्टीमा विभाजन आएको बेलामा एक्लै चुनाव लड्न उपयुक्त भए पनि कतिपय स्थानमा माओवादीविरुद्ध एमालेसँग मिल्नुपर्ने अवस्था रहेको उनको भनाइ थियो ।

त्यस्तै केन्द्रीय सदस्य मुक्ताकुमारी यादवले पनि कतिपय स्थानीय तहमा जित हात पार्नका लागि एमालेसँगको गठबन्धन आवश्यक रहेको बताइन् ।

स्थानीय स्तरको राजनीतिक अवस्थालाई ध्यान दिएर चुनावी गठबन्धन गर्नु पर्ने उनको भनाइ थियो । सिन्धुलीमा स्थानीय तहको निर्वाचनमा जित हात पार्न एमालेसँग गठबन्धन गर्न आवश्यक रहेको उनको भनाइ थियो ।

बैठकमा बोल्ने धेरै जसोले केन्द्रबाट गठबन्धनको निर्णय गर्न उपयुक्त नभएको धारणा राखेका थिए । तर देउवाले भने एक्लै लड्दा चुनावी नतिजा आफ्नो पक्षमा पार्ने चुनौती रहेको बताएका थिए । कांग्रेको बैठक आइतबार पनि बस्ने छ ।

कांग्रेसमा हालको सत्ता गठबन्धनलाई चुनावसम्म निरन्तरता दिने वा नदिने भन्नेमा दुई लाइन देखिएको छ । नेता शेखर कोइराला पक्ष गठबन्धनको विपक्षमा रहेको छ र उसले केन्द्रबाट गठबन्धनको निर्णय गर्न नमिल्ने बताएको छ । उता देउवा भने गठबन्धनमा जोड दिइरहेका छन् ।
यो पनि…
गठबन्धनको धारमा कांग्रेस
बालुवाटारबाट हेलिकोप्टर चढेर प्रधानमन्त्री चन्द्रागिरिमा



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौं । चर्चित सञ्चारकर्मी तथा तीन करोड नेपाली जनताको साझा आवाजका रूपमा परिचित ऋषि धमलाको अध्यक्षतामा “स्वतन्त्र नागरिक अभियान नेपाल”

जेठ ९ । केके मानन्धर ।राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मध्यपुर थिमि नगर समितिको प्रथम अधिवेशन सम्पन्न भएको छ । एभरेस्ट

अच्युतकृष्ण शरण:१४ वर्षको वनवासपछि जब भगवान श्री राम अयोध्याको सिंहासनमा आसीन हुनुभयो, त्यतिबेला जनतामाझ माता सीता को पवित्रतामाथि प्रश्न उठ्यो।

प्रतिनिधि सभाको निर्वाचन २०८२ साल फागुन २१ गते हुँदैछ । संविधानअनुसार प्रतिनिधि सभा राज्यको सार्वभौम अधिकार सम्पन्न निकाय हो ।

Latest










Popular
Suggested