English

सुन्तलाको मद्दतले यसरी हटाउनुहोस् पिम्पल



फलफूल सधैँ छालाको हेरचाहमा प्रयोग गरिन्छ । विभिन्न प्रकारका फलफूलहरूमा पाइने पोषक तत्वले छालालाई स्वस्थ र चम्किलो बनाउन काम गर्छ ।

सुक्खा छालाको समस्या होस् वा पिम्पल फलफूलबाट बनेको फेस प्याक, फेस मास्क र जुस लगाउनाले छालामा हुने सबै प्रकारको समस्याहरूलाई टाढा राख्छ । त्यसैले, फलफूलको सेवनसँगै छालामा लगाउनु पनि उपयुक्त हुन्छ ।

छालाको लागि फाइदाजनक साबित हुने एउटा यस्तो फल सुन्तला हो । छालाको हेरचाहमा सुन्तलाको प्रयोग गर्ने तरिका जान्नुहोस् ।

सुन्तला छालाको लागि यसकारण फाइदाजनक

– सुन्तलामा भिटामिन ‘सी’ उच्च हुन्छ ,जुन राम्रो एन्टिअक्सिडेन्ट हो । यसले टालालाई ब्याक्टेरियाबाट जोगाउन र छालाको संक्रमणबाट टाढा राख्ने काम गर्छ ।
– यसले अक्सिडेटिभ तनावको प्रभावलाई कम गर्छ, जसले छालामा आउने कालो दागलाई कम गर्नुका साथै छाला जवान र ताजा देखिन्छ ।

यसरी प्रयोग गर्नुहोस् ।

– पाकेको केरालाई पिसेर त्यसमा सुन्तलाको टुक्रा हाल्नुहोस् ।
– यसलाई राम्रोसँग मिलाएर क्रिमी प्रेस्ट बनाई अनुहार र घाँटीमा २० देखि ३० मिनेटसम्म लगाउनुहोस् ।
फेसप्याक पूरै सुकेपछि मनतातो पानीले अनुहार धुनुहोस् ।

अर्को तरिकाले

– ताजा नीमको पात पिसेर सुन्तलाको ३, ४ टुक्रा हाली नीमको पेस्टसँग मिलाउनुहोस् ।
– यो फेसप्याक आफ्नो घाँटी, अनुहार र ढाडमा लगाउन सक्नुहुन्छ । यसलाई २५ देखि ३० मिनेटको लागि यत्तिकै छाडी पानीले सफा गर्नुहोस् ।

यो पनि…
ग्ल्यामर्स देखिन अपनाउनुहोस् यस्ता फेसन टिप्स
युवतीका लागि यी हुन् उत्कृष्ट फेसन टिप्स



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

इटहरी/ मिसेस पूर्वेली आइकन तेश्रो संस्करणको पहिलो अडिसन इटहरीमा आइतबार सम्पन्न भएको छ । विवाहपछि महिलाका सपना र रहरहरू चुलोचौकोमै

इटहरी/ एसइई परीक्षा दिएर बसेका किशोरीहरूको प्रतिभा, सौन्दर्य र आत्मविश्वासको रुपमा स्थापित ‘मिस एसइई २०२६ इटहरी’को ग्रान्ड फिनाले सम्पन्न भएको

इटहरी/ विद्यालय जीवनको एउटा महत्वपूर्ण खुड्किलो ‘एसईई’ यतिबेला सञ्चालनमा छ । केहीदिनको परीक्षा सकेर नतिजाको पर्खाइमा बसेका छात्राहरूको फुर्सदिलो समयलाई

इटहरी/ इटहरीमा ‘मिसेस पुर्बेली आइकन’ दोस्रो संस्करणका फाइनल प्रतिस्पर्धीहरूको फोटोसुट र भिडियोसुट सम्पन्न गरिएको छ । बुधबार सम्पन्न फोटो तथा

Latest










Popular
Suggested