English

सौर्य किरणको महत्त्व



सूर्यको पहिलो किरणमा भिटामिन डी मात्र नभई केही मुड बूस्टर तत्त्वहरू पनि हुन्छन् । हाम्रो आँखाले सूर्यको प्राकृतिक प्रकाशलाई निश्चित रूपमा पत्ता लगाउँछ र त्यस अनुसार शरीरलाई नियमित गर्न समय दिन्छ ।

रक्तसञ्चारमा सुधार
सूर्यको किरणले स्वस्थ रक्तसञ्चारलाई प्रोत्साहन गर्छ । यसले रातो रक्त कोशिकाहरूको उत्पादनलाई बढावा दिन्छ जसले तपाईंको रगतमा अक्सिजनको मात्रा बढाउँछ ।

यसबाहेक छालाको माथिल्लो तहमा जम्मा भएको नाइट्रिक अक्साइडले सूर्यको किरणमा प्रतिक्रिया गर्छ र रक्त नलीहरूलाई फैलाउँछ । छालामा समग्र रक्तसञ्चार राम्रो हुन्छ ।

रक्तसञ्चारमा सुधारका कारण छालाको तेल ग्रन्थीहरूले राम्ररी काम गर्छ । कोलाजेनको मात्रा सही रहन्छ, छालाले आफैं डिटोक्स गरिरहन्छ र यसले तपाईंलाई सुन्दर र चम्किलो छाला पाउन मद्दत गर्छ ।

भिटामिन डी प्राप्त हुन्छ
भिटामिन डी छालाको लागि धेरै महत्त्वपूर्ण छ । सूर्यको किरणले तपाईंको शरीरलाई तपाईंको छालामा रहेको कोलेस्ट्रोलको रूपलाई भिटामिन डीमा परिणत गर्न मद्दत गर्छ ।

जसका कारण जहाँ रगतमा कोलेस्ट्रोलको मात्रा कम हुन्छ त्यहाँ भिटामिन डीले छालामा मेलानिन बढाउँछ । कालो छाला भएका मानिसहरूमा मेलानिन बढी हुन्छ । यो कम्पाउन्डले यूभी किरणको मात्रा घटाएर छालाको क्षतिबाट जोगाउँछ ।

छालालाई चम्किलो बनाउँछ
प्रदूषण, तनाव र थकानले नीरस छालालाई बढाउँछ । यस्तो अवस्थामा सूर्यको किरणले मेलाटोनिनलाई बढाउँछ र तनाव कम गर्छ । मेलाटोनिनले तनावको प्रतिक्रियालाई पनि कम गर्छ, रक्तसञ्चार सुधार गर्छ र छालामा छुट्टै चमक ल्याउँछ ।

यसबाहेक बिहान नियमित उठेर अलिकति हिँड्ने वा व्यायाम गर्नाले छालाको छिद्र खुल्छ र छाला भित्रबाट दागरहित र चम्किलो रहन्छ ।

यो पनि
शरीरमा पानी कम हुँदा देखा पर्ने १० लक्षणहरू

यी चिज खाएर गर्नुहोस् दिनको सुरुवात
जीवनको अन्त्यमा याद आउनेछ



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

छालामा देखिने धेरै किसिमका समस्याहरूलाई हामी नजरअन्दाज गर्दै आएका छौँ । तर मौसममा परिवर्तन आउने बित्तिकै शरीरमा पर्ने पहिलो प्रभाव

दिमागको रक्तनली बन्द हुनु अथवा नली फुटेर रगत बाहिर बग्नुलाई मस्तिष्कघात अथवा स्ट्रोक भनिन्छ । यस्तो अवस्थामा शरीरको आधा भागलाई

हेल्मेट मोटरसाइकल चालकको टाउकोको सुरक्षा कवच हो । बजारमा स्टाइलिस मोटरसाइकल मात्र होइन, स्टाइलिस हेल्मेटको क्रेज पनि उत्तिकै छ ।

आफ्नो बिमारी साथीलाई कुरुवा बस्न महाराजगञ्ज स्थित शिक्षण अस्पताल पुगेका ज्ञानबहादुर लामाको टि–सर्टमा रगतको छिटा देखेपछि अस्पतालमा कार्यरत एक नर्सले