English

यसरी चिटिक्क बनाउन सकिन्छ आफ्नो घर



आफ्नो घरको प्रत्येक कुना, ढोका र भित्तालाई सधै रंगले उज्यालो र सफा राख्नुपर्छ । त्यसैले घरलाई सरसफाइ गर्ने केही टिप्सहरु लिएर आएका छौँ ।

दराज

दराजबाट सबै लुगाहरू निकाल्नुहोस । दराजको कुनामा जम्मा भएको भुलो–माटोलाई सफा गर्न सिरका छर्केर सफा गर्नुहोस् । कपडालाई रङ अनुसार मिलाउन सकिन्छ । साथै, भारी लुगाहरु प्याक गरी कुनै सुटकेसमा राख्र्नुहोस् । दराजमा प्रयोग हुने लुगाहरू मात्र राख्नुहोस ।

बैठक कोठा

भित्तामा रहेका फोटोफ्रेम र कलाकृतिलाई नरम कपडाले सफा गर्नुहोस् । भित्तामा लागेको दाग हटाउन मनतातो पानीमा २ चम्चा डिटरर्जेन्ट हालेर कपडाले सफा गर्नुहोस् । साथै, काठको फर्निचर सफा गर्न एक कप पानिमा तीन चम्चा भिनेगर मिसाएर कपडाले सफा गर्नुहोस् । सोफा कभरलाई पनि मनतातो पानीमा धुनुहोस ।

किचेन

किचेनमा रहेका अनावश्यक चीजलाई फ्याँक्नुहोस । भिनेगरमा कपडा भिजाएर भन्सा कोठा सफा गर्नुहोस् । सरसफाई संगै किटाणुहरू पनि नष्ट हुन्छन् । टाइल्समा लागेको दाग हटाउन तेलमा नुन मिसाएर सफा गर्न सक्नुहुन्छ । एक लिटर पानिमा आधा कप भिनेगर मिसाएर कपडा भिजाई फ्रिजलाई सफा गर्नुहोस् ।

बेडरुम

बेडरुमबाट अनावश्यक वस्तुहरू हटाउनुहोस् । पानीको घोलले ग्रिललाई सफा नगर्नुहोस् । साथै पर्दा, बेडसिट, गद्दा कभरहरूलाई तातो पानीमा धुनुपर्छ ।

यो पनि…
यी कुराले बनाउँछ घरलाई फोहोर
घरलाई यसरी सजाउँदा देखिन्छ सबैभन्दा आकर्षक



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

प्लाष्टिकको प्रयोग घटाउन कपडाको झोला बनाउने तालिम बढ्दो प्लाष्टिकको प्रयोग न्यूनीकरण गर्ने उद्धेश्यले बाँकेको कोहलपुर नगरपालिकामा महिलाहरुका लागि कपडाको झोला

मार्च ४, २०२५ मा विश्व बजारमा लन्च गरिएको नथिङ फोन थ्रि ए सेरिज अन्तर्गतको नथिङ फोन थ्रि ए नेपाली बजारमा

काठमाडौं । नेपालमा बहुप्रतिक्षित टाटाको पन्च इभी एकैपटक चार शहरमा चितवन, पोखरा, बुटवल र भैरहवामा लन्च भएको छ । धेरैको

नेवार समुदायले मनाउने यःमरि पुन्हि अर्थात योमरी पूर्णिमा र ज्यापु दिवस आज मुलुकभर उल्लासका साथ मनाईदैछ । हरेक वर्ष धान्य

Latest










Popular
Suggested